नेकपा ३ नं जिल्ला समिति काठमाडौंले सार्वजनिक सम्पत्ति बचाऊ अभियान संञ्चालन गर्ने

२०८० जेष्ठ २१ गते, आईतवार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ३ नं जिल्ला समिति काठमाडौंले ‘सार्वजनिक सम्पत्ति बचाऊ अभियान’ संञ्चालन गर्ने जनाएको छ । सो पाटीको शनिबार सम्पन्न तेस्रो पूर्ण बैठकले सार्वजनिक सम्पत्ति विभिन्न व्यक्ति र निकायले हडप्न खोजेको भन्दै यसको रक्षाका लागि ‘सार्वजनिक सम्पत्ति बचाऊ अभियान’ संञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले राष्ट्रघात, भ्रष्टाचाररका बिरूद्व सशक्त संघर्ष गर्ने, मिटर व्याजी, लघुवित्तले जनतालाई दिएको हैरानीका बिरूद्व संघर्ष गर्ने, सार्वजनिक सम्पत्ति बचाऊ अभियान संञ्चालन गर्ने, किसान हरूलाई मल र बिऊको अभावले खेप्नुपरेको समस्याका बिरूद्व संघर्ष गर्ने समेत निर्णय गरेको छ ।
जिल्ला इन्चार्ज भृकुटी सीका अनुसार बैठकले जनआधारित पार्टी, जनआधारित नेता कार्यकर्ताको विकास गर्ने र नयाँ पुस्ताको गतिशिल विशेषतालाई क्रान्तिमा जोड्न संगठन विस्तारमा जोड दिने निर्णय गरेको छ । बैठकमा नेकपा पोलिटव्युरो सदस्य प्रज्वल सीको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला सचिव दिव्य सीको अध्यक्षता रहेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु