साम्राज्यवादीको दुधमा भुलेर माओवादी आन्दोलनको रक्षा हुँदैन’

२०७९ चैत्र १५ गते, बुधबार


काठामाडौँ । नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्युरो इन्चार्ज सबिनले काङ्ग्रेसको काखमा बसेर साम्राज्यवादीहरुको दुधमा भुलेर माओवादी आन्दोलनको रक्षा नहुने बताउदै सबै सच्चा माओवादी घटकहरुलाई नेतृत्वको नेकपा वरिपरि गोलबन्ध हुन आव्हान गरेका छन । रुकुमको आठबिसकोट नगरपालिका वडा नम्बर ९ राडिज्युला बजारमा आयोजित वैज्ञानिक समाजवादका लागी सामना जनसाङ्गित अभियानलाई सम्बोधन गर्दै उनले सो आह्वान गरेका हुन्। उनले प्रधानमन्त्री प्रचण्डलाई प्रतिगामी शक्तिको साथ छोडेर जनताको पक्षमा आउन आग्रह गरे ।
उक्त कार्यक्रममा ब्युरो इन्चार्ज सबिन सी, पार्टीका रुकुम पूर्व-पश्चिम् इन्चार्ज चन्द्र सी लगायतको उपस्थिति थियोे ।
कार्यक्रम सामना परिवारकाे प्रस्तुति रहेको उक्त कार्यक्रममा स्थानीय जनसमुदायहरुको उल्लेख्य सहभागिता रहेको थियोे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु