इजरायलद्वारा उत्तरी गाजामा पुन:आक्रमण

२०८० माघ २३ गते, मंगलवार


काठमाडौँ । इजरायलले सोमबारबाट उत्तरी गाजापट्टीमा फेरि युद्ध सुरु गरेको छ । इजरायली सेनाहरू पहिले सञ्चालन गरिएका क्षेत्रहरूमा फर्किएका हुन् । गाजानिवासी फरिद महमूदले आफ्नो परिवारमा आठ जना सदस्य रहेको र खाजा खाइरहेको बेलामा क्षेप्यास्त्र प्रहार भएको बताए । महमूदले क्षेप्यास्त्र प्रहारमा केही बालबालिकाको मृत्यु भएको बताए । उहाँले आक्रमणमा आफ्नो सन्तान पनि परेकाले अवशेष खोजिरहेको बताए ।
इजरायलले यस क्षेत्रमाथि आफ्नो नियन्त्रण कायम गरेको दाबी गरेपछि विगत केही हप्तादेखि पट्टीको उत्तरी भागमा भएका आक्रमणमा कमी आएको थियो । गाजामा हालसम्म इजरायली आक्रमणबाट कम्तीमा २७ हजार ४७८ प्यालेस्टाइनी मारिएको बताएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु