मिटरब्याजी पीडितद्वारा बिहानैदेखि विरोध प्रदर्शन

२०७९ चैत्र १४ गते, मंगलवार

काठमाडौं । मिटरब्याजी पीडितहरुले आज बिहान काठमाडौंको टंगालमा विरोध प्रदर्शन गरेका छन् । तराईका विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरुले सोमबार खुलामञ्चअघि प्रदर्शन गरेका थिए भने मंगलबार भने त्यहाँबाट हिँड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा विरोध प्रदर्शन गरेका हुन् ।
पीडितहरु खुलामञ्चमा बस्नको लागि आएपनि काठमाडौं महानगरपालिकाको नगरप्रहरीले खुलामञ्च प्रवेशमा रोक लगाएपछि उनीहरु खुलामञ्च बाहिरको सडकमा नै सोमबारको रात बिताएका थिए ।
पीडितहरुले महानगरपालिकाले खुलामञ्च प्रवेशमा रोक लगाएको भन्दै काठमाडौंका मेयर बालेन साहविरुद्ध नाराबाजी समेत गरेका थिए ।उनीहरुले मिटरब्याजीलाई कारबाही गर, पीडितलाई न्याय दे, तमसुक व्यवस्था खारेज गर लगायतका नारा लगाइ र प्लेकार्ड बोकेर विरोध गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु