एकीकृत जनक्रान्ति पुरा गर्न पश्चिम ताम्सालिङको भूमिका निर्णायक

२०८० जेष्ठ २० गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले एकीकृत जनक्रान्ति पुरा गर्न पश्चिम ताम्सालिङको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी पश्चिम् ताम्सालिङ ब्युरोको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सी ले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादमा स्थापना गर्न राजधानी नजिकैका जिल्लाहरुको भूमिका निर्णायक हुने बताएका हुन् । उनले विगतका आन्दोलनहरुमा पनि पश्चिम ताम्सालिङको भूमिका महत्वपूर्ण भएको भन्दै आगामी दिनमा पनि पार्टीले जनताबाट यस्तै आशा राखेको बताए ।
उक्त कार्यक्रममा प्रवक्ता प्रकाण्ड सी ले नेकपाको ‘एकताको विशेष बैठक’ले गरेका निर्णयहरुलाई जनतासम्म पु-याउँदै जनक्रान्तिको यात्रामा जोड्न नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिएका थिए ।


नेकपा पश्चिम ताम्सालिङ्ग ब्युरोका इन्चार्ज आजाद सीको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा व्युरो अन्तरगत रसुवा, नुवाकोट, धादिङ्ग जिल्लाका नेता कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो ।
जेठ ११ र १२ गते बसेको पार्टीको केन्द्रीय समितिको एकताको बैठकले गरेको निर्णयहरुलाई कार्यान्वयनमा एक रुपता दिन देशभर व्युरो स्तरमा प्रशिक्षण कार्यक्रमहरु गरिरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु