भारतीय संसद भवनको नक्साबाट नेपाली भुमि कपिलवस्तु र लुम्बिनीलाई तुरुन्त हटाउन माग

२०८० जेष्ठ १७ गते, बुधबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले भारतीय संसद भवनको नक्साबाट नेपाली भुमि कपिलवस्तु र लुम्बिनीलाई तुरुन्त हटाउन माग गरेको छ। सो पार्टीका महासचिव विप्लव सी ले बुधबार एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् ।
महासचिव विप्लव सी ले हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्धघाटन गरेको नवनिर्मित संसद भवनको अगाडि राखिएको अखण्ड भारत भनिएको नक्सामा नेपालको कपिलवस्तु र लुम्विनीलाई राखिएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै नेपाली भुमिलाई आफनो देशको नक्सामा राख्ने मोदी सरकारको यो कार्य हस्तक्षेपकारी र अतिक्रमणकारी चिन्तनको उपज भएको बताएका छन ।
महासचिव विप्लव सी ले यसप्रकारको भारतीय साम्राज्यवादी रबैयाको घोर निन्दा र कडा भर्त्सना गर्दै भारतीय संसद भवनको नक्साबाट नेपाली भुमि कपिलवस्तु र लुम्बिनीलाई तुरुन्त हटाउन राजनीतिक एवं कुटनीतिक पहल अगाडि बढाउन नेपाल सरकारसँग जोडदार मागसमेत गरेका छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु