अमेरिकाले देश निल्ने खतरा बढ्यो

२०८० जेष्ठ १९ गते, शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले नेपालमा अमेरिकी हस्तक्षेप उत्कर्समा पुग्दै गएको बताएका छन ।
बिहिबार इलामको सदरमुकाममा बसेको मेची ब्युरोको बिशेष बैठक बोल्दै उनले सो कुरा बताएका हुन्। उनले एमसिसि हुंदै अमेरिकाले आफ्नो सैन्य उपस्तिथि नेपालमा गराउने प्रयत्न गरिरहेको बताउंदै अमेरिकाले देश नै निल्न सक्ने खतरा बढेको ठोकुवा गरे ।
पार्टी केन्द्रिय समितिको एकताको विशेष बैठकपछि बसेको मेची ब्युरोको बैठकमा इन्चार्ज सींहले अमेरिकी दलालहरु जनताको असन्तुष्टिलाई आफू अनुकुल घुमाउने र नेपालको राजनिती आफ्नो कब्जामा लिने खेलमा लागेको बताए । नेपालमा भुमण्डलिकृत पुंजिवाद आफ्नो सत्ता सुदृढ गर्न लागेको हुनाले देशभक्त र क्रान्तिकारिहरु एक हुन र मिलेर प्रतिवाद गर्नुको बिकल्प नभएको बताए ।
भर्खरै भारतले आफ्नो अखण्ड भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुलाई समेटेको विषय आपत्तिजनक रहेको र भारतिय साम्राज्यवाद पनि नेपालमा अस्थिरता निम्त्याएर संसदिय ब्यवस्था प्रती जनताको असन्तुष्टिलाई आफ्नो अनुकुलको परिस्थिती सृजना गर्न आफ्ना दलालहरुलाई खटाउन थालेको बताए । उनले भने देशको स्वाधिनताको निम्ति महासंग्रामको ढोका खोल्नु पर्छ । सबै जनता देशको मामलामा एक ठांउमा आउने गरि पार्टिले भुमिका खेल्नु पर्ने बताए ।

प्रतिक्रियाहरु