महासचिव विप्लव सी द्वारा राष्ट्रका लागि संगीत अभियात्रा टोलीलाई स्वागत

२०७९ चैत्र १३ गते, सोमबार


काठामाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले राष्ट्रका लागि संगीत अभियात्राको टोलीलाई स्वागत गरेका छन् । महासचिव विप्लव सी ले शनिबार दिउसो नेकपा केन्द्रीय कार्यालय कपिलबस्तुमा संगीत अभियात्रका टोलीका सदस्यहरुलाई भव्य स्वागत गरेका हुन् ।
दाङको कार्यक्रम सकाएर बुटवलका लागि हिडेको अभियानको टोली केन्द्रीय कार्यालय शिवगढी कपिलबस्तु पुगि कार्यालयको अवलोकन गरेर फर्किएको थियो । टोलीलाई नेकपा महासचिव विप्लवसहित सचिवालय सदस्य सन्तोष सी, भरत सी, पोलिटब्युरो सदस्य धुब्र सी, केन्द्रीय सदस्यहरु अपार सी, तिर्थ सी लगायत केन्द्रीय स्कुलिङका प्रशिक्षार्थीहरुले स्वागत गरेका थिए ।
टोलीमा नेकपा पोलिटव्युरो सदस्य तथा जनवादी गायक चिरन सी, नेकपा एमालेका नेता तथा जनवादी गायक मणि थापा, जनवादी गायक नारायण शर्मा, उदय श्रेष्ठ, कर्ण बिद्रोही, निलिमा पुन, प्रगति महरा, मोहित श्रेष्ठ, कुस्मिता दर्लामी, उदय रिजाल, सन्ध्या मगर, कविता पुन, लक्ष्मण पाख्रिन, अनु शर्मा, निशा बुढामगर लगायतका जनवादी कलाकारहरुले केन्द्रीय कार्यालयको भ्रमण गरेका थिए ।
संगित अभियात्रको टोलीले सोमबार दिउसो बुटवल कालिकानगरको रोज पार्टी प्यालेसमा सांगितिक कार्यक्रम गर्ने जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु