एल सल्भाडोरका पूर्व राष्ट्रपतिलाई १४ वर्ष जेल सजाय

२०८० जेष्ठ १६ गते, मंगलवार

काठमाडौँ । एल सल्भाडोरका पूर्व राष्ट्रपति माउरिसियो फ्युनेसलाई १४ वर्षको जेल सजाय सुनाइएकाे छ । त्यहाँको एक अदालतले दुइ आपाराधिक समुह मारा साल्बात्रुचा र बारियोसँग अबैध सम्बन्ध र साँठगाँठ गरेको आरोपमा फ्युनेसलाई दोषी ठहर गर्दै १४ बर्षको जेल सजाय तोकेको हो । एल सल्भाडोरमा सन् २००९ देखि सन् २०१४ सम्म राष्ट्रपति रहेका फ्युनेसले आपाराधिक समुहसँग सम्बन्ध राखेका कारण देशमा आतंककारी गतिबिधि बढ्नुका साथै उनीहरुसँग युद्धबिराम हुन नसकेको आरोप लगाइएको थियो ।
फ्युनेसले कैद सजाय भोगीरहेको आपाराधि समुहका ब्यक्तिहरुसँग समेत भेट गरी कैदको अवधि घटाएको आरोप समेत लागेको थियो । एल सल्भाडोरको सर्वोच्च अदालतले सन् २०१५ मा सो आपाराधिक समुहहरुलाई आतंकबादी संगठन भनेको थियो । -एजेन्सी

प्रतिक्रियाहरु