नेकपा सेती ब्युरो चार बिघा जमीनमा धान खेती गर्दै

२०८० जेष्ठ २१ गते, आईतवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सेती ब्युरो समितिले कैलालीमा चार बिघा जमीनमा धान खेती गर्न लागेको हो । जिल्लाको घोडाघोडी नगरपालिका वडा नं ०९ को रतिपुर स्थित जमिन भाडामा लिएर धान खेती सुरु गरेको नेकपा केन्द्रिय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज प्रकाश सी ले बताएका छन । पार्टीले आत्मनिर्भर अर्थतन्त्रका लागि श्रम र उत्पादन अनिवार्य भन्ने अगाडि सारेको नीति अनुरुप नै हामीले पनि पार्टी ,नेताकार्यकर्ताहरुलाई उत्पादन संग जोडेका छौं , इन्चार्ज प्रकाशले भने । अहिलेको वर्तमान दलाल संसदीय व्यवस्था निर्यात भन्दा आयात बढी गर्ने , रेमिट्यान्सको भर पर्ने , सबै कुरामा परनिर्भर मात्र भएको उनको भनाइ छ । नेकपा नेता प्रकाशले भने , “अहिलेको सत्ता र व्यवस्था परिवर्तन गर्न आत्मनिर्भर अर्थ प्रणाली हुन् अनिवार्य छ त्यसैको अभ्यासमा हाम्रो पार्टी छ ।”नेकपा संग संलग्न हरेक नेता कार्यकर्ता अनिवार्य उत्पादन संग जोडिएको छ , हाम्रो पार्टी केन्द्र , महासचिव विप्लब स्वयम् पनि आफै श्रम संग जोडिएको उनी बताउँछन् ।
नेकपाले भाडामा लिएर खेती सुरु गरिरहेको जमीनमा अहिलेलाई धान खेती गर्ने र अर्को पटक आधुनिक तरकारी खेती तथा अन्य उत्पादन कार्य गर्ने उनले बताएका छन् । अहिले धान खेती गर्न बीउ राख्ने कार्य सम्पन्न गरिसकेको उनले जानकरी दिएका छन ।
युवाहरुलाई विदेश पठाएर होइन कि देशमै श्रम गरेर समृद्धि आउँछ भन्ने सन्देश सहित आफूहरुले उत्पादन कार्य सुरु गरेको नेकपा सेती ब्युरो इन्चार्ज भगत सी ले बताए । नेपालमा कुनै पनि राजनीतिक पार्टीले सामुहिक कार्यमा नरहेको बेला हाम्रो पार्टीलाई नेपालमा आत्मनिर्भरता भन्ने कुरा श्रममा हुन्छं भन्ने नयाँ संस्कृति स्थापित गरेका छौं , इन्चार्ज भगतले भने ।
प्रायजसो नेपालका संसदीय राजनीतिक दलका नेताहरु ठेका पट्टा, योजना ल्याएर भ्रष्टाचारमा लिप्त भइरहने प्रवृत्ति व्याप्त छ तर नेकपाले भने अनिवार्य श्रम र उत्पादन गरिनुपर्ने कुरा आफ्नो महाधिवेशन बाटै पारित गरी देसै भरी विभिन्न क्षेत्रमा केन्द्रीय ,ब्युरो र जिल्ला स्तरीय उत्पादन कार्य सुरु गरेको छ ।-गणेश एसके

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु