अन्धाुधन्द गोली तथा चक्कु प्रहार गरेर चार जनाको हत्या गर्ने पक्राउ

२०८० जेष्ठ १२ गते, शुक्रबार

काठमाडौँ । जापानमा बिहीबार अन्धाुधन्द गोली तथा चक्कु प्रहार गरेर चार जनाको हत्या गर्ने संदिग्ध अपराधीलाई प्रहरीले पक्राउ गरेको छ । जापानी समाचार एजेन्जी क्योदोका अनुसार घटना गराएको अभियोगमा प्रहरीले ३१ वर्षीय मसानोरी आओकीलाई पक्राउ गरेको हो । आओकी स्थानिय राजनीतिक नेता एवं नाकानो शहर परिषद्का अध्यक्ष मासामिची आओकीका छोरा भएको प्रहरीले जनाएको छ । आक्रमणकारीले बिहीबार एक महिलालाई छुरा प्रहार गरेपछि शिकार खेल्न प्रयोग हुुने बन्दुकले अन्नधुन्द गोली प्रहार गरेका थिए । गोली लागेर दुइ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का एक जना जेष्ठ महिलाको उपचारको क्रममा मृत्यु भएको बताईएको छ । -एजेन्सी

प्रतिक्रियाहरु