सुन प्रतितोला १ लाख १३ हजार ३ सय !

२०८० जेष्ठ १९ गते, शुक्रबार

काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाला सुनको मूल्य थप ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको छ । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ८ सय रुपैयाँले नै बढ्दै १ लाख १२ हजार ७५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यता चाँदीको मूल्य शुक्रवार तोलामा २५ रुपैयाँले बढ्दै १ हजार ४३५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु