सगरमाथा दिवस मनाइँदै

२०८० जेष्ठ १५ गते, सोमबार


काठमाडौँ । आज मे २९ तारिख अर्थात अन्तर्राष्ट्रिय सगरमाथा दिवस । आज सगरमाथाको शिखरमा मानव पाइला परेको ७० वर्ष पूरा भएको छ । सन् १९५३ मे २९ तारिख दिन नेपाली पर्वतारोही तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका पर्वतारोही सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथामा शिखरमा पाइला राखेका थिए । सोही आरोहणलाई स्मरण गर्दै सोमबार सगरमाथा आरोहणको हिरक वर्षगाँठ मनाईदै छ । यो अवसरमा नेपाल पर्वतारोहण संघले भब्य कार्यक्रम आयोजना गरेको छ । आज बिहान ठमेलबाट प्रभातफेरी निकालिएको छ भने उक्त प्रभातफेरि नेपाल पर्यटन बोर्डमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको छ । कार्यक्रममा कीर्तिमान आरोही तथा विभिन्न आरोहीलाई पदक प्रदान गरिने कार्यक्रम छ ।
सगरमाथा आरोहणको ७० वर्ष पुगेको उपलक्षमा पहिलो पटक आरोहीलाई पदक प्रदान गर्न लागिएको पर्वतारोहण संघले जनाएको छ । हिरक दिवस मनाउन पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीको अध्यक्षतामा पर्यटन क्षेत्रका प्रतिनिधिमूलक संस्थासहितको मूल आयोजक समिति गठन गरिएको थियो ।
कार्यक्रम अन्तर्गत सोलुखुम्बुको खुम्जुङमा पनि विशेष कार्यक्रम आयोजना गरिएको छ । खुम्जुङमा हुने कार्यक्रममा तेञ्जिन शेर्पा र हिलारीका परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको पनि संघले जनाएको छ । ७० वर्षमा नेपाली र विदेशी गरी करीब सात हजार पर्वतारोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । यसबीचमा सगरमाथामा विभिन्नखाले कीर्तिमान पनि कायम भएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार