सहिदको सपना पुरा गरेरै छाड्छौ

२०८० जेष्ठ १९ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले सहिदको सपना पुरा गरेरै छाड्ने प्रतिबद्धता दोहोर्याएका छन । विहिवार कोहलपुरमा कार्यकर्ता,सहिद परिवार र व्यवसायीसंगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लवले सो प्रतिबद्धता दोहोर्याएका हुन् । उनले सहिद परिवारलाई सहिदको सपना पुरा गर्ने विश्वास दिलाउदै नयाँ परिस्थिति बनेकाले सवै माओवादीहरुले समाजवादका लागि एक भएर सहिदको सपना पुरा गर्नु पर्ने बताए ।
महासचिव विप्लव सी ले माओवादी जनयुद्ध के आतंकवादी युद्ध हो ? यदि त्यसो हो भने किन जनयुद्धका कारण आएको गणतन्त्रको फल खाने ? भन्ने प्रश्न गर्दै दलालहरुलाई चनौती दिदै भने – “हिक्मत छ भने जनयुद्धलाई आतंकवादी युद्ध भन्नुहोस न ! होइन भने वहिरगमित जनमुक्ति सेनालाई २ लाख दिने निर्णयमा किन आपत्ति जनाएको हो ।”
उनले सम्भव भए माओवादी तथा सवै कम्युनिष्टहरुले सामाजवादमा जाने शर्तमा विचारलाई एक गरेर पार्टी एकता गरौं भन्दै सकिदैन भने सामाजवादी मोर्चा वनाएर जान आग्रह गरे । उनले नेपालको भूभाग माथि भारतिय साम्राज्यवादले धेरै हस्तक्षप गरेको र पछिल्लो नक्सामा कपिलवस्तु र लुम्विनी भारतले आफ्नो नक्सामा राखेकोमा आपत्ति जनाउँदै महासचिव विप्लवले यदि संसद भवनमा भारतले राखेको नक्साबाट नेपालको भूमि नहटाए कडा संघर्ष गर्ने चेतावनी समेत दिए।
महासचिव विप्लव सीले साम्राज्यवादी डिजाईनमा नेपाली क्रान्ति र कम्युनिष्ट विरुद्ध रवी आएको खुलासा गरेका हुन। उनले सवै कुरा नवुझेर हावाको भरमा र गुलिया कुरामा देश र जनताको विरुद्ध नलाग्न सवैलाई अपिल गरे।
महासचिव विप्लव सी ले नेपालमा पछिल्लो राजनैतिक संकटको निकास नत रवीको बाटोले हुन सक्छ ,नत ०४७ सालको संविधानले हुन सक्छ,अबको निकासको अग्रगामी बाटो वैज्ञानिक समाजवाद मात्र हुन सक्ने बताए । उनले नेपालमा अस्थीर राजनैतिक अवस्था आउनु दलाल संसदीय व्यवस्था भएको दावी गर्दै संसदीय व्यवस्था बदलेर समाजवादमा जानु अग्रगामी विकल्प भएको ठोकुवा गर्दै भने – “साम्राज्यवादले कम्युनिष्टका विरुद्ध विगत १५ वर्ष देखि नयाँ पात्र सारिएको छ ,उसले सुरुमा रविन्द्र मिश्र र उज्वल थापालाई सार्यो,त्यसमा असफल भएपछि नेपाली नागरिकता त्यागेर अमेरिकाको नागरिक भईसकेको व्यक्ति रवीलाई आगाडि सारेर फेरी आएको छ ,यो नेपाली जनताको लागि धेरै खतरनाक छ,यसमा सवैले सचेत हुन पर्छ ।”
महासचिव विप्लव सी ले साम्राज्यवादका नयाँ पात्रहरुलाई नेपाली जनताले बुझन नसकेर भ्रममा परेको भन्दै कुनै दिन यीनै मात्रका कारण नेपाल युक्रेन बन्ने अवस्थामा जान सक्ने तर्फ संकेत समेत रहेका छन । उनले नेपाली स्वाभिमानलाई उच्च बनाउदै देश र जनताको रक्षाका लागि नेपाल कम्युनिष्ट पार्टी जस्तो सुकै कदम चाल्न तयार रहेको र जनताको साथमा रहन तयार रहको विश्वास दिलाए । उनले नेपालका सवै माओवादी र कम्युनिष्ट विचार भएका शक्ति, प्रगतिशील वामपन्थी सवै शक्तिहरु साम्राज्यवादी डिजानका विरुद्ध एक भएर नजाने हो भने नेपाल अझै संकटतिर धकेलिने वताए ।
महासचिव विप्लव सी ले जनतामाथि मिटर व्याजी,लघुवित्त र वैङ्कको चर्को व्याजदर द्धारा भइरहेको ठगी विरुद्ध नेकपाले कडा संघर्ष गरिरहेको भन्दै यसवाट आत्तिएका दलालहरुले आफ्ना १६ जना कार्यकर्ता अहिले पनि जेलमा राखेको र देशलाई साम्राज्यवादी र दलालहरुले निरासा तिर लिन खोजेपनि नेपालका युवाहरु निरास हुन नहुने र परिवर्तनका लागि फेरी पनि गम्भीर भएर सोच्न आग्रहसमेत गरे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु