अभिभावकीय भूमिकामा कमरेड वीरजङ्ग

कृति २०८० जेष्ठ १५ गते, सोमबार

मानिस जन्मेपछि मृत्यु अनिवार्य हुन्छ । यो सार्वभौम कुरा हो । यति कुरा बुझ्दा बुझ्दै पनि आफ्नो नजिकको साथी गुमाउँदाको पीडा बढी हुन्छ, किन ? चाहे त्यो जस्तोसुकै पात्र होस् मानिस एकछिन् स्तब्ध, पीडाबोध र छटपटाहट अनिवार्य हुन्छ । हामी दैनिक मृत्युको समाचार सुन्छौँ या देख्छौँ । तर, सबैमा यस्तो पीडा हुँदैन । तर समवेदना आउनु मानिसको एउटा स्वभाविक गुण हो । तर विशिष्ट पात्र गुमाउँदा हुने पीडा अवश्य पनि विचार वा दृष्टिकोणसित सम्बन्धित हुन्छ । चाहेजस्तो दृष्टिकोण भए पनि दृष्टिकोण मिल्यो भने बढी पीडाबोध हुन्छ । त्यो आपूmलाई जन्माउने आमाबुबा गुमाउँदा, छोरा गुमाउँदा, जीवनसाथी गुमाउँदा वा कुनै साथी गुमाउँदा होस्, अवश्य पनि पीडाबोध बढी नै हुन्छ ।

यस्तै पीडा मलाई असोज २९ गते बिहान करिब ६ः३० बजे पार्टी सीसीएम कमरेड आस्थाले फोन गरेर “दाइ वीरजङ्ग दाइको खबर थाहा पाउनुभएको कि भएन ? दाइ त एक्स्पायर हुनु भयो” भनेर भन्नुभयो । मैले धेरै कुरा सोच्न सकिनँ । कहिले र कसरी भनेर मात्रै सोधेँ । त्यसको लगत्तै कमरेड जुझारुको फोन आयो । उहाँँले पनि “दाइ वीरजङ्ग दाइको खबर थाहा पाउनुभयो ?” भनेर सोधेपछि मैले “अँ थाहा पाएँ” भनेर जवाफ दिएँ । त्यत्ति मात्रै बोलेँ अरू बोल्न सकिनँ । वीरजङ्ग कमरेडको स्वास्थ्य अवस्थाबारे जानकारी मलाई नै हुन्थ्यो तर त्यस दिन घरको वाईफाई बिग्रेको हुनाले नवीन भाइले प्रयास गर्दा पनि सम्पर्क भएको रहेनछ । मैले पछि मोबाइल नम्बरबाट नवीन भाइलाई फोन गरेँ । भाइले फोन उठायो तर रोएर धेरै कुरा बोल्न सकेन । मैले पनि धेरै कुरा सोध्न सकिनँ । बोल्ने वाक्य नै रोकिएको थियो । त्यही पनि नआत्तिनु जे हुने भइहाल्यो भनेँ र फोन राखेँ । त्यसपछि सिधैँँ केन्द्रीय कार्यालयमा गएँ । त्यहाँ जानकारी भइसकेको थियो । सबै स्तब्ध थिए । त्यहाँ हामीले गर्नुपर्ने कामबारे सल्लाह ग¥यौँ र सोहीअनुसार आफ्नो जिम्मेवारी पूरा गर्न लाग्यौँ । अर्थात् हामी वीरजङ्ग कमरेडको अन्त्येष्टिको तयारीमा लाग्यौँ । मैले माथि उल्लेख गरेझैँ थुप्रै कमरेडहरू गुमाइयो । पीडाबोध भयो । आज आपूmसँगैको एउटै मोर्चामा काम गरेका योद्धाहरू सहिद हुँदा पीडा अवश्य भयो । तर वीरजङ्ग कमरेडको दुःखद् निधनले मलाई बढी पीडा भयो । पीडा पनि समान हुँदो रहेनछ भन्ने कुरा मैले प्रत्यक्ष अनुभूति गरेँ । यो अनुभूति पनि मेरो लागि एउटा शिक्षा हो । किनकि उहाँँ मेरो सहयोद्धा मात्रै होइन, उहाँँ अभिभावक पनि हो । कम्युनिस्ट आन्दोलनको मेरो अभिभावक हुनुहुन्थ्यो ।

म यो आन्दोलनमा पाइला राख्दै गर्दा प्रेरणा दिने वा हात समाएर अघि बढाउने एउटा कुशल अभिभावक उहाँँ नै हो । मलाई कम्युनिस्ट आन्दोलनको सुरुदेखि अहिलेसम्म निरन्तर अभिभावकत्व प्रदान गर्नुभयो । मलाई प्रेरणा दिने बेला प्रेरणा पाएँ, काम बिगार्दा उहाँँले रचनात्मक आलोचनाद्वारा मलाई सच्चाउनुभयो । सायद यस्तो प्रक्रिया धेरै कमरेडहरूको जीवनमा भएको छ होला, जो उहाँँसँग धेरै सङ्गत गर्नुभयो । आज म जुन ठाउँमा उभिएको छु, त्यसको पहिलो श्रेय कमरेड वीरजङ्ग नै हुनुहुन्छ । मैले उहाँँबाट विशेषगरी कम्युनिस्ट शिक्षा प्राप्त गरेँ । वीरजङ्ग कमरेडबाट लिएको शिक्षा वैचारिक प्रतिबद्धता हो । उहाँँ श्रमिक वर्गको पक्षमा सुरुदेखि अन्त्यसम्म वैचारिक प्रतिबद्धता लिएर बस्ने मात्रै होइन, जीवन–व्यवहारमा लाग्नुभयो । खराब चिन्तनका विरुद्ध जहिल्यै पनि सङ्घर्ष गर्नुभयो । मेरो स्मरणमा खराब चिन्तनका विरुद्ध सङ्घर्ष गरेको हुनाले दुईपटक त्यस्ता नेतृत्वको सिकार पनि बन्नुभयो । किनकि कम्युनिस्ट आन्दोलनभित्र एउटा यस्तो गलत प्रवृत्ति मौलाइरहन्छ, त्यो भनेको कुनै पनि नेतृत्वको आलोचना गरेर यदि त्यो नेतृत्वको साँेच गलत छ भने त्यसले आपूmलाई आलोचना गर्ने सही कार्यकर्तालाई पाखा लगाउने प्रवृत्तिको सिकार धेरै कार्यकर्ता बन्दै आएका थिए । त्यसमा उहाँँ पनि पर्नुभयो । तर, उहाँँ निराश हुनुभएन । गलत प्रवृत्तिका विरुद्ध निरन्तर सङ्घर्ष जारी राख्नुभयो र अरूलाई सङ्घर्ष गर्न प्रेरणा दिनुभयो । यसमा आधारित एउटा घटना प्रचण्डसँग पार्टी विभाजन हुँदै यहाँसम्म आउँदा लुम्बिनी ब्युरोका कमरेडहरू उहाँँकै नेतृत्वमा पार्टीले क्रान्तिकारी विचारमा प्रतिबद्ध राख्न सफल भइयो । उहाँँको प्रभाव धौलागिरी र गण्डकीमा समेत प्रत्यक्ष रहेको छ । अन्येत्र पनि छ तर जहाँ वीरजङ्ग कमरेडले प्रत्यक्ष नेतृत्व गर्नुभयो, त्यसको प्रभाव बढी नै पर्नु सबैले बुझेको विषय नै हो । दोस्रो, सङ्गठनमा उहाँँको लगनशीलता पार्टी सङ्गठनको काममा निरन्तर लागिराख्ने उहाँँको विशेषता हो । पार्टी समिति मात्रै होइन, जनतासँग नियमित भेटघाट र छलफल चलाइराख्नुभयो । जनताको सामान्य समस्यामा (हाम्रो आँखाले हेर्दा) पनि उहाँँको सहभागिता हुन्थ्यो । प्रचण्डसँगको अन्तरसङ्घर्षको बेला पार्टी बिग्रिएको देखेर उहाँँले धेरै चिन्ता गर्नुहुन्थ्यो । ‘कुनै रातमा चिन्ताले निंद्रा लागेन’ कृति भन्नुहुन्थ्यो । तर निराशा हुनुभएन । गतिशील भएर लाग्नुभयो ।

लुम्बिनी ब्युरोभित्रका तत्कालीन एकीकृत नेकपा (माओवादी) का नेताहरूले आफ्नो स्वार्थ अनुरूप एकजना गलत व्यक्तिलाई ब्युरोस्तरीय प्रशिक्षणमा सहभागी गराउन खोज्नुभयो । हामीले त्यसको विरोध ग¥यौँ । उहाँँले प्रचण्ड र बाबुरामलगायत नेताहरूको सामु कमरेड वीरजङ्ग, कमरेड मुनाल (हाल माओवादी केन्द्र) र म गरी ३ जनालाई उपस्थित गराएर सिफारिस गर्न लगाइयो । तर हामीले त्यसको ठाडै अस्वीकार ग¥यौैँ । अन्त्यमा प्रचण्ड रिसाएर “हामीले के पार्टी बनायौँ ? एकजनालाई सिफारिस गर्न हामीलाई सोध्नुपर्ने ?” भनेर रिसाउनुभयो । हामीले भन्यौँ “कस्तो पार्टी बनाउनुभयो ? तपाईं आफैँँँ बुझ्नुस्, एकजनाका लागि तपाईंले सिफारिस गर्नुपर्ने ? तपाईं आफैँँँ बुझ्नुस्” भनेर हामी उठेर हिँड्यौँ । पछि प्रचण्ड आफैँँँले यो प्रस्ताव फेरि ब्युरोमा लिएर आउनुभयो । ब्युरोले पनि नकाम गरिदियो । पछि वीरजङ्ग कमरेडले मलाई भन्नुभयो, “हेर ! कृति, यो एउटा व्यक्ति हो तर यो विष हो, यो हामीभित्र आयो भने हामीलाई लठ्याउँछ । त्यसकारण यस्ता प्रवृत्ति विरुद्ध हामी सजग हुनुपर्छ ।” यदाकदा यो प्रवृत्ति कम्युनिस्ट आन्दोलनमा अहिले पनि देखिन्छ । तेस्रो, शिक्षा सङ्घर्षको क्षेत्रमा कमरेड वीरजङ्गको दृढता र संयमता हो । उहाँँले वर्गसङ्घर्षलाई दह्रोसँग पकड्नुभयो । उहाँँले कहिले पनि श्रमिक वर्गको पक्षमा सामान्य सम्झौता गरेको इतिहास नै छैन । उहाँँको एउटै भनाइ थियो, “वर्गसङ्घर्षबिना अरू तरिकाबाट श्रमिक वर्गको मुक्ति असम्भव छ ।” मैले देखेको वीरजङ्ग आफ्नो वर्ग र आफ्नो कार्यकर्ताप्रतिको निष्ठावान नेता हो । मेरो जीवनको पहिलो वर्गसङ्घर्षको घटना जसको नेतृत्व वीरजङ्ग कमरेडले गर्नुभएको थियो । हुन त उक्त घटनामा हाम्रो महासचिव कमरेड विप्लव, माओवादी केन्द्रका नेता बलदेवलगायत अरू पनि थिए । तर त्यो सङ्घर्षको नेतृत्व वीरजङ्ग कमरेडले नै प्रत्यक्ष गर्नुभएको थियो । २०४८ दसैँको अष्टमीको साँझपख मलगायत कलाकार भाइबहिनीहरू सांस्कृतिक कार्यक्रमको तयारीका लागि हाम्रो घरतिरबाट वीरजङ्ग कमरेडको घरतिर जाँदै थियौँ, बिचबाटोमा नै काङ्ग्रेसी भिजिलान्तेहरूले बाटो छेकेर हामीमाथि आक्रमण ग¥यो । मैले तत्काल सूचना दिनका लागि कमरेड शुष्मा र कमरेड धनबहादुर भाइलाई कमरेडहरूको घरतिर पठाएँ । हामी कमरेड वसन्त घर्ती, कमरेड उदयमान, पुने पुन, जयनारायण पुनलगायतका साथीहरूले प्रतिवाद ग¥यौैँ तर धेरैबेर हामी टिक्न सकेनौँ ।

हामी बाटोबाटै भाग्दै थियौँ । घटनास्थलदेखि १०० मिटर पर बाटोबाटै जाँदै गर्दा कमरेड वीरजङ्गको नेतृत्वमा साथीहरू आउनुभयो र सोध्नुभयो, “के भयो ?” मैले घटनाबारे बताएँ । घटना सुनेपछि कमरेड वीरजङ्गले “जाऊँ” भन्नुभयो । हामी सबै घटनास्थलतिर फर्कियौँ । घटनास्थल पुग्दा जसले हामीमाथि आक्रमण गर्ने योजना बनाएको थियो, त्यसैले कुरा मिलाउने प्रयास गरिरहेको थियो । वीरजङ्ग कमरेडको आक्रोश विस्फोटमा बदलियो र पहिलो प्रहार उहाँँबाट भयो र क्षणभरमा नै उक्त स्थान रणमैदानमा बदलियो । उक्त घटनामा भिजिलान्तेतर्फ १४ जना घाइते भए । हाम्रोतर्फ महासचिव कमरेड विप्लव, वसन्त घर्ती र पुने पुन गरी ३ जना घाइते हुनुभयो । अन्याय हामीमाथि भएको थियो तर तत्कालीन काङ्ग्रेसी सरकारले हामीलाई दोषी करार ग¥यो । प्रहरी धरपकड सुरु भयो । हामी ६ महिना वीरजङ्ग कमरेडको नेतृत्वमा भूमिगत अवस्थामा नै पार्टीको काममा जुट्यौँ । त्यतिखेर उहाँँको भनाइ अहिले पनि सम्झिन्छु । “अति भयो, वर्गसङ्घर्षलाई अगाडि बढाउनुपर्छ, नत्र जनताका अधिकार असम्भव छ” भन्ने शब्द मेरो सम्झनामा अहिलेसम्म आइरहेको छ । हामी त्यही सोँचबाट प्रशिक्षित भइ पछिल्लो चरणमा तत्कालीन नेकपा एकताकेन्द्रले वर्गसङ्घर्षको उद्घोष ग¥यो र हामीसँगै जनयुद्ध हुँदै यहाँसम्म सहकार्य गर्दै आयौँ । चौथौ, उहाँँको आर्थिक पारदर्शिता हो । उहाँँको जीवन अन्त्यसम्म सरल र साधारण रह्यो । आफ्नो निजी सम्पत्तिलाई जनताकै कार्यमा उपयोग गर्नुभयो । उहाँँ २०४९ को स्थानीय निर्वाचनबाट संयुक्त जनमोर्चाको तर्फबाट शिवगढी गाविसकोे अध्यक्षमा निर्वाचित हुनुभयो । उहाँँ अध्यक्ष भएको कार्यकाल अवधिभर जनताको सेवामा आफ्नै खर्च हालेर काम गर्नुभयो । पार्टीभित्रको आर्थिक अराजकतालाई रोक्न निरन्तर सङ्घर्ष गर्नुभयो । कतिपय विवरण यहाँ उल्लेख गर्दा तत्कालीन नेतृत्वलाई आँच आउन सक्छ । म त्यो विषयमा प्रवेश गर्न चाहन्नँ र व्यक्तिगत जीवनका घटनालाई उल्लेख गर्दछु । उहाँँलाई थुप्रै अवसर आए । खासगरी उहाँँलाई विचलित बनाउनका लागि तर उहाँँले सबै अवसरलाई निषेध गरिदिनुभयो । यसमध्ये केही घटनाक्रम उल्लेख गर्दछु ।

कपिलवस्तुमा पार्टीले कब्जा गरेको जमिन फुकुवा गरिदिनका लागि एक करोडका प्रस्ताव आयो । उहाँँले जसले प्रस्ताव ल्यायो, उसलाई उत्तर दिनुभयो, “जनताको जमिन, जसले जोतेर खाएको छ, उसलाई फिर्ता गर, बाँकी आफ्नो जमिन लैजाऊ ।” उहाँँको उत्तर उनीहरूका लागि स्वीकार्य थिएन । किनकि उक्त जनताको जमिन उनीहरूले हडपेको थियो । तिहारको बेला थियो, एकजना पूर्व–राज्यमन्त्रीले तिहारको कोशेलीको रूपमा मिठाई र केही रकम खाममा हालेर पठाएका थिए । तर उहाँँले मिठाई लिनुभयो र पैसा फिर्ता गरिदिनुभयो । उहाँँले उक्त मन्त्रीका स्वकीय सचिवलाई भन्नुभयो, “मन्त्रीलाई भन्दिनू, उपहारमा पैसा नपठाउनू ।” अर्को प्रसङ्ग छ, नेकपा–माओवादी हुँदा चुनाव बहिष्कारको सन्दर्भ । जतिखेर ग्याँसको सिलिन्डर पड्काउँदा पनि केन्द्रबाट किरण कमरेडले यस्ता आतङ्ककारी क्रियाकलापमा हाम्रो पार्टीको संलग्नता छैन भनेर विज्ञप्ति दिनुभएको थियो । केही समयमा वीरजङ्ग कमरेडलाई ३५ लाखको प्रस्ताव आएको थियो । उहाँँले यति मात्रै गरिदिनुप¥यो कि त्यो रकम दिने पार्टीलाई चुनावी प्रचार–प्रसारमा सहज बनाइदिनुपथ्र्यो । तर वीरजङ्ग कमरेडले उक्त प्रस्तावलाई ठाडै अस्वीकार गरिदिनुभयो । जब चुनावपछि हामी केन्द्रीय समितिको बैठकमा ग¥यौँ । हामीलाई त्यो बैठकले ऊर्जा दिएन । निराश भएर फर्किनुप¥यो । त्यहाँ क्रान्तिकारी आदर्शको कुनै मूल्य–मान्यता थिएन । त्यहाँ बैठकमा केन्द्रीय सदस्यहरूको रिपोर्ट सुन्दा कुनै बुर्जुवा पार्टीको भन्दा फरक लागेन । चुनावमा कुन नेतासित कति ल्याइयो ? र, कसलाई कहाँ हराइयो भन्नेमा मात्रै केन्द्रित थियो । हाम्रो योजनाबारे केही थिएन । नेतृत्वबाट पनि तिनैलाई प्रोत्साहन गरियो । आज ती रिपोर्ट गर्ने पात्रहरू कहाँ गुमनाम छन् ? थाहा छैन । तर वीरजङ्ग कमरेड आकासको चम्किलो ताराझैँ चम्किरहनुभएको छ ।

वीरजङ्ग कमरेडसँगको सहयात्राका क्षणहरू थुप्रै छन् । तर मैले उहाँँबाट प्राप्त गरेको शिक्षा मात्र उल्लेख गरेँ । उहाँँको सपनालाई विपनालाई बदल्ने मेरो पहिलो कार्यभार हो । यसमा म प्रतिबद्ध नै छु । यही नै उहाँँप्रतिको मेरो सच्चा श्रद्धाञ्जली हुनेछ । वीरजङ्ग कमरेड नै त बन्न नसकिएला तर उहाँँले देखाएको बाटो भने हामीले अवश्य पछ्याइरहेका छौँ । वीरजङ्ग कमरेडको शिक्षा कम्युनिस्टका लागि प्रेरणा हो । हामी सबै कमरेड वीरजङ्गजस्तै बन्न सक्छौँ कि सक्दैनौँ ? यो हामीभित्रको चुनौती हो । उहाँँको अन्त्येष्टिको बेला हामीबाट पर पुगेका कमरेडहरू, अन्य वामपन्थी मित्रहरू, देशभक्तहरू, सच्चा लोकतन्त्रवादीहरू सबै आएका थिए । अन्त्येष्टिमा आउन नपाएका साथीहरूले सामाजिक सञ्जाल र फोनमार्पmत समवेदना दिनुभएको थियो । यो केन्द्रीकरण कमरेड वीरजङ्गको विचारप्रतिको निष्ठाले गरेको केन्द्रीकरण हो । यो नै एकीकृत जनक्रान्तिका लागि ठूलो शिक्षा हो । अन्त्यमा, २०४७ को चैतदेखिको हाम्रो सहयात्रा भौतिक भेटको हिसाबले २०७८ असोजको १८ गते दिल्लीको म्याक्स हस्पिटलको आईसीयु वार्डभित्र करिब ४० मिनेटको कुराकानीपछि सदाका लागि बिदा भयो । उहाँँसँग ३१ वर्षको सहयात्रामा सहयोद्धा कमरेड, मेरो दाइ, मेरो अभिभावक सबैथोक भौतिक हिसाबले विछोड भयो । वीरजङ्ग कमरेड सहिद त हुनुभएन तर उहाँँको निष्ठा र प्रतिबद्धता बलिदानभन्दा कम छैन । आन्दोलनमा यस्तो पात्र बिरलै भेटिन्छ । हामी सबै उहाँँको विचार लिएर अघि बढौँ । यही नै सच्चा श्रद्धाञ्जली हुनेछ ।

प्रतिक्रियाहरु