राष्ट्रपति सीद्वारा उच्च सुरक्षा अधिकारीलाई खराब अवस्थाका लागि तयार रहन निर्देशन

२०८० जेष्ठ १८ गते, बिहीबार


काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले देशका वरिष्ठ सुरक्षा अधिकारीहरुलाई खराब अवस्थाका लागि तयार रहन निर्देशन दिएका छन । सुरक्षा चुनौतीको आँधी आउनसक्ने भन्दै सीले खराब भन्दा खराब अवस्थाका लागि तयार रहन निर्देशन दिएका हुन् । कस्तो खालको सुरक्षा चुनौती हो भन्ने नखुलाए पछि उनले आन्तरिक र बाह्य दुबैखाले चुनौतिका लागि तयार रहन भनेको सिन्ह्वा समाचार समितिले जनाएको छ ।
राष्ट्रिय सुरक्षा आयोगलाई सम्बोधन गर्ने क्रममा सी ले देशले राष्ट्रिय सुरक्षामा सामना गरिरहेको चुनौतिहरु जटिल बनेको बताए । उनले खराब भन्दा खराब अवस्थाका लागि तयार बनेर सुरक्षा चुनौतीको आँधीको सामना गर्नुपर्ने अवस्था आउनसक्ने संकेत गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । -एजेन्सी

प्रतिक्रियाहरु