प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता हुँदै

२०८० जेष्ठ १८ गते, बिहीबार

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीबीच आज बिहान ११ः०५ बजेदेखि हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता तय भएको छ । त्यसअघि साढे १० बजे महात्मा गान्धीको समाधिस्थल राजघाट जाने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेलगत्तै प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता हुनेछ ।
त्यसक्रममा सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने र पत्रकार सम्मेलनमा दुवै प्रधानन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ । प्रधानमन्त्री प्रचण्डको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिवा भोजको आयोजनासमेत गर्ने भएका छन ।
प्रधानमन्त्री प्रचण्डले आजै ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनखड र ४ः३५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साँझ सवा ६ बजे होटल मौर्यमा नेपाल र भारतका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम छ । बुधबार साँझ नयाँ दिल्लीस्थित नेपाली दूतावासले प्रधानमन्त्रीको स्वागतमा आयोजना गरेको रात्रिभोजमा प्रचण्ड सहभागी हुने छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु