नेकपाद्वारा टंकाकुमारी ओलीको निधनप्रति शोकव्यक्त

२०७९ चैत्र १२ गते, आईतवार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीले पार्टीका पोलिटब्युरो सदस्य आदर्श सी कि ८५ बर्षिय आमा टँकी कुमारी ओलीको निधनप्रति शोक व्यक्त गरेको छ। नेकपा महासचिव विप्लव सीले शोक बक्तब्यमार्फत ओलीको निधनप्रति श्रद्धाञ्जली सहित शोकव्यक्त गरेका हुन् ।
महासचिव बिप्लव सीले शनिबार जारी गरेको शोक वक्तव्यमा आमा टङ्की कुमारी ओलीको निधनले पार्टीलाई मर्माहत र दुखि बनाएको भन्दै नेता आदर्श लगाएत उनका परिवारजनमा दुखको यस घडीमा समवेदना समेत प्रकट गरिएको छ भने टङ्की कुमारी ओलीले क्रान्ति र आन्दोलनको क्रममा पुर्याएको योगदानको स्मरण र सम्मान समेत प्रकट गरिएको छ।
महासचिव विप्लव सीद्वारा जारी शोक वक्तव्यको पुर्णपाठ:
‘नेपालमा बैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनाका लागि संघर्षरत हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य कमरेड आदर्शकी आमा टँकी कुमारी ओलीको ८५ बर्षको उमेरमा ललितपुरको गोदावरीस्थित निवासमा आज निधन हुन गएको छ।आमा टँकी कुमारी ओलीको निधनको खबरले पार्टी , पार्टीका तमाम नेताकार्यकर्ता र हामीलाई दुखित र मर्माहत बनाएको छ।

सर्वप्रथम आदरणीय आमाको निधनप्रति दुख व्यक्त गर्दै उहाँप्रति पार्टी श्रद्धाञ्जली अर्पण गर्दछ। साथै दुखको यस घडीमा कमरेड आदर्श ,भाईहरु खगेन्द्र , बिश्व र गङ्गाराम लगाएत परिवारजनहरुमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।

वि. सं. १९९४-०४-०५ मा रोल्पाको गंगादेव गाउँपालिका वडा न३ मा जन्मिनु भएकी टँकी कुमारी ओलीले जनयुद्ध लगाएत परिबर्तन र मुक्तिका लागि भएका क्रान्ति र आन्दोलनप्रति पुर्याएको योगदानको उच्च सम्मान र स्मरण समेत गर्दछौं ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार