मुक्तक

झपेन्द्रराज बैद्य २०७९ चैत्र १२ गते, आईतवार
       



तिमी देश बेच्छौ सत्तामा बसेर
नदी नाला सबै बेच्छौ जनता ठगेर
अमेरिका र भारत दुहुनो गाई
दाश बन्छौ किन उनकै गीत गाएर।?

तिमी देश बेच्छौ कति सत्तामा बसेर
युवा अरब खाडीमा तिमी बस्छौ लुटेर
हुन्न हुन्न अब हुन्न जागौं जनता
पार्टी माथि उठौं अब भो अबेर।

जीवनलाई फर्केर हेर्दा संघर्ष आउँछ
जीवन नै संघर्स हो यही याददिलाउँछ।
के हुन्छ न्याय मरेपछि? शान्ति हुदैन
न्याय भए देशमा शान्ति छाउँछ।।

        ४)  शासक ढले जनताको राज हन्छ,
           त्यस बेला बैज्ञानिक समाजबाद हुन्छ।
           त्यसैले शोषकलाई पच्दैन समाजबाद
            यसको लागि सघर्ष अपरिहार्य बन्छ।।

       ५ ) संघर्ष संघर्ष केको लागि संघर्ष?    
     लूट गर्नलाई हो कि संघर्ष?
    यो त समाज रुपान्तरणको लागि
    परिवर्तनका लागि हो संघर्ष।।

  ६) पहिला आफू बदलिएर अरुलाई बदल,
  त्याग तपश्या अनि सपनामा बस अटल।
  एक दिन खुल्छ सपना हुन्छ समाज सुन्दर,
  छैन हाम्रो समाज कहिल्यै अटल अचल।।

 ७  ) साहित्यको गफ नछाट जब तिमी छैनौ सुन्दर, 
   सुन्दर बिचारमा हुन्छ साहित्य पनि सुन्दर
  कागतको खोस्टामात्र हुदैन असली साहित्य
  बिम्ब उतारे पो बन्छ खाश साहित्य सुन्दर।।

 ८)  एमसीसी,एसपीपी बिरोधगर्न डराउँछौ,
  राष्ट्रियताको पक्षमा लेख्न हातकमाउँछौ।
 केको साहित्य लेख्छौ आफै सेन्सरगरेर साथी?
  जीवनको भीख मागेर कसरी यथार्थ लेख्छौ?

 ९)  कला कलाको लागि साहित्य होईन ,
  आदर्श शब्द चित्र साहित्य होइन। 
  जनताको मन छुने साहित्य हुन्छ। 
  यो धर्तीमा जन्मेर धर्तीमै हुर्कन्छ।।

  १०)
     साहित्य रहर होइन आवश्यकता हो।
     साहित्य भाट होइन स्वतन्त्र हो
   बस्तुगत यथार्थ हो साहित्य
 साहित्य आदर्श र सपना हो। 

         ११ )  बम भन्दा बिष्फोटक छ साहित्य
               मन बहलाउँछ तहलगाउँछ साहित्य
             बास्तबिक साहित्य त जीवन हो  
           देशको निकास दिन्छ साहित्य। 

           १२) साहित्य खहरे हो फोहर बगाउँछ
            साहित्य समुद्र हो यो अटल हुन्छ। 
           प्रेमको एक लम्बरी सुन हो साहित्य
           मनरोग निरोग स्वस्थ बनाउँछ।

प्रतिक्रियाहरु