नेपालमा साम्राज्यवादी शक्तिको हस्तक्षेप बढ्यो

२०८० जेष्ठ २० गते, शनिबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य तथा उपत्यका व्युरो इन्चार्ज कृति सीले नेपालमा साम्राज्यवादी शक्तिहरुको हस्तक्षेप बढेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी कीर्तिपुर नगर समितिको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कृतिले अमेरिकी साम्राज्यवाद विभिन्न ढङ्गबाट नेपाल भित्रिएर हस्तक्षप बढाएको बताएका हुन् । उनले विदेशीको रुप धारण गरेर देशभित्र राजनीति गर्नेले दीर्घकालिन स्थायित्व लिन नसक्ने बताए । ‘विदेशीले नेपालमा गगन थापा, रवि लामिछाने, सिके राउतहरुलाई तयार पारेर नयाँ जेलेस्की बनाएर पठाएका छन् ।’ उनले भने – ‘यसले नेपालको वर्तमान समस्याको समाधान गर्दैन भनेर हामीले जनतालाई बुझाउनुपर्छ । यीनीहरु अमेरिकाले तयार पारेर पठाएका जेलेस्कीहरु हुन् । उनीहरुले नेपालको समस्या समाधान गर्न सक्दैनन् ।’


विदेशीको चाकरी गर्नेले नैतिकताको पाठ सिकाउने विषय लज्जास्पद भएको भन्दै देशको कर्णधार भविश्यको आशाको धरोहर युवाहरु उनीहरुको ललिपपबाट लोभिन नहुने बताए । ‘नेपालमा कोही विदेशी दलालले समस्याको समाधान गर्न सक्दैन । देशको समस्याको समाधान गर्ने हतियार हामीसँग छ ।’, उनले भने, ‘हामी कृषिलाई प्राथमिकतामा राख्दै आत्मनिर्भर अर्थतन्त्रको कुुरा गछौं । देशको अर्थतन्त्र सुधारेर कृषिमार्फत आर्थिक क्रानन्ति गर्दैछौं ।’
विदेशीको चाकरी गर्ने दलालहरुको भबिष्य नेपालमा नभएको भन्दै उनले साम्राज्यवादको कट्टर एजेन्डा सरकारमा आउने र उनीहरुको इसारामा नेपाललाई चलाउने असफल प्रयास गरेको जिकिर गरे । रविहरु यसका असली एजेण्ट भएको भन्दै यसलाई परास्त गर्न पार्टीले नयाँ निर्णय गरेको बताए । साम्राज्यवादी शक्तिलाई परास्त पार्नका लागि उनीहरु नेपालमा प्रबेश गरिसकेको भन्दै उनीहरुको षड्यन्त्रलाई परास्त पार्न समाजवादी मोर्चाको बनाउने निर्णय लिएको उनको भनाई थियो ।
आदाज सीको अध्यक्षमा चलेको प्रशिक्षण कार्यक्रममा ज्ञानु सी, निश्चल सी, नरेन्द्र सी, जय सी लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु