अखिल (क्रान्तिकारी)द्वारा वैज्ञानिक समाजवादका लागि संघर्ष गर्न अपिल

२०८० जेष्ठ ११ गते, बिहीबार


काठमाडौँ । अखिल (क्रान्तिकारी)ले वैज्ञानिक समाजवादका लागि एकजुट भई संघर्ष गर्न अपिल गरेको छ । सो संगठनका केन्द्रीय अध्यक्ष प्रकाश सी ले बिहिबार एक बिज्ञप्ति जारी गर्दै भ्रष्ट दलाल संसदीय व्यवस्था रहेसम्म भ्रष्टाचारका यस्ता काण्डहरु दोहोरी रहेने भएकाले नयाँ राज्य व्यवस्था वैज्ञानिक समाजवादका लागि एकजुट भई संघर्ष गर्न अपिल गरेका हुन् ।
अध्यक्ष प्रकाश सी द्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘हाम्रो संगठन अखिल ( क्रान्तिकारी ) आफ्नो स्थापना काल देखि नै राष्ट्र,राष्ट्रीयता ,जनजीविका,शैक्षिक अधिकारको पक्षमा र भ्रष्टाचार कुशासन विरुद्ध संघर्ष गर्दै आएको सर्वविधितै छ।
यसै सन्दर्भमा नक्कली भुटानी शरणार्थी काण्डमा नेपाली युवाहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा पुर्व उपप्रधान तथा गृहमन्त्री, पुर्व उप प्रधानमन्त्री, गृह सचिव, विचौलियाहरु, नेताका आफन्त लगाएत ३० जनाको ठुलो गिरोह भ्रष्टाचार तथा राष्ट्रद्रोहमा जोडिएको मुद्धामा काठमाडौं जिल्ला अदलतमा मुद्धा दायर गरिएको छ । जुन नेपाल सरकारले नेपाल प्रहरीको सहयोगमा गरेको प्रशंसनिय काम हो तर घटनाका दोषीहरुले बयानमा पुर्व प्रधानमन्त्री, बहालवाला प्रहरी प्रमुख देखि हालका अख्तियार प्रमुख सम्मको नाम किटान गरेका खबरहरु बाहिर आईरहेका छन । ति व्यक्तिहरु माथी छानविन वा सामान्य सोधपुछ सम्म नगरिएको घटनाले यो नक्कली सरणार्थी प्रकरणमा अहिलेका मुल पार्टीका प्रमुख, कर्मचारीका माथिल्लो तह र विचौलियाहरुको स्पष्ट संलग्नता लाई नकार्न सकिदैन । यो घटनामा अहिले जनमानसले शंका गरे जस्तो ठुला दलहरु मिलेर घटना थामथुम पार्ने प्रपन्च गरिएको हो भने हाम्रो संगठनले विगतमा भ्रष्ट ल्अभिि कम्पनी, चुडामणी शर्मा, वाईडबडी काण्ड र भ्रष्ट तत्कालिन अख्तियार प्रमुख लोकमान सिहँ कार्की विरुद्ध गरेको कारवाही जसरी नै नेपाली जनताको अभिमत अनुसार कारवाही गर्न बाध्य हुने पनि यसै विज्ञप्ति मार्फत जानकारी गराउदछौँ । सरकारी वकिलको कार्यालय र काठमाडौं जिल्ला अदालतले दोषीलाई हदै सम्मको सजाय गर्न र नेपाल सरकारले अनुसन्धानको क्रममा नाम जोडिएकाहरुलाई छानविनको दायरामा ल्याएर सत्यतथ्य बाहिर सार्वजनिक गरोस भन्ने माग यसै विज्ञप्ति मार्फत राख्दछौं । साथै भ्रष्ट दलाल संसदीय व्यवस्था रहेसम्म भ्रष्टाचारका यस्ता काण्डहरु दोहोरी रहेने भएकाले नयाँ राज्य व्यवस्था वैज्ञानिक समाजवादका लागि एकजुट भई संघर्ष गर्न अपिल गर्दछौँ ।’

प्रतिक्रियाहरु