सगरमाथा आरोहणमा विश्व रेकर्ड !

२०८० जेष्ठ ७ गते, आईतवार

काठमाडौँ । दुवै खुट्टा गुमाएका पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सगरमाथाको सफल आरोहण गरेर विश्व रेकर्ड कायम गरेका छन् । बुढा मगरको टोली यही जेठ ५ गते दिउँसो तीन बजे सगरमाथाको शिखरमा पुगेको हो । शिखरमा पुगेसँगै उनले दुवै खुट्टा नभएकाले सगरमाथाको सफल आरोहण गरेको विश्व रेकर्ड पनि बनाएका छन् ।
रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले बेलायती सेनाको तर्फबाट अफगानिस्तानमा खटिएको बेला सन् २०१० मा विष्फोटमा परी दुवै खुट्टा गुमाएका थिए । उनले यस अघि चुलु, किलिमन्जारो, मेरापिक लगायतका हिमालको आरोहण गरिसकेका थिए ।

प्रतिक्रियाहरु