अखिल (क्रान्तिकारी) राप्ती ब्युरोले ‘नो एम सी सी ,गो ब्याक अमेरिका’ अभियान चलाउने

२०८० जेष्ठ १६ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अनेरास्ववियु (क्रान्तिकारी) राप्ती ब्युरोले अमेरिकी हस्तक्षेप विरुद्ध अभियान चलाउने निर्णय गरेको छ । सोमबार घोराहीमा सम्पन्न संगठनको राप्ती ब्युरोको प्रथम पुर्ण बैठकले अमेरिकी हस्तक्षेप विरुद्ध प्रचारात्मक अभियान चलाउने निर्णय गरेको हो । बैठकले राष्ट्रघाती एम सी सी सम्झौता विरुद्ध ‘नो एम सी सी’ ‘गो ब्याक अमेरिका’ अभियान चलाउने निर्णय गरेको जनाएको छ । संगठनले राप्ती ब्युरो अन्तर्गतका सबै जिल्लाहरुमा ‘नो एम सी सी’ ‘गो ब्याक अमेरिका’ नाराहरु वालिङ गरेर प्रचारात्मक बिरोधका कार्यक्रमहरु मार्फत अमेरिकी हस्तक्षेपको बिरोध गर्ने बताएको छ ।
यस्तै बैठकले ब्युरो अन्तर्गतका सबै जिल्लाहरुमा भेला / सम्मेलनहरु सम्पन्न गर्ने , संगठनका सदस्यहरुको सदस्यता नविकरण र नयाँ वितरण गर्ने , सबै आंगिक क्याम्पसहरुमा इकाइ सम्मेलन गर्ने , सबै जिल्लाहरुमा संगठनलाई आत्मनिर्भर बनाउन अनिवार्य उत्पादन कार्यमा सहभागी बन्ने , बृक्षारोपण कार्यक्रम गर्ने लगाएतका निर्णय गरेको छ ।
यस्तै अनेरास्ववियु (क्रान्तिकारी) राप्ती ब्युरोको प्रथम पुर्ण बैठकले संगठन पुर्वी दाङको संयोजकमा दिपक सी , पश्चिम दाङको संयोजकमा नवीन सी , रुकुम पुर्व/पस्चिमको संयोजकमा धनु सी , रोल्पा जिल्लाको संयोजकमा हरी सी , सल्यान जिल्लाको संयोजकमा दिपक सीलाई जिम्मेवारी दिएको छ भने समग्र राप्ती ब्युरोको समन्वय राजेन्द्र सीले गर्ने निर्णय भएको संगठनले जानकारी दिएको छ ।
नेकपाका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन सीको प्रमुख आतिथ्यमा बसेको बैठकमा अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष प्रकाश सी , उपाध्यक्ष नरेन्द्र सी , नेकपाका पुर्वी दाङका सचिव जनक सीको आतिथ्य रहेको थियो । बैठकको संचालन संगठनका निवर्तमान ब्युरो इन्चार्ज हरी सीले गरेका थिए ।

प्रतिक्रियाहरु