अमेरिकी रक्षामन्त्रीले भारतसहित चार राष्ट्रको भ्रमण गर्ने

२०८० जेष्ठ १३ गते, शनिबार


काठमाडौँ । अमेरिकी रक्षामन्त्री लोयड जे अस्टिन तृतीयले आगामी सातादेखि भारतसहित चार राष्ट्रको भ्रमण गर्ने भएका छन् । अमेरिका र भारतले अमेरिका–भारत प्रमुख रक्षा साझेदारीलाई आधुनिकीकरण गर्ने श्रृंखला जारी राख्ने क्रममा अस्टिनले रक्षामन्त्री राजनाथ सिंह र अन्य नेताहरूसँग भेटवार्ता गर्ने बताइएको छ । यो भ्रमणले नयाँ रक्षा नवप्रवर्तन र औद्योगिक सहयोग पहललाई गति दिने र संयुक्त राज्य अमेरिका र भारतीय सेनाबीच सैन्य परिचालन सहयोग विस्तार गर्न जारी प्रयासहरूलाई गति दिने उल्लेख छ ।
भारत आउनुपूर्व अमेरिकी रक्षामन्त्री अस्टिनले जापानको भ्रमण गर्ने कार्यक्रम छ । त्यसपछि रक्षामन्त्री अस्टिन सिंगापुर जाने कार्यक्रम छ ।सिङ्गापुरको भ्रमण सकेर अस्टिन भारत भ्रमण गर्नेछन् । भारत भ्रमणपछि अस्टिनले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रियाहरु