एप्पलको बजार पुँजीकरण २.८३ ट्रिलियन डलर

२०८० जेष्ठ १९ गते, शुक्रबार


काठमाडौँ । मोबाइल तथा कम्पुटरजन्य उपकरण र सफ्टवेयर निर्माता कम्पनी एप्पलको बजार पुँजीकरण २.८३ ट्रिलियन डलर पुगेको छ ।
अघिल्लो वर्ष सन् २०२२ मा एप्पलको बजार पुँजीकरण सन् २१ को भन्दा २८.७७ प्रतिशत घटेर २.०७ ट्रिलियन डलरमा झरेको थियो । अहिले पुनः ३७.०४ प्रतिशत बढेर २.८३ ट्रिलियन डलर पुगेको हो । सन् २०२१ मा उक्त पुँजीकरण २.९० ट्रिलियन डलर रहेको थियो । संसारभर प्रसिद्ध रहेको यस कम्पनीले कम्प्युटर, स्मार्टफोन र उपभोक्ता इलेक्ट्रोनिक्सका साथै अपरेटिङ सिस्टम र एप्लिकेसन सफ्टवेयरको विकास तथा बिक्री गर्दछ । अमेरिकन कम्पनी एप्पलले संगीत, चलचित्र र सफ्टवेयरको लागि इन्टरनेट बिक्री पोर्टलहरू पनि सञ्चालन गर्दछ ।

प्रतिक्रियाहरु