नेकपाको नवौं महाधिवेशनद्वारा पारित प्रतिवेदन र विधान सार्वजनिक

२०७९ चैत्र १० गते, शुक्रबार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनमा प्रस्तुत एवम् पारित प्रतिवेदन र विधान प्रकाशित भएको छ । २०७९ साल असोज २५ देखि कात्तिक २ गतेसम्म कपिलवस्तुस्थित नेकपा केन्द्रिय कार्यालयमा सम्पन्न भएको महाधिवेशनमा महासचिव विप्लवद्वारा प्रस्तुत तथा महाधिवेशनद्वारा परिस्कृत गर्दै पारित गरिएको प्रतिवेदन गत हप्ता प्रकाशित गरिएको हो । केहि आन्तरिक तथा बाह्य असहजता र चुनौतीपुर्ण परिस्थितिमा हुन गएको नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनले पार्टीको कार्यदिशा, कार्यनीति, विचारको नयाँ संश्लेषण लगाएत समग्र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका महत्त्वपूर्ण र आधारभूत बिषयमा नयाँ संश्लेषण गरेको थियो ।
नवौं महाधिवेशनद्वारा पारित राजनीतिक प्रतिवेदनमा मुख्य गरि विश्वको परिस्थिति र यसका आर्थिक, सामाजिक, राजनीतिक र प्राविधिक एवम् सामरिक चरित्रहरुको व्याख्या, राष्ट्रिय परिस्थिति अन्तर्गत विभिन्न वैचारिक धाराहरु र तिनका विद्यमान आर्थिक सामाजिक आधारहरू, नेपाली क्रान्ति र अबको राजनीति कार्यक्रम, नेपाली समाजको बदलिँदो चरित्र र अहिलेको वर्ग विश्लेषणकाे स्थिति, प्रधान अन्तरविरोध र त्यसको समाधानको बाटोको बारेमा पार्टीको दृष्टिकोण पस्किएको छ ।
दस्तावेजमा नेपाली कम्युनिस्ट आन्दोलनको समिक्षात्मक मुल्यांकन, कम्युनिस्ट आन्दोलनका तीन धारा, पार्टीको थवाङ महाधिवेशनदेखि यताका प्रयोगहरुको समिक्षा, सिकाई र सिमाहरु, सरकारसङ्गको तीन बुँदे सहमतिबारे बिश्लेषण गरिएको छ । त्यस्तै दस्तावेजमा पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टीले नयाँ वैचारिक संश्लेषणकाे रुपमा अघि सारेका विषयहरु (दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवादका क्षेत्रमा) बारे पार्टी धारणा र विचारहरुलाई विस्तृत रुपमा राखिएको छ भने पार्टी संगठन सञ्चालनका लागि विधानमा केहि नयाँ प्रावधान राखिएको समेत बताईएको छ। नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय प्रकाशन विभागद्वारा प्रकाशित प्रतिवेदनको मुल्य रु. १ सय २५ राखिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु