शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण तर कसरी ?

२०७९ चैत्र ६ गते, सोमबार

डा. केशव देवकोटा

नेपालमा कतिपय यस्ता नेताहरु पनि छन््, जो जे भन्छन््, त्यो गर्दैनन् । जे गर्छन् त्यो भन्दैनन् । यस्तो अवस्थामा नेकांसहितका १० दलीय दक्षिणपन्थी पार्टीहरुको मोर्चामा रहनुभएका माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘शक्तिशाली कम्युनिष्ट पार्टी निर्माणको पहल गर्ने’ बताउँदा कम्युनिष्ट राजनीतिका समर्थकहरु समेतको दिमाङमा एक प्रकारको झट्का दियो । सोही समय पारेर दाहालसँग पार्टी एकताको चर्चा चलेका अर्का एकजना गैरकम्युनिष्ट नेता डा. बाबुराम भट्टराईको ‘अबको डेढ दशकमा कम्युनिष्ट पार्टीनै नरहने’ भबिष्यबाणी पनि सार्वजनिक भएको थियो । उक्त दुईथरी भनाई एकसाथ आउनु संयोग हो वा सुनियोजित योजना त्यसबारे समयले बताउला । अध्यक्ष दाहालले फागुन २७ मा केही दिनभित्रै समाजवादी मोर्चा र त्यसैको जगमा शक्तिशाली कम्युनिष्ट पार्टी बनाउन पहल गर्ने बताउनु भएको थियो । उहाँले सो अभिब्यक्ति दिनुपर्नाको खास कारण आपूm विरुद्ध सर्बाेच्च अदालतमा दयर भएको रिट र सो रिटकाबारेमा बिभिन्न क्षेत्र र पक्षबाट ब्यक्त विविध तर्कहरु थिए । ०६३ को शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने भनिए पनि सत्ता र शक्तिमा पुगेका कतिपयले समयमै त्यसको जिम्मेवारी नलिइदिंदा ‘रिट’ बिष्फोट भएको हो । पछिल्लो समयमा समाजवादी शक्तिहरुको सहकार्य र एकता जरुरी रहेको पनि भनियो । तर, को समाजवादी र कस्तो समाजवाद भन्ने कुराको हालसम्म पनि कुनै ब्याख्या र बिश्लेषण भएन । ०७७ फागुन २३ गते सर्वोच्च अदालतको एक फैसलालार्ई बहाना बनाएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट एमाले र माओवादी अलग हुँदा पनि माओवादी केन्द्रका अध्यक्ष दाहाललार्ई समाजवादी मोर्चाको आवश्यकता महसुस भएको थियो । त्यसपछि एमालेबाट अलग हुन प्रयास गरिरहेका माधव नेपाल, जसपाबाट अलग हुन प्रयास गरिरहेका डा. भट्टराई र स्वयं जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका बीचमा समाजवादी मोर्चा बनाउने कुरा केही दिनका लागि गफको विषय बनेको थियो । तर, नेता नेपाल र डा. भट्टराईले आ–आफ्नो ढंगले पार्टीको संयोजन गरेको देखियो ।

२०७९ वैशाख ३० को स्थानीय निर्वाचन र मंसिर ४ को प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको पूर्वसन्ध्यामा पनि समाजवादी मोर्चा बनाउने कुरा दोहोरिएको थियो । एमालेको साथ सहयोगमा देशको कार्यकारी प्रमुख भएर सो पार्टीलार्ई नै धोखाधडी गरेपछि फेरि पनि समाजवादी मोर्चाको प्रस्ताव अगाडि आयो । यी सबै घटना परिघटनाले शक्तिशाली कम्युनिष्ट पार्टी र समाजवादी मोर्चाका प्रशंग किन आउँदा रहेछन्् भन्ने कुराको संकेत गरेको छ । विभिन्न घटनाक्रमहरुले नेपालमा कम्युनिष्टहरुलार्ई छिन्नभिन्न बनाउने र समाजवादका आधारहरु भत्काउने काम तीब्रताका साथ भैरहेको संकेत गरेका छन्् । ०७६ माघ एक गतेको कार्यक्रममा अध्यक्ष दाहालले जे कुरा बोल्नु भयो र त्यसलार्ई आधार बनाएर सर्वोच्च अदालतका रिट दायर भयो, त्यो अलग्गै प्रशंग हो । जसको बृहत् कम्युनिष्ट एकता र समाजवादसँग टाढाको पनि साइनो छैन । नेपालमा बृहत् कम्युनिष्ट एकता र शक्तिशाली कम्युनिष्ट पार्टीको कुरा गर्दा कतिपय आधारभूत कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । त्यो भनेको के भने देशीयरुपमा सामन्तवादको प्रतिनिधि संस्था नेपाली कांग्रेस हो भने अन्तर्राष्ट्रियरुपमा नेपालमा आवश्यकताभन्दा बढी चसो राख्ने भारत र अमेरिका हुन् । प्रकारान्तरले नेपालका सन्दर्भमा नेपाली कांग्रेसको गठजोड भारत र अमेरिकासँगै रहेको छ । ०६२ मंसिर सातगते दिल्लीमा भएको १२ बुँदे सहमतिमार्फत् नेकपा (माओवादी) को तत्कालीन नेतृत्वले लिखितरुपमै जनयुद्ध परित्याग गरेर संसदीय राजनीति अपनाउने प्रतिबद्धता जनाएपछि उक्त तीनथरि शक्तिका बीचमा अघोषितरुपमा कार्यगत एकता हुन पुगेको छ । आज १७ वर्षपछि पनि त्यो कार्यगत एकता कायमै रहेको देखिन्छ । त्यो कार्यगत एकताले यो १७ वर्षको अवधीमा एकातिर नेपाललार्ई आर्थिक, सामाजिक र राजनीतिकरुपमा अलग–अलग बनाउने काम गरेको छ भने अर्कातिर कम्युनिष्ट पार्टीहरुलार्ई वैचारिक र सांगठानिक दुबै रुपमा छिन्नभिन्न बनाउने काम गरेको छ । नेपालका हाल क्रियाशील सबै कम्युनिष्ट नामधारी पार्टीहरुको सामान्य तवरले लेखाजोखा गर्ने हो भने पनि उपरोक्त कुराको पुष्टि हुन्छ ।

हाल सरकारको नेतृत्वमा रहेको माओवादी केन्द्र खासमा ‘माओवाद’ मान्ने पार्टीनै होइन । जसले माओवादको सिद्धान्तलार्ई औपचारिकरुपमै ०७५ जेठ ३ गते एमालेसँग पार्टी एकता गर्दा परित्याग गरेको थियो । उसको कार्यगत एकता यतिबेला नेपालको सामन्तवादी (व्यक्तिवादमा आधारित) राजनीतिको प्रतिनिधि पार्टी नेपाली कांग्रेस र अन्तर्राष्ट्रियरुपमा भारत र अमेरिकासँग रहेको देखिन्छ । त्यसैले इन्डो पश्चिमा शक्तिहरुको मोर्चाकारुपमा कहिले पाँच दलीय र कहिले आठ–नौ दलीय मोर्चा बन्ने गरेका छन्् । जहाँ भारत निकटकाहरुको छुट्टै उपगठबन्धन पनि छ । जो खासगरी समाजवादी मोर्चाका नामले बेलाबखत प्रकट हुने गरेको छ । माओवादी केन्द्रभित्र पनि क्रान्तिकारी नेता तथा कार्यकर्ताहरु नरहेका होइनन् । तर, उनीहरु घोर अल्पमतमा परेका छन्् । अर्को शब्दमा भन्ने हो भने उनीहरु दलदलमा फसेका छन्् । माओवादी केन्द्र साँच्चै कम्युनिष्ट पार्टी बन्ने हो, शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने हो र वैज्ञानिक समाजवादको बाटोमा अगाडि जाने हो भने इन्डोपश्चिमा शक्तिको घेराबाट बाहिर आउनुपर्दछ । कम्युनिष्ट पार्टीका विश्वब्यापी मूल्य, मान्यता र आदर्शको पालना गर्दै अन्य क्रान्तिकारी शक्तिको निकट बन्नुपर्दछ । अर्कोथरि कम्युनिष्टहरु सत्ता र शक्तिमा नपुगेका पूर्वमाओवादीहरु रहेका छन्् । जो जनगणतन्त्रको पक्षमा छन्् । तर, ०६२ को १२ बुँदे सहमति र ०६३ को बृहत् शान्ति सम्झौताकाबारेमा स्पष्ट हुन सकिरहेका छैनन् । उनीहरु भित्र पनि मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा रहेका छन्् । जसकाबीचमा दरिलो एकताको अभाव छ । क्रान्तिकारी माओवादीले देशभक्त जनगणतान्त्रिक मोर्चा बनाएको छ भने नेकपाले समाजवादी देशभक्त मोर्चा बनाएको छ । क्रान्तिकारी माओवादीले माओवादी केन्द्रलार्ई दक्षिणपन्थी पार्टी र सो पार्टीका नेताहरुलार्ई प्रतिक्रियावादी भनेको छ । तर, बेलाबखत निकट हुने प्रयास गरेको पनि देखिएको छ । त्यसैले उनीहरुले नेपालको सत्ता राजनीतिमा भाग पनि लिन सकेका छैनन् र क्रान्तिलार्ई अगाडि बढाउन पनि सकेका छैनन् । अर्कोथरी नेकपा (मसाल) उर्फ राष्ट्रिय जनमोर्चा रहेको छ । जो इन्डो पश्चिमा गठबन्धनमा पनि छ र बक्तब्यमार्फत् भारत तथा अमेरिकाको विरोध पनि गरिरहेको छ । ०७२ को संविधानको रक्षा गर्ने पनि भन्छ, संघीय शासनको विरोध पनि गर्छ । अर्कातिर प्रदेशहरुको राजनीतिमा भाग पनि लिन्छ । सरकार गिराउन र टिकाउन अग्रसर पनि हुन्छ । धर्मनिरपेक्षताको समर्थन पनि गर्छ र धर्म सापेक्षतावादी अर्थात हिन्दू धर्माबलम्बीहरुलार्ई मत पनि हाल्छ । राष्ट्रपतिको निर्वाचनमा मसालले खेलेको भूमिका यसको ताजा उदाहारण हो । जसको सांगठानिक अवस्था नाजुक बन्दै गए पनि सत्ताको समर्थन गर्न छाडेको छैन । अर्कोथरी नेमकिपा छ । जो माक्र्सवाद, लेनिनवाद र माओ विचारधारालार्ई मान्छ । संसदीय निर्वाचनमा भाग लिन्छ तर केन्द्र र प्रदेश सरकारमा जाँदैन । स्थानीय सरकारमाभने सहभागी हुन्छ । सो पार्टीको अन्य कम्युनिष्ट पार्टीहरुसँग कुनै पनि किसिमको एकता र सहकार्यसमेत छैन । अन्तर्राष्ट्रियरुपमा चीन र उत्तर कोरियासँग निकट रहेको देखिएको छ । अर्कोथरी लोकनारायण सुवेदी नेतृत्वको नेकपा रहेको छ । सो पार्टी सैद्धान्तिकरुपमा मालेमावादलार्ई मान्दछ । तर, उसको निकटता अन्य कम्युनिष्ट पार्टीहरुसँग कमै छ । कतिपय खास–खास विषयमा पूर्वमाओवादीका घटकहरुसँग कार्यगत एकता हुने गरेको देखिएको छ । अर्को नेकपा (माले) छ, उसको भूमिका पनि नेपालको कम्युनिष्ट राजनीतिमा प्रभावकारी हुन सकेको छैन । अर्को एमाले छ, जो आपूmलार्ई वैचारिक कम्युनिष्ट नभएर पपुलिष्ट कम्युनिष्ट मान्दछ । खासमा एमाले नेपाली कांग्रेस र माओवादी केन्द्रजस्तै संसदवादी पार्टी हो । उक्त तीन पार्टीकाबीचमा बेला बेलामा एकता हुन्छ भने बेला बेलामा बिभाजन पनि हुन्छ । पछिल्लो समयमा आएर एमालेका कतिपय नेताहरुले नेपालको कम्युनिष्ट पार्टीको आपूmनै मूलधार भएको दाबी पनि गर्ने गरेका छन्् । हालै मात्र कैलाली पुग्नुभएका एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सबै वामपन्थी घटकहरुलार्ई एमालेभित्र गोलबद्ध हुन अपिल गर्नुभएको थियो । मंसिर ४ को लोकप्रिय मतलार्ई हेर्दा एमाले सबैभन्दा अगाडि रहेको देखिएको थियो । यस्तो अवस्थामा माओवादी केन्द्रको ‘शक्तिशाली कम्युनिष्ट पार्टी’ बनाउने र ‘समाजवादी मोर्चा’बनाउने कुरा आफैँमा हास्यास्पद रहेको छ । नेपालमा यतिबेलाको मुख्य समस्या भनेको विदेशी हस्तक्षेप हो । जुन समस्याले नेपाललार्ई चौतर्फीरुपमा कमजोर बनाएको छ । कम्युनिष्टहरुलार्ई छिन्नभिन्न पारेको छ र नेपालको राष्ट्रिय अखण्डतालार्ई नै धरापमा पारेको छ । त्यसैले विदेशी हस्तक्षेपका विरुद्ध जुझेर राष्ट्रिय अस्मितालार्ई जोगाउने भूमिका जसले निर्वाह गर्न सक्तछ, उहीनै नेपालको शक्तिशाली कम्युनिष्ट पार्टी हुन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु