सार्वजनिक सवारीको भाडा घट्यो

२०८० जेष्ठ ११ गते, बिहीबार


काठमाडौँ । बाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले केन्द्र सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेको केही दिनपछि प्रदेशभित्र चल्ने सवारी साधनको भाडा समायोजन गर्ने निर्णय गरेको छ । यो निर्णय सँगै अब प्रदेशभरी चल्ने मालवाहक सवारी साधनमा ५ दशमलव ६९, सिटी बसमा ५.९ प्रतिशत र यात्रुवाहक बसमा ४ दशमलव १८ प्रतिशतले भाडा दर घट्ने भएको छ । कानून अनुसार अन्तरप्रदेश चल्ने सवारीको भाडा केन्द्र सरकारले निर्धारण गर्ने गर्दछ भने अन्तरपालिकास्तरमा चल्ने सवारीको भाडा प्रदेश सरकारले निर्धारण गर्ने गर्दछ । पेट्रोलियम पदार्थको मूल्य घटेपछि यसअघि केन्द्र सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा दर घटाएको समायोजन गरेको थियो । बुधबार बसेको भाडा निर्धारण\समायोजन सिफारिस समितिको बैठकले भाडा दर समायोजन गर्ने निर्णय गरेको बताइएको छ । भाडा घटाइएको निर्णय आज राजपत्रमा प्रकाशित गरिएपछि भाडादर लागू हुनेछ। यो सँगै काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीको पनि भाडा घट्नेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु