रोजगार मेला शुरु

२०८० जेष्ठ १६ गते, मंगलवार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको रोजगार मेला आजदेखि शुरु भएको छ । उक्त मेलाको उद्घाटन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगार मेलाले जनशक्ति चाहिने कम्पनी र रोजगारी आवश्यक हुनेहरु बीचमा पुलको काम गर्ने बताए । उहाँले महासंघले वीरगञ्ज र बुटवलमा रोजगार मेला सम्पन्न गरेको र राम्रो प्रतिक्रिया पाएको बताउनु भयो । उनले यस्ता मेलाले नेपालमा भएका जनशक्ति उद्योग–व्यवसायमा उपलब्ध गराउन सहयोग पु-याउने बताए ।
वैदेशिक रोजगारीमा जाने युवाहरुलाई रोजगार मेलाले रोक्नसक्ने बताउँदै अध्यक्ष ढकालले आगामी आर्थिक वर्षको बजेटमा समेत निजी क्षेत्रको मनोबल उच्च राख्न हरेक क्षेत्रबाट सरकारले सहयोग गर्ने समेत बताए । सरकारले ल्याएको बजेटले निजी क्षेत्रसँग सहकार्यको आवश्यकता आंैल्याएको पनि बताए ।
आफूले खोजेको जस्तो रोजगारी पाइने आशामा मेलामा आएकी प्रतिज्ञा घिमिरेले रोजगार मेलाले पछिल्लो समय बढ्दै गएको बरोजगारी समस्या थोरै भए पनि कम हुने विश्वास व्यक्त गरिन् । उनले मुलुकभित्र नै रोजगारी नपाएर विदेश जाने युवाहरु बढेको भन्दै मेलामा आएर कुन कम्पनीमा कस्तो जनशक्ति आवश्यक रहेको छ भन्ने बुझ्न सकिने भएकाले मेलामा आएको बताइन् ।
त्यस्तै, हिरामाया श्रेष्ठले अनलाइनहरुमा फेक रोजगारी प्रचार हुने भएकाले मेलामा प्रत्यक्ष रुपमा बुझ्न पाउने भएकाले मेलामा आएको बताइन् । उनले किसानदेखि भान्सासम्म सब्जी ल्याण्डमा रोजगारी पाएको बताइन् । विदेश जानुभन्दा पनि नेपालमा नै रोजगारी खोजेर बस्नसके मुलुकको हित हुने उनको भनाइ छ ।
मेलामा काठमाडौं र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, महासंघका सदस्य भक्तपुर र ललितपुर उद्योग वाणिज्य संघको सहकार्य रहेको छ । कामको खोजीमा रहेका युवाहरुलाई प्रमुख कम्पनीहरुमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयां अवसरहरुको खोजि गर्न सघाउने, आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला शुरु भएको छ । रोजगार मेलामा १०० भन्दा बढी कम्पनीहरुको सहभागिता रहेका छन् । महासंघले मेलामा कामको खोजिमा रहेका ५ हजार भन्दी बढी युवाहरुलाई अवलोकन गराउने लक्ष्य राखिएको छ । मेलामा रोजगारी, सीप एवं जनशक्ति विकास लगायतका विषयमा विभिन्न परामर्श शेसनहरु समेत हुनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार