नेकपाका प्रवक्ता प्रकाण्ड सी र नेकपा (एस) का वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता

२०८० जेष्ठ १८ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालबीच बुधबार साँझ भेटवार्ता भएको छ । उक्त भेटवार्तामा राष्ट्रको स्वाधिनता र नेपाली जनताको सार्वभौमिकता गम्भीर संकटमा पुगेको बिषयमा गभिर छलफल भएको छ।
यसैगरी, उक्त भेटवार्तामा हाल सत्ता र कुर्सिको निम्ति दलाल पुँजीवादले राष्ट्र र जनताविरुद्ध घात गर्न सक्ने खतरा बढेर गएकोले कम्युनिस्ट , प्रगतिशील , सच्चा लोकतन्त्रवादी र देशभक्तहरुलाई चिन्तित बनाएको र यसको अग्रगामी समाधानका लागि कम्युनिस्ट , प्रगतिशील , सच्चा लोकतन्त्रवादी र देशभक्तहरु एकजुट हुनु पर्ने बिषयमा छलफल भएको बताइएको छ।
उक्त भेटवार्तामा दलाल पुँजीवाद र साम्राज्यवादका बिरुद्ध संघर्ष गर्न कम्युनिस्ट , प्रगतिशील , सच्चा लोकतन्त्रवादी र देशभक्तहरुको मोर्चा बनाउनुको बिकल्प नभएको निष्कर्ष निकाल्दै समाजवादी मोर्चा बनाउदा त्यसका सकारात्मक पक्षका साथै चुनौतीका पक्षमा समेत गम्भीर ध्यान पुर्याउनु पर्ने बिषयमा समेत गहन छलफल भएको बताइएको छ।


यसैगरी, उक्त भेटवार्तामा हालै एक कार्यक्रममा नेपालको कम्युनिस्ट आन्दोलनका इमान्दार ,प्रगतिशील र पूर्व प्रधानमन्त्री जस्तो व्यक्तिमाथि षडयन्त्रमुलक ढंगले साम्राज्यवादी र दलालहरुको गिरोहले नियोजित ढंगले आक्रमण गर्ने प्रयास गर्नु घोर आपत्तिजनक निन्दनीय कार्य भएको र यसको कडा प्रतिवाद गर्ने र उचित समयमा घटनमा संलग्नलाई दण्डित गर्नुपर्ने बिषयमा समेत छलफल भएको बताइएको छ।
समग्रमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालबीचको भेटवार्ता महत्वपूर्ण र सकारात्मक रहेको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु