पक्राउ पूर्जी : शान्ति भाड्ने षड्यन्त्र

२०८० मंसिर २१ गते, बिहीबार
झपेन्द्रराज बैद्य


प्रतिबन्ध फुकुवा भएको दुई बर्ष पछि साम्राज्यबादीको ग्राण्ड डिजाइनमा नेकपा महासचिब विप्लब सी र प्रबक्ता प्रकाण्ड सी समेतका नेतालाई पक्राउ पूर्जि जारी भएको छ। जिल्ला अदालत काठमाडौँबाट मंसीर १० गतेको आदेशानसार नेकपाका नेताबिरुद्ध ३५ दिने म्याद भएको पक्राउ पूर्जि जारी भएको हो। २०७७ फागुन २० मा तीन बुँदे सहमती भई नेकपा फुकुवा भएको हो। तीन बुँदेको तेस्रो बुँदामा नेपाल सरकारले नेकपा माथि लगाएको प्रतिबन्ध हटाउन तथा कारागारमा रहेका नेता कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमति भएको हो।
तर बिडम्बना काठमाण्डौ जिल्ला अदालतले सहमतिलाई मिचेर पक्राउ पूर्जि जारी गनु षड्यन्त्र त होइन ? भन्ने आशंका गर्न सकिन्छ। क प्रचण्डले त्यस्तो नगर्न पर्ने हो भनेको कुरा समाजिक सञ्जालमा आएको छ। नेकपा , नेकपा केन्द्र,जसपा र नेकपा एस, नेकपा समाजबादी समाजबादी मोर्चामा आबद्ध छन्। त्यसकारण पक्राउ पूर्जि बिरुद्ध स्वयं प्रधनमन्त्रि पनि लाग्नुपर्छ। नेकपाले एमसीसीको सशक्त बिरोध गर्दै आएको सन्दर्भमा साम्राज्यबादी शक्तिले उक्साएको पनि हुनसक्छ। अमेरिका लाई नेपाल महत्वपूर्ण सामरिक क्षेत्र छ। अमेरिकाले नेपालको छातीमा टेकेर चीन बिरुद्ध क्रियाकलाप गर्नसक्छ। अहले बिना प्रसंग खाटा परेको घाउलाई सरकारले कोट्याउन थालेको छ। सरकारसँगको सहमति कानून सरह हुन्छ। एउटा सरकार सँगको सहमति अर्का सरकारले पनि मान्नुपर्छ। त्यसैले एउटा कानून छ। एउटा सहमति छ तर ब्यबहार अर्को छ। सहमति उल्लनघन बिरुद्ध अन्तर राट्रिय अदालतमा पनि रिट जाहेर गर्न सकिन्छ। अहिले नेकपाको कुनै बिध्वंशात्मक गतिबिधि पनि भएको देखिदैन। शान्तिपूर्ण तरिकाले नेकपाले आफ्रनो गतिबिधि गतिबिधि गर्दै आएको अवस्था छ। अझ भन्ने हो भने नेकपा उत्पादनमा लागेको अवस्था छ। तर दलाल पुँजिबादले आगोलाई चलाईरहेको छ। नेकपाको एकीकृत जनक्रान्तिबाट तर्सिएर दलालका पुच्छरहरुले आगोलाई चलाई रहेका छन्।
नेकपाले एनसेलले राजस्व कर तिरेन भनेर एन सेलको बिरोध गर्दा करिब दुई बर्ष प्रतिबन्धमा परेको हो। अहिले एनसेलको गतिबिधि घाँटी घाँटी आएको छ। १ खर्ब ७० अर्ब पर्ने एनसेललाई ६ अर्बमा बेचिदैछ। अहिले जनता बीचमा निकै चर्चा भएर केही दिन बुझने भन्दै स्थगित गरिएको छ।
अब देशमा शान्ति कायमगर्ने हो भने तु नेकपालाई जारिगरिएको पक्राउ पूर्जि खारेज गर्नु पर्छ। अन्यथा आगोलाई चलाउने हो भने पूरै आगोले बन सखाप पार्ने छ। स्वतन्त्रता, समानत र राष्ट्रियताप्रति अहिले सम्पूर्ण कम्युनिष्ट र देशभक्त एकजुट भई प्रतिक्रियाबादी र दलाल बिरुद्ध लड्नुपर्ने आवश्यक छ ।

प्रतिक्रियाहरु