समाजवादी मोर्चा बागमती प्रदेशको संयोजकमा माइला सी

२०८० चैत्र १९ गते, सोमबार

काठमाडौँ । समाजवादी मोर्चा नेपाल, वागमती प्रदेशको संयोजकमा माइला सी चयन भएका छन् । मोर्चाको प्रदेश स्तरिय बैठकले माइलालाई सर्वसम्मत रुपमा संयोजक चयन गरेको हो । माइला सी नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा जनसांस्कृति महासंघका इन्चार्ज हुन् । आइतबार विहान माइला सीको अध्यक्षतामा बसेको बैठकले पाँच वटा निर्णय गरेको छ ।
मोर्चाको बागमती प्रदेशको संयोजकमा माइला सी चयन गर्ने, चैत २० गते राष्ट्रिय सभागृहमा हुने अन्तरक्रिया कार्यक्रममा व्यापक जनसहभागिता गराउने, काठमाडौं प्रवेश गर्ने ४ वटा नाकामा चार पार्टीले एक–एक वटा र १३ वटै जिल्लाले न्युनतम १–१ समाजवादी मोर्चाको होडिङ्ग बाेर्ड राख्ने निर्णय गरेको छ ।
साथै, बैठकले बाँकी जिल्लामा वैशाख १५ भित्र समाजवादी मोर्चा गठन गर्ने र सन्देश सभाको तयारी गर्ने र मोर्चाका केन्द्रीय कार्यक्रम र निर्देशनलाई लागु गर्ने निर्णय भएको मोर्चाले जनाएको छ ।- शोभराज बराल

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु