नेकपा पूर्वी ताम्सालिङ ब्युरोले राष्ट्रियता र जनजीविकाका पक्षमा संघर्ष चर्काउने

२०८० जेष्ठ १९ गते, शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पूर्वी ताम्सालिङ ब्युरोले राष्ट्रियता र जनजीविकाका पक्षमा संघर्ष चर्काउने निर्णय गरेको छ। बिहिबार काभ्रेमा सम्पन्न बैठकले भर्खरै उद्गघाटन भएको भारतिय संसद भवन अगाडि अखण्ड भारतको नक्सामा नेपाली भुभाग लुम्विनी कपिलवस्तु लगाएतका ठाउँहरु राख्नु कुटनीतिक मर्यादा बिपरित भएको ठहर गर्दै यसका विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । यसले नेपालको सार्वभौमिकतामाथि खलल पुर्याउने भन्दै ब्युरो मातहतका जिल्लाहरुमा राजनीतिक, वैचारिक, सांगठनिक लगायतका क्षेत्रमा भारतको यस्तो रबैयाको बिरुद्ध, एनजिओ आइएनजीओहरुले सामाजिक कामका नाममा गरेको लुटको बिरुद्दमा संघर्ष गर्ने निर्णय समेत गरेको छ।
उक्त बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पुर्वी ताम्सालिङ ब्युरो इन्चार्ज विकल्प सीले केन्द्रीय समितिको सर्कुलरलाई स्पस्ट पार्दै भूमन्डलिकृत साम्राज्यवाद नेपालमा एमसीसी कार्यान्वयन गराउने नाममा प्रबेश गरेर नेपालको अस्मितामाथि धावा बोलेको बताए । उनले साम्राज्यवादले नेपाल प्रबेश गरिसकेकोले कम्युनिस्टहरुको बिचमा राष्ट्रिय एकता गरि साम्राज्यवादको बिरुद्धमा एकतावद्ध भएर लड्न विभिन्न क्रान्तिकारी कम्युनिस्ट देशभक्तहरुको बिचमा बृहत समाजवादी मोर्चा बनाउने अभियानमा सिङ्गो पार्टी पङ्ति गम्भिरताका साथ पहल लिनुपर्ने बताए।
उनले निराशाले अज्ञानता पैदा गर्ने भन्दै क्रान्तिकारीहरु निराश हुन नहुने बताएका छन् । बैठकमा केन्द्रीय सर्कुलरमाथि राखिएको सुझाव तथा टिप्पणीमाथि स्पष्ट पार्दै व्युरो इन्चार्जसमेत रहेका उनले क्रान्तिकारीहरुले जति बहस, छलफल र दृश्टिकोणसहितको बस्तुसंगत बहसमा सहभागी हुन्छन् यसले धारिलो बनाउने बताए । उनले बहसले नै एथेस्ट परिणाम दिने भएकाले निराश हुनु क्रान्तिकारीका लागि घातक भएको जिकिर गर्दै भने- ‘जुन पार्टीले बस्तुगत अवस्थालाई मुल्याङ्कन गर्दै बहसलाई आम जनतामाझ लगेर मसिनोगरि वुझाउछ त्यसले जनतामा बिद्रोहको चेत जगाउछ । त्यसले नयाँ यात्राको बाटो खुल्ला गर्छ । देशका युवा विद्यार्थीमा केही गरौं भन्ने हुटहुटी त छ तर उनीहरुमा भएको अज्ञानताका कारण निरासा पैदा गरेको देखिन्छ । राजनीतिक संघर्षबाट ज्ञान आर्जन गर्न सकिन्छ । यसले युवाहरुमा आशा जगाउँछ ।’
उनले निराशा अज्ञानताले पैदा गर्ने भन्दै उनले आफ्नो पार्टीले हजारौं विकल्पका बाटाहरु खोलिदिएको भन्दै यसले निराशालाई चिर्दै जनतामा नयाँ आशा पैदा गर्ने ठोकुवा गरे ।
बैठकमा पूर्वी ताम्सलिङ ब्युरो अन्तरगतका सबै जिल्लाका इन्चार्ज सेक्रेटरी, जनवर्गिय संघठनका ब्युरो सम्योजकहरुको उपस्थिती रहेको थियो। बैठकमा पार्टीका केन्द्रीय सल्लाहाकार समिती सदस्य यादव सी, सिन्धुपाल्चोक जिल्ला इन्चार्ज किरण सी, काभ्रे जिल्ला इन्चार्ज बिन्दु सी, रामेछाप इन्चार्ज चैतन्य सी, दोलखा इन्चार्ज अर्जुन सी, ब्युरोका जनवर्गिय संगठन इन्चार्ज युगीन सी, दोलखा सेक्रेटरी राजकुमार सी, काभ्रे सेक्रेटरी सुरेन्द्र सी, तामाङ राष्ट्रिय मुक्ति मोर्चका अध्यक्ष प्रेरक सी, किसान महासङ्घका संयोजक कर्ण सी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कि सम्योजक पबित्रा सी, अखिल क्रान्तिकारीका संयोजक दयाराम सी, श्रमिक समुदाय मोर्चाका संयोजक नबिन सी, प्रताप सी, जित सी, सिताराम सी लगायतको उपस्थिति रहेको थियो

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु