प्रगतिशील गीत ‘निराश हुनुहुन्न साथी’ सार्वजनिक (भिडियोसहित)

२०८० बैशाख १९ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सीको रचना र पोलिट ब्युरो सदस्य तथा प्रगतिशील कलाकार चिरन सीको संगीतमा प्रगतिशील गीति एल्बम ‘निराश हुन हुन्न साथी’ सार्वजनिक भएको छ। भरत सीको सब्द रचना चिरन सीको संगीत र सुगम संगीतका मसिहा राज सिग्देलको सुमधुर आवाजमा ‘निराश हुन हुन्न साथी’ सार्वजनिक भएको हो।
देशमा भएको राजनीतिक अस्थिरता, भ्रष्टाचार र बेथितिले निरास भएका युवा नौजवानमा उर्जा भर्न यो एल्बमले अहम् भूमिका खेल्ने पूर्ण विश्वास रहेको यस गीतका रचनाकार तथा नेकपाका स्थायी समिति सदस्य भरत सी बताउछन् ।
उनी भन्छन, ‘बिगतमा बिभिन्न दलहरुका नेतृत्वले देशको आमूल परिवर्तनको सपना देखाए । यसैका निम्ति हजारौको वलिदानी भयो तर तिनै आशा गरिएका नेतृत्वले फेरि पुरानै यथास्थितिको दलदलमा फसाएपछि प्रताडित जनताहरुले चारैतिर अन्धकार देखिरहेको बेला ‘निराश हुन हुन्न साथी हरेस खानु हुन्न, निराश भए हरेस खाए लक्ष्य भेटिदैन’ यी र यस्ता शब्द लहरिले एकपटक फेरी आम जनता युवा नौजवान निराशाका ठूला पर्खाल तोड्दै नयाँ बिचारसहितको समाजवादी व्यवस्था निर्माणको आन्दोलनमा निस्वार्थ लाम लाग्न उत्साह थप्ने मेडिसिनको काम गर्न सक्छ।’
त्यस्तै यहि गीतका प्रस्तुतकर्ता तथा संगीतकार चिरन सीले बिगतका रचनाहरु भन्दापनि यो एल्बममा शब्द संगीत र आवाजको फ्युजन नेपालको पछिल्लो बस्तुस्थितिसँग मेल खाएको बताउछन। उनी भन्छन्, ‘झट्ट सुन्दा गीतका सब्दहरु प्रेमिल भएपनि यसको गुदीमा मिठास मात्रै होइन अन्तर मनबाट विद्रोहको ज्वालामुखी बिस्फोट गर्दै यो व्यवस्था फेर्ने महासमरमा सशक्त भूमिका खेल्छ भन्ने विश्वास लिएका छौं । – शाहस भट्ट

प्रतिक्रियाहरु