नेकपानिकट जनवर्गीय संगठनद्वारा भारतीय दूतावास अगाडि विरोध प्रदर्शन

२०८० जेष्ठ २० गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट जनवर्गीय संगठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै उद्धघाटन गरेको नवनिर्मित संसद भवनको अगाडि राखिएको अखण्ड भारत भनिएको नक्सामा नेपालको कपिलवस्तु र लुम्विनीलाई राखिएको घटनाको बिरोध गर्दै भारतिय दूतावास लैनचौर अगाडि प्रर्दर्शन गरेको छ ।


विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य प्रकाश सीले नेपाल एक सार्बभौम मुलुक भएकाले कसैको हस्तक्षेप नसहने बताए। उनले भारतले नेपाल को भुभाग समेटेर जारी गरेको नक्सा तत्काल सच्याउन भारतलाई खबरदारी गरे। भारतले नेपाल लाई अनावश्यक हस्तक्षेप नगर्न आग्रह गर्दै उनले थपे यदि भारतले नेपालको स्वाभिमान माथी हस्तक्षेप र हेपाहा प्रवृत्ति देखाउने हो भने भारतीय साम्राज्यवाद विरुद्ध निर्णायक लडाइँ लड्न युवाहरु पछि नपर्ने बताए ।एर्को एक प्रसंगमा अध्यक्ष प्रकाशले नेपाल माथी भारतले उस्को साम्राज्यवादी हर्कत देखाइरहेका बेला भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त बिषयमा चासो नराख्नु गम्भीर भएको बताए साथै उनले एक धर्मनिरपेक्ष राष्ट्रका प्रधानमन्त्री प्रचण्डले भारतमा गएर गेरु धारी बस्त्र पहिरिएर नेपाल राष्ट्रको बदनाम गरेको बताए।


उक्त विरोध कार्यक्रममा अखिल (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र विश्वकर्माले भारतीय दूतावासलाई संगठनले लेखेको ज्ञापन पत्र पढेर सुनाएका थिए भने। विरोध कार्यक्रमको संचालन युवा संगठन नेपालका महासचिव तिलक योगीले गरेका थिए।


उक्त विरोध कार्यक्रममा अखिल (क्रान्तिकारी), युवा संगठन नेपाल ,गणतान्त्रिक खेलकुद महासंघ ,मजदुर संगठन ,उद्योग व्यापार संगठनलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रियाहरु