नेकपा पक्राउ पूर्जीविरुद्ध देशब्यापीरुपमा जनप्रदर्शन गर्दै

२०८० मंसिर २१ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमतिको उलंघन गर्दै जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सीलगायत पार्टीका शीर्ष नेताहरू विरुद्ध प्रकाउ पुर्जी जारी गरेको बिरोधमा आज देशभर जनप्रदर्शन गर्दैछ । जिल्ला अदालत काठमाडौँ अदालतका न्यायधीस कमल प्रसाद ज्ञवालीको इजलासले महासचिव विप्लव,प्रवक्ता प्रकाण्डलगायतका नेताहरुका नाममा पक्राउ पूर्जी जारी गर्न दिएको आदेश विरुद्ध नेकपाले आज देशभर जनप्रदर्शन गर्न लागेको हो ।
नेकपाले पार्टी केन्द्रले घोषणा गरेका तीन दिने संघर्षका कार्यक्रम अन्तरगत अस्ती साँझ मशाल जुलुस प्रदर्शन र हिजो न्यायधीसको पुत्ला दहनको संघर्षको कार्यक्रम सम्पन्न गरेको थियो ।
नेकपाले आज दिउसो काठमाडौं उत्पयका जिल्ला,देशका प्रमुख शहर र विभिन्न जिल्लामा भव्यताका साथ जनप्रदर्शन गर्ने तयारी गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु