‘ विचौलियाको भण्डाफोर गरौं’

२०७९ चैत्र ७ गते, मंगलवार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य एवम् जवस फ्रयाक्सन इन्चार्ज शिलु सीले मजदुरहरु माथि शासन गर्न मालिकको चाकरी गर्ने दलाल र विचौलियाहरुलाई नङ्ग्याउन भण्डाफोर गर्नुपर्ने बताएकी छन। अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तर्गत पुर्वी कमाण्डको समिक्षा बैठकमा मन्तव्य राख्दै नेतृ शिलुले सो कुरा हुन।
महासंघको केन्द्रीय समिति बैठकले अध्यक्ष श्याम सीको नेतृत्वमा पुर्बि कमान्ड र उपाध्यक्ष डिल्ली सीको नेतृत्व रहने गरी पश्चिमी कमान्डमा अभियान सञ्चालन गर्ने निर्णय यस अघि नै गरेको थियो । सोमबार काठमाडौमा सम्पन्न बैठकले पुर्वि कमान्डको अभियान २० दिन पुगेपछि कामको समिक्षा गर्दै अभियानको थप कार्यक्रम लाई बिकास गरेर लैजाने निर्णय गरेको छ। त्यस्तै कम्युनिस्ट पार्टी स्थापना दिवस बैसाख ९ गते र मई दिवस बैसाख १८ मा देशव्यापी मनाउने समेत निर्णय गरेको बताईएको छ। – पुर्णबहादुर खड्का

प्रतिक्रियाहरु