उडानका बेला टिकटक बनाउने क्याबिन–क्रु कारबाहीमा !

२०७९ चैत्र १७ गते, शुक्रबार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानभित्र टिकटक भिडियो बनाउने क्याबिन–क्रु कारबाहीमा परेको जनाएको छ । हवाई उडानका दौरान टिकटकमा रहमाइरहेका हिमालय एयरलाइन्सका तीन जना क्याबिन–क्रु कारबाहीमा परेका हुन् ।
प्राधिकरणका अनुसार बिहीबार काठमाडौं–दोहा रुटमा उडानमा रहेको एच९–५६३ उडान नम्बरको जहाजमा पाकिस्तानको एयरस्पेसमाथि उडिरहेको समयमा एक पुरुष र दुई महिला एयरहोस्टेस टिकटक भिडियोमा रमाएको पाइएको थियो । यसलाई ‘इनफ्लाइट सेफ्टी’ विरुद्धको कसुर मानिन्छ । उनीहरूलाई ३ देखि ६ महिनासम्म उड्न नपाउने गरी कारबाही गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु