बैंकको कर्जा लगानीमा २.९६ प्रतिशतले वृद्धि

२०८० जेष्ठ १४ गते, आईतवार


काठमाडौं । नेपाल बैंकर्स संघका अनुसार चालु आर्थिक वर्ष १० महिनाको अवधिमा वाणिज्य बैंकहरुको लगानी २.९६ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तसम्म कुल ४१ खर्ब ७४ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा चालु आर्थिक वर्ष वैशाख मसान्तसम्म ४२ खर्ब ९८ अर्ब ६१ करोड प्रवाह भएको छ ।राष्ट्र बैंकले चालु आर्थिक वर्ष निजी क्षेत्रमा जाने कर्जाको वृद्धिदर १२.६ प्रतिशत रहने अनुमान गरेको थियो । तर १० महिना पुग्दा जम्मा २.९६ प्रतिशत मात्रैले बढेको छ । चालु आर्थिक वर्षको १० महिनामा नबिल बैंकले सबैभन्दा धेरै २५ अर्ब ५३ करोड रुपैयाँ कर्जा विस्तार गरेको देखिन्छ । सो बैंकले नेपाल बंगलादेश बैंकलाई गाभेपछि थप भएको कर्जाका कारण यस्तो तथ्यांक देखिएको हो । कर्जाको मागमा शिथिलता आउँदा बैंकहरुको सीडी रेसियो (कर्जा निक्षेप अनुपात) घट्दै गएको छ । असार मसान्तसम्म ८८ प्रतिशत रहेको सीडी रेसियो हाल घटेर ८४ प्रतिशतमा झरेको छ । यसको अर्थ कर्जा प्रवाहभन्दा निक्षेपको वृद्धि बढी हुनु हो ।
चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म १० महिनाको अवधिमा निक्षेप २ खर्ब ९९ अर्ब रुपैयाँ थपिएको छ । संघका अनुसार गत आर्थिक वर्षको अन्त्य (असार मसान्त)सम्म ४५ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन भएकोमा यो आर्थिक वर्ष वैशाख मसान्तसम्म ४८ खर्ब ४० अर्ब ४४ करोड पुगेको छ । सो अवधिमा निक्षेप ६.५ प्रतिशतले बढेको हो । तरलता सहज भए पनि आगामी दिनमा चाप पर्न सक्ने नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीको भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार