माओवादी जनयुद्ध – उत्कर्ष, अवतरण र पुनर्गठन

२०७९ चैत्र ६ गते, सोमबार

दीर्घप्रसाद पाण्डे

के हो माक्र्सवाद ?

सभ्यताको सुरूदेखि समाजमा शोषक, उत्पीडक र उत्पीडितहरू देखा परे । जन्म, पुनर्जन्म, भाग्य, आदि बकवासहरू सुरू भए । धर्म, सदाचार, परोपकारी उपदेश दिने एउटा पाखण्ड पुरेत वर्र्ग, एक शासक वर्र्ग र एक सर्वसाधारण वर्र्गको जन्म भयो । न्याय, विवेक, नैतिकता जस्ता अमूर्त वकवासद्वारा समाजमा वर्गीय संरचनाहरू निर्माण भए । वर्गीय समाजमा सधैँ वर्र्ग संघर्षहरू चलिरहे । दास र घरानिया मालिक, सर्वसाधारण प्रजा, भूदास र सामन्त, संक्षेपमा उत्पीडित र उत्पीडक एक अर्काको विरोधी थिए । यी उत्पीडक र उत्पीडित बीच संघर्ष हुँदै आएका थिए । यस्तो लडाईंले हरेक पल्ट कि त पुरै समाजको क्रान्तिकारी पुनर्गठन हुन्थ्यो कि त संघर्ष गरिरहेका वर्र्गहरूको पूर्ण विनाशद्वारा नै समाप्त हुन्थ्यो । त्यसैले अहिलेसम्म अस्तित्वमा रहेका सबै समाजको इतिहास वर्र्गसंघर्षको इतिहास हो भनेर माक्र्सले भनेका थिए । उत्पीडितहरूले संघर्ष गरेर समाजको परिवर्तन गरे तापनि सत्ता पुनरुत्पीडक वर्र्ग भित्र नै एकको हातबाट अर्काको हातमा जान्थ्यो । समाजको परिवर्तन दर्शन, वैज्ञानिक समाजवाद र अर्थराजनीतिमा खोज्ने काम माक्र्सले गरे ।

दर्शनको क्षेत्रमा हेगेलले विश्वका सबै घटनाहरूलार्ई द्वन्द्ववादी तरिकाले हेर्थे । कुनै पनि घटनालार्ई यसको उत्पत्ति, विकास र अन्तको प्रक्रियामा अध्ययन गर्ने, प्रकृति र समाज दुबैमा रहेको अन्तरद्वन्द्वलार्ई पत्ता लगाउन कोसिस गरे तापनि यसलार्ई चलाउने कुनै अदृश्य शक्ति छ भनेकाले उनको दर्शन आध्यात्मवादी नै रहेको थियो । अर्का दार्शनिक फायरबाखले प्रकृति स्वयम्भू हो त भने तर समाजलार्ई चलाउने कुनै शक्ति छ भन्न पुगे । पुँजीवादी अर्थशास्त्रीहरूले पुँजीवाद अनन्त छ भनेका थिए । माक्र्सले दर्शनलार्ई धर्मबाट अलग गरेर भौतिकवादी दर्शनको सृजना गरे । भौतिकवादलार्ई इतिहास र द्वन्द्ववादसँग जोडेर दर्शनको क्षेत्रमा ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद एक नयाँ दर्शन तयार गरे । अहिलेसम्म कल्पनामा रहेका समाजवादलार्ई वैज्ञानिक समाजवादमा बदल्ने काम गरे । पुँजीवादी अर्थशास्त्रीहरूले पुँजीवादलार्ई अविनाशी अनन्तकालीन छ भन्ने व्याख्या गरेका थिए । माक्र्सले भने, “पुँजीवाद अविनाशी छैन, पुँजीवाद आफैँले आफ्नो अन्तका लागि सर्वहाराहरू जन्माइरहेको छ । यिनै सर्वहारा नै पुँजीवादको अन्तको कारण बन्नेछन््् । सबभन्दा पछि पारिएका सचेत सर्वहारा वर्र्ग मजदुर वर्र्गले वर्र्ग संघर्षद्वारा राज्यसत्ता आफ्नो हातमा लिएर आफ्नो साथै समग्र मानव जातिलार्ई सबै प्रकारका उत्पीडनबाट मुक्त पार्नेछन््् ।”

माक्र्सले संघर्ष र क्रान्तिमा सिद्धान्त र प्रगतिशील दर्शनको भूमिका हुन्छ भन्ने पत्ता लगाए । आलोचनाको हतियारले हतियारको आलोचनालार्ई बदल्न सक्दैन, भौतिक शक्तिलार्ई भौतिक शक्तिले मात्र हटाउन सक्दछ भनेर सशस्त्र क्रान्तिमा जोड दिए । अर्कातर्फ सिद्धान्त पनि भौतिक शक्तिमा बदलिन सक्छ जब यसले जनसमूहलार्ई बसमा पार्न सक्दछ भनी सिद्धान्तलार्ई पनि हतियारमा गणना गरे । सिद्धान्तले त्यसै अवस्थामा मात्र जनसमुदायलार्ई बसमा पार्नसक्छ जब यसले उनीहरूको अति आवश्यक आधारभूत हितको संरक्षण गर्न सक्दछ । यसरी माक्र्सले सबै प्रकारका उत्पीडनबाट मुक्त हुन सर्वहारा वर्र्ग भौतिकवादी हुनुपर्छ, वर्र्ग संघर्षमा अघि बढ्नु पर्छ, सशस्त्र युद्ध लड्न तयार हुनुपर्छ र राज्यसत्ताको उद्देश्यबाट अघि बढ्नु पर्छ भन्ने कुराहरू पत्ता लगाए । यही नै माक्र्सवाद हो । यसै सिद्धान्तलार्ई विश्वभरका सर्वहाराहरूले आ–आफ्नो देशको परिस्थिति अनुसार लागू गर्ने हो ।

के हो लेनिनवाद ?

माक्र्सवादलार्ई सफल प्रयोग गर्ने क्रममा पार्टी सङ्गठनमा जनवादी केन्द्रीयता, कुनै एक देशमा पनि क्रान्ति सम्पन्न हुन सक्छ भन्ने मान्यता, अवसरवाद र संशोधनवादका विरुद्ध कठोर संघर्ष, नयाँ किसिमको सर्वहारा पार्टी गठनका लागि प्रयास, नयाँ युगको अवस्थामा कार्ल माक्र्स र एङ्गेल्सको शिक्षाको सृजनात्मक प्रयोग र विकास, यी सब कुराहरूले माक्र्सवादको विकासमा रूस र अन्तर्रास्ट्रिय मजदुर आन्दोलनमा लेनिनवादी अध्यायको सुरूवात यही नै लेनिनवाद हो ।

के हो माओवाद ?

जुन देश साम्राज्यवादीको उत्पीडनमा परेको हुँदैन, जहाँ किसान मजदुरहरूले संगठन गर्न र हडताल गर्न पाएका हुन्छन््, जहाँ संसद हुन्छ, संसदमा जनताका मागहरू राख्न सकिन्छ, त्यस्ता देशहरूमा दीर्घकालीन कानुनी लडाइँ लड्न सकिन्छ । यस्ता देशहरूमा अल्पकालीन विद्रोह मार्फत् पहिला सहर र त्यसपछि गाउँ कब्जा गर्ने कार्यनीति अपनाउन सकिन्छ, जसरी रूसमा लेनिनले क्रान्ति सम्पन्न गरेका थिए । अर्धसामन्त र अर्धऔपनिवेशिक देशहरूमा यो कार्यनीतिले क्रान्ति सम्पन्न हुँदैन । अधिकाङ्श मानिसहरू गाउँमा बस्ने, कलकारखानको विकास नभएको, मजदुरको संख्या न्यून भएका देशहरूमा लडाइँको स्वरूप दीर्घकालीन हुन्छ, संगठनको स्वरूप जनसेना समेतको हुन्छ, युद्ध हतियारवद्ध हुन्छ, शत्रुको सानो एकाइलार्ई जित्दै, शक्ति बढाउँदै क्रमशः गाउँमा स्थानीय सत्ता स्थापना गर्दै गाउँले सहर घेर्ने दीर्घकालीन जनयुद्धको माध्यमद्वारा केन्द्रीय सत्ता कब्जा गर्नु पर्दछ भन्ने सिद्धान्त माओले ल्याए, यही नै माओवाद हो । क्रान्तिपछि प्रतिक्रान्ति रोक्न निरन्तर क्रान्तिको नीति पनि माओले प्रतिपादन गरे । यही माक्र्सवाद लेनिनवाद माओवाद नै आजको माक्र्सवाद हो । कम्युनिस्ट पार्टीले यो सिद्धान्त ग्रहण गर्दा क्रान्ति अघि बढ्ने र संशोधनवादी सिद्धान्त ग्रहण गर्दा क्रान्तिले धक्का खाने, फेरि गठन, पुनर्गठनद्वारा क्रान्ति अघि बढ्ने यही गोलचक्करमा नेपालको कम्युनिस्ट आन्दोलन विगत ७२ वर्षदेखि चलिरहेको छ । नेपाल कम्युनिस्ट पार्टी गठन गर्दा क. पुष्पलालले प्रकाशित गरेको पर्चामा बालसुलभ कमीकमजोरी देखिए तापनि यो पर्चाको लाइन क्रान्तिकारी मानिन्छ ।

पहिलो क्रान्तिकारी सिद्धान्तः पहिले सामन्ती व्यवस्थालार्ई चकनाचुर पार, विदेशी साम्राज्यवाद र भारतीय विस्तारवादको प्रभाव र घेराबाट अलग होऊ, किसान मजदूरको शासन खडा गर, यस शासनमा धनी साम्राज्यवादका दलालबाहेक सबै शोषित जनतालार्ई हिस्सा देऊ, सोभियत रूस दक्षिणपूर्वी युरोपका नवप्रजातन्त्र र आजाद चीनसँग राजनैतिक सम्बन्ध खडा गर, समाजवादको लक्ष्य राखी शासन चलाऊ । नवप्रजातन्त्र जिन्दावाद । यसकै आधारमा किसान आन्दोलनहरू भए । आन्दोलनकै क्रममा पार्टी देशव्यापी पनि भयो । जब तुलसीलाल श्रेष्ठ, डी.बी. अधिकारी, मनमोहन अधिकारी, बालकृष्ण शर्माहरू काँग्रेस छाडी कम्युनिस्ट पार्टीमा आए किसान आन्दोलन पनि रोकिए, पार्टीमाथि प्रतिबन्ध लाग्यो । प्रथम राष्ट्रिय सम्मेलनद्वारा पार्टीलार्ई संशोधनवादी विधानवादी पार्टीमा परिणत गरियो । २०१० सालमा भीमदत्त पन्तले चलाएको किसान आन्दोलनलार्ई कम्युनिस्ट पार्टीको बदनाम गर्न गरेको हरकत भनेर तत्कालीन महामन्त्री मनमोहन अधिकारीले पार्टीको नामबाट विज्ञप्ति नै निकाले । राजालार्ई बिन्तीपत्र लेखेर पार्टीमाथिको प्रतिबन्ध फुकुवा गरेपछि पार्टी पुरै वैधानिक पार्टी बन्यो । यसरी पहिलो क्रान्तिकारी लाइनको समूल नष्ट भयो ।

देशमा पञ्चायती व्यवस्था सुरू भएपछि पार्टीको लाइन निर्माण गर्न २०१७ सालमा भारतको दरभङ्गामा भएको ७२ दिन लामो विस्तारित बैठकले पनि कुनै क्रान्तिकारी लाइन पास गर्न सकेन । त्यत्रो महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्रको लाइन पास भएपछि क्रान्तिकारी लाइनको विसर्जन भयो ।

क्रान्तिकारी लाइन गठनको प्रयास ः क्रान्तिकारी पार्टीको पुनर्गठन आवश्यक थियो । २०२५ सालमा माक्र्सवाद–लेनिनवाद–माओ विचारधारा, नयाँ जनवादलार्ई आधार बनाएर राष्ट्रिय सम्मेलनद्वारा क. पुष्पलालले पार्टी पुनर्गठन गरे । विघटित संसदको पुनस्र्थापना तत्कालीन कार्यनीति बनाएकाले यसले पनि गति लिन सकेन । यो दीर्घकालीन जनयुद्धको लाइनले पनि ठीक बाटो पक्रन सकेन ।

दोस्रो क्रान्तिकारी लाइनको प्रयास ः २०२८ सालमा झापा कोअर्डिनेशन कमिटी र केन्द्रीय न्यूक्लियस नामका भिन्न–भिन्न लाइन र विचारधाराका दुई वटा कम्युनिस्ट समूहहरू देखा परे । अहिलेसम्म यी दुई समूहबाट टुटफुट भएर बनेका विभिन्न रूपरङ्गका कम्युनिस्ट पार्टी नै नेपालको राजनीतिक मञ्चमा क्रियाशील छन्् ।

केन्द्रीय न्यूक्लियसको चौथो महाधिवेशनको लाइन ः कम्युनिस्ट पार्टी विघटनको अवस्थामा पुगेको समयमा केन्द्रीय न्यूक्लियसको गठन गर्नु सकारात्मक भए तापनि केन्द्रीय न्यूक्लियस चौथो महाधिवेशनले पार्टीको नीति कार्यक्रम क्रान्तिकारी बनाउन सकेन । केन्द्रीय न्यूक्लियसको चौथो महाधिवेशन २०३१ भदौ ३० देखि असोज ७ गतेसम्म भएको थियो । यस महाधिवेशनमा पार्टी र पार्टीका तत्कालीन समस्याहरू नामक दस्तावेज मोहनविक्रमबाट पेस भएको थियो । पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओ विचारधारा बताइएको थियो । राजनैतिक नारा देशभक्त र जनगणतान्त्रिक शक्तिहरूको सरकारको थियो । क. पुष्पलालले विघटित संसदको पुनस्र्थापनालार्ई तत्कालीन नारा बनाएका थिए । काँग्रेसी शासन र संसदीय प्रणालीको स्थापना भएर जनताका तत्कालीन समस्याहरूको समाधान हुन सक्दैन । राजाको निरङ्कुुश शासन र उसको पञ्चायती प्रणालीको अन्त भएर देशभक्त जनतान्त्रिक शक्तिहरूको सरकार स्थापना हुनुपर्दछ । यो सरकारले जनताका तत्कालीन न्यूनतम कार्यक्रम पूरा गर्नेछ, जनतालार्ई पूर्ण राजनीतिक स्वतन्त्रता प्रदान गर्नेछ, संविधानसभाको चुनाव गर्नेछ र त्यसअनुसार बनेको सरकारलार्ई आफ्नो जिम्मेवारी सुम्पनेछ । यो हाम्रो कार्यनीति हो । आजको हाम्रो रणनीति कम्युनिस्ट पार्टीको नेतृत्व, जनताको अधिनायकत्व, किसान मजदुरहरूको एकताको आधारमा जनवादी गणतन्त्र स्थापना हो । यो कार्यक्रम के कम्युनिस्ट पार्टीको हुन सक्छ ? टेक, बाघे ओडार जस्ता काल्पनिक कुराहरू गरेर भ्रम पार्नु, महासचिवले टेकको काम गर्ने हुँदा केन्द्रीय समितिका साथीहरूले समेत महासचिवको डेरा थाहा पाउन आवश्यक छैन भन्दै यौनिक राशलीला गर्ने महासचिवलार्ई कारवाही गरेपछि निर्मल लामा, भक्तबहादुर श्रेष्ठ, चित्रबहादुर के.सी.हरू महामन्त्री भए तर उनीहरूले पार्टी लाइनमा कुनै फेरबदल गरेनन् । निर्मल लामाको छुट्टै विकासवादी लाइन थियो । सबै प्रतिक्रियावादी चुनावलार्ई उपयोग गर्नुपर्छ, जनआन्दोलनद्वारा जनतालार्ई प्रशिक्षित गर्नुपर्छ, पञ्चायतका विरुद्ध जनता विद्रोह गर्न सडकमा आएपछि कम्युनिस्ट पार्टीले त्यसको नेतृत्व गरेर क्रान्ति सफल गराउनु पर्छ । उनी यही लाइनमा जीवनभर अडिग रहे ।

झापा कोअर्डिनेशन कमिटीदेखि अखिल नेपाल कोअर्डिनेशन कमिटि (माले) ले निर्माण गरेको क्रान्तिकारी लाइनः झापा कोर्डिनेशन कमिटिले संगठन निर्माण, प्रयोग र विकासलार्ई सँगसँगै अघि बढाउने नीति बनाएको थियो । उनीहरूमा धेरै अष्पष्टताहरू थिए तर नियतमा कुनै खोट थिएन । यिनीहरूमा आत्मउत्सर्गको उच्च भावना, बलिदानको स्पिरिट थियो । चार पाँच सशस्त्र जनकार्बाही पनि गरे, केही सामन्तहरूको हत्या पनि गरे । सरकार पनि उग्र रूपमा जाइलाग्यो । रामनाथ दाहाल, नेत्र धिमिरे, कृष्ण कुइँकेल, बिरेन राजवंसी, नारायण श्रेष्ठ, आदि होनहार युवाहरूलार्ई २०२९ फाल्गुण २१ गते सुखानीको जङ्गलमा राति गोलि हानी तत्कालीन सरकारले हत्या ग¥यो । पछि चन्द्र डाँगीको पनि हत्या भयो । २०० जना जति गिरफ्तार भए, करिब ५०० जनालार्ई पक्राउ पूर्जी जारी भयो । मसालले सरकारलार्ई फाइदा हुने गरी यस घटनाको सधैँ विरोध गरिरह्यो । मसालले सबैखाले साम्राज्यवाद, भारतीय विस्तारवाद, घरेलु सामन्तवाद र नेपाली काँग्रेसलार्ई पनि समान दुश्मन घोषणा गरेको थियो । यी सबै शक्तिहरूलार्ई जित्ने आत्मगत अवस्था नभएसम्म क्रान्ति गर्नु, अस्त्र उठाउनु उग्रवामपन्थी भड्काब हुन्थ्यो त्यसैले गर्दा सर्वहारावादी श्रमिक सङ्गठनले गरेको जुगेडी काण्ड, खनीयाबास काण्ड, पूर्तीघाट बैंक काण्ड लगायत झापालीहरूले गरेका सबै जनकार्बाहीको कडा विरोध गरेको थियो । अकर्मण्यता किंकर्तव्यबिमूढता, उदासीनता, क्रान्तिप्रति अविश्वास, आदि निन्न बुर्जुवाहरूमा देखा पर्ने रोग हुन् । चौमको मसाल यो रोगबाट पीडित भएको पाइन्छ ।

दृढ स्वभाव भएका व्यक्ति वा समूहले एक पटक क्रान्तिको बाटोमा पाइला टेकिसकेपछि पराजयबाट समेत नयाँ शक्ति आर्जन गर्छन् भन्ने माक्र्सको भनाईलार्ई झापाका क्रान्तिकारी युवाहरूले चरितार्थ गरिछाडे । गिरफ्तारीबाट बचेका केही युवा र जेलब्रेक गरेर बाहिर आएका युवाहरूको प्रयासले २०३५ सालसम्म आइपुग्दा देशका अन्य क्षेत्रमा रहेका कम्युनिस्ट क्रान्तिकारीहरूसँग सम्पर्क गरी पार्टीलार्ई ६ अञ्चल र धेरै जिल्लामा विस्तार गरे । २०३५ साल पुस ११–१७ मा भएको प्रथम सम्मेलनले विधिवत अखिल नेपाल कोर्डिनेशन कमिटी (माले) गठन गरे ।

नेपालकै इतिहासमा सबभन्दा क्रान्तिकारी लाइन पास गर्न यो सम्मेलन सफल भयो । पार्टीको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओ विचारधारा बनायो । युद्धको स्वरूप दीर्घकालीन जनयुद्ध हुने, शान्तिपूर्ण संसदीय बाटो होइन, इलाकाका आधारमा सत्ता कब्जा गर्ने सशस्त्र संघर्षको बाटो लिएर मात्र नेपाली क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्यो । यो बाटोमा किसानहरूलार्ई जागृत, संगठित गर्दै गुरिल्ला युद्ध चलाउने, जनसेना निर्माण गर्ने, गाउँमा आधार इलाका बनाउने, गाउँले सहरलार्ई घेर्ने, तिनलार्ई कब्जा गर्दै राष्ट्रव्यापी विजय प्राप्त गर्ने दीर्घकालीन जनयुद्धको बाटो नै नेपाली क्रान्तिको बाटो किटान ग¥यो । नेपाली क्रान्तिको पहिचान गर्दै नौेलो जनवाद, समाजवाद र साम्यवाद गरी क्रान्तिको चरण पनि विभाजन ग¥यो । त्यसैले गर्दा साम्राज्यवाद, विस्तारवाद, सामान्तवाद र नोकरशाही दलाल–पुँजीवादसँग नेपाली जनताको अन्तरविरोध किटान ग¥यो । झापा विद्रोहले विकास गरेर यस्तो लाइन पास गर्दासम्म पनि मोहनविक्रम सिंहले झापाली उग्रवादीको खण्डनका नाममा पुस्तकहरू निकाल्न छाडेनन् यस्ता पुस्तक चार खण्डमा निक्लिरहे । अखिल नेपाल कोर्डिनेशन कमिटि (माले)को चौथो महाधिवेशनले पूरा दिशा बदलेर संशोधनवादी लाइन–जनताको बहुदलीय जनवाद पास ग¥यो । पछि अन्य दक्षिणपन्थी समूहहरूसँग एकता गरी नेकपा (एमाले) बन्न पुग्यो र काँग्रेसकै नीतिकार्यक्रमको काँग्रेसको विकल्पको पार्टीमा अझै स्थापित छ ।

लाइन ठीक भए सबै ठीक हुने हो, लाइन नै सारसङ्ग्रहवादी भएकाले मसालमा संख्यामा विकास भए पनि काममा विकास भएन बरू व्यक्ति–व्यक्ति बीच झगडा सुरू भयो । महासचिव मोहनविक्रम यौनकाण्डका कारण कारवाहीमा परे, निर्मल लामा महासचिव भएपछि आफ्नै लाइन प्रयोग गर्न खोज्दा निष्काशनमा परे । त्यसपछि भक्तबहादुर महासचिव भए, उनी गिरफ्तार भए । लामाले पार्टी फोडी अर्को पार्टी बनाए । चौथो महाधिवेशनको मसाल पार्टी अल्पमतमा परेर विघटन हुन पुग्यो । चित्रबहादुरको नेतृत्वमा मसालको पुनर्गठन भयो । पार्टीभित्र यति धेरै घटना हुँदै पार्टी टुटफुट–गठन–पुनर्गठन हुँदा पनि लाइनका बारेमा केन्द्रमा कुनै बहस भएनन् । लाइनका बारेमा कुरा उठाउने दाङ्ग जिल्ला समिति र केन्द्रमा कुरा उठाउने ऋषि देवकोटा ‘आजाद’लार्ई केन्द्रीय समितिले कार्वाही गरी पार्टीबाट निष्काशन ग¥यो । चौथो महाधिवेशनका मानिसहरू मध्ये मोहनविक्रम, चित्रबहादुर र मोहन वैद्यमात्र अझै सकृय राजनीतिमा छन्् र अझै सबभन्दा क्रान्तिकारी लाइनमा आपूmहरू रहेको बताउँदै छन्् ।

चित्रबहादुरको नेतृत्वको मसालको पाँचौँ महाधिवेशन लाइनको रूपमा होइन व्यक्ति–व्यक्ति बीचको टकरावको रणभूमि बन्यो । महाधिवेशनको दस्तावेज नै महासचिवले पेस गर्दा आफ्नो पक्षको विरोध गर्नेलार्ई मध्यपन्थी आरोप लगाएका थिए भने अर्का पक्षले यौन जस्ता कुरा उठाएर दस्तावेज पेस गर्ने पक्षलार्ई व्यक्तिवादी आरोप लगाउँदै खण्डन गरेका थिए । महाधिवेशनमा व्यक्तिगत झगडा बढी र नीतिगत बहस कम भएकाले पार्टीबाट मोहनविक्रमलार्ई कारवाही गर्दै बहुमतको आधारमा मोहन वैद्यलार्ई महासचिव चयन गरी पाँचौ महाधिवेशनको समापन भएको थियो । पार्टीको लाइन सत्ता जनतामा हस्तान्तरण गर भन्ने अमूर्त राजनैतिक नारा चित्रबहादुरले पेस गरेका थिए, सोही पास भयो । यस्तो पार्टीले विकास गर्ने आशा गर्न सकिंदैनथ्यो । चाँडै नै अल्पमत पक्ष चित्रबहादुर पक्षले पार्टी फोडी छुट्टै पार्टी गठन गरे । बहुमत पक्ष मोहन वैद्यको पार्टीलार्ई मोटो मशाल र मोहनविक्रमको अल्पमतको पार्टीलार्ई पातलो मसाल भनियो र एउटै नामका, एउटै नीतिकार्यक्रमका दुई पार्टी भए । मोहनविक्रम सिंहको मसाल पाँचौ महाधिवेशनकै लाइनमा अझसम्म अघि बढिरहेको छ भने वैद्यको नेतृत्वको मशालले मशाल, एकता केन्द्र, माओवादी हुँदै दस वर्षे जनयुद्ध गर्ने स्थितिमा पुग्यो ।

बहुमत पक्षले २०४३ सालमा हुन गइरहेको राष्ट्रिय पञ्चायतको चुनाव बहिस्कार गर्ने नीति बनाएको थियो । बहुमतपक्ष सिद्धान्तमा कमजोर भए पनि त्यहाँ जोस जाँगर भएका युवाहरू थिए । पञ्चायतको चुनाव सधैँ बहिस्कार भनिदै आएको थियो । पार्टीको बहिस्कारको कुनै प्रभाव कहिल्यै देखिँदैन थियो । युवा जोस, जाँगर प्रयोग गरी केही युवाहरूले काठमाडौँमा रहेका पाँच–छ प्रहरी बिटहरु आक्रमण गरी ध्वस्त पारिदिए । यो सेक्टर काण्डका नाममा इतिहासमा दर्ता छ । अहिलेसम्म क्रान्तिको गफमा रमाएको पार्टीमा यस घटनाले आतङ्क सृजना भयो । युद्धबाटै युद्ध सिक्ने हो, युद्ध गायत्री मन्त्र पढे जस्तो शुद्ध हुँदैन । लाखौ हारबाट जीत हासिल गर्ने सिद्धान्त लिने तर एउटै घटनामा आतङ्कित हुनु ठूलो कमजोरी देखिन्छ । त्यसपछि भएको केन्द्रीय समितिको बैठकमा तर्क–कुतर्कहरू भए । सेक्टर काण्ड गर्नु उग्रवामपन्थी गल्ती हो भनियो । केन्द्रीय समितिले सेक्टर काण्डमा सहभागी कमरेडहरूलार्ई कारवाही ग¥यो । महासचिवले पनि नैतिक जिम्मेवारी भन्दै महासचिव पद छाडिदिए । पाँचौ महाधिवेशनले निर्वाचित गरेको महासचिवले छाडेपछि महासचिव चयनका लागि विस्तारित बैठक वा राष्ट्रिय सम्मेलनसम्मको आवश्यकता महसुस गरिएन । महासचिव पद छाडेका किरणले महाधिवेशनबाट पोलिटब्युरोमा चयन भएका समकालीन चन्द्रप्रकास गजुरेललार्ई छाडेर कनिष्ट सदस्य प्रचण्डलार्ई महासचिवमा प्रस्ताव गरे र सो प्रस्ताव पास पनि भयो । यसरी प्रचण्ड महासचिव बन्न पुगे ।

मालेले २०३५ सालमा क्रान्तिकारी लाइन पास गरे तापनि माछाले पानीमा पूmल पारेर छाडे जसरी छाडेको थियो । मालेले चौथो महाधिवेशन गरी जनताको बहुदलीय जनवाद पास गरेपछि माले संसदीय खेलमा लागेको थियो । मोहनविक्रमको आफ्नै चाल थियो । किरणले क्रान्तिका कुरा गरे पनि व्यवहारमा लान खुट्टा कमाउँदै आएका थिए । क्रान्तिकारी लाइनमा कुनै पार्टी नै थिएनन् भन्दा हुन्थ्यो । अकर्मण्यतामा फँसेको नेपाल कम्युनिस्ट पार्टी मशालमा प्रचण्डको सकृयताले राम्रै उर्जा पायो । उनलार्ई दुई लाइन संघर्षबाट गुज्रन परेन । महासचिव भएको दुई तीन वर्षमा जनआन्दोलन सुरू भयो । जनआन्दोलनबाट शक्ति आर्जन गर्न राम्रै मेहनत गरे । वाममोर्चामा जान नचाहनेहरूलार्ई समेटेर संयुक्त राष्ट्रिय जनआन्दोलन समिति गठन गर्न कोसिस गरे र सफल भए । नेकपा मशालको सानो शक्तिलार्ई आफ्नो नेतृत्वमा अन्य समूहसँग एकता गरेर एकता केन्द्र गठन गरे । संसदीय चुनावको उपयोग गर्ने नीति बनाए । मसालले चुनाव बहिस्कारको नीति लियो, मसालमा भएका संसदवादीहरू पनि हरिबोल गजुरेलको नेतृत्वमा एकता केन्द्रमा आए । संयुक्त राष्ट्रिय जनआन्दोलन समितिको संयोजकमा मसालको प्रतिनिधि डा. बाबुराम भट्टराई बन्न पुगेका थिए । उनी मसालको जिल्ला समितिको हैसियतका व्यक्ति थिए । मसालले केन्द्रीय स्तरको नेतालार्ई नपठाएर आन्दोलनलार्ई खेलाँची गरेको थियो । हरिबोल गजुरेलको नेतृत्वमा एकता केन्द्रमा आउँदा बाबुराम केन्द्रीय नेता भएर आए । चुनावी मोर्चा संयुक्त जनमोर्चा गठन हँुदा पहिलाको संयुक्त राष्ट्रिय जनआन्दोलन समितिको संयोजक भएको नाताले संयुक्त जनमोर्चाको नेतृत्वमा दाबी गरेर जनमोर्चाको संयोजक बन्न पुगे । यसरी बाबुराम पनि भूईफुट्टा तरिकाले नेता बन्न पुगे । एकता महाधिवेशन गरी बहुमतको आधारमा पूर्व मालेको लाइन जनयुद्धको लाइन पास गर्न सफल भए । जनयुद्धमा जान नमान्नेहरूलार्ई पार्टीबाट निष्काशन गरी पार्टीको नाम नेकपा (माओवादी) बनाए । चार तयारी गर्दै पार्टीलार्ई जनयुद्धमा होमे । सही मूल्याङ्कन गर्ने हो भने प्रचण्ड नभएको भए जनयुद्ध हुने पनि थिएन, गणतन्त्र आउने पनि थिएन, यो सही हो । सबभन्दा दुर्भाग्य यो बन्न पुग्यो कि प्रचण्डको खराब पक्षको आलोचना गर्ने मानिस नै पार्टीमा भएनन् । दोस्रो वरियता क्रममा बाबुराम पुग्नु क्रान्तिका लागि ठूलो श्राप भयो । कुनै लाइन नभएको भारतको पिठ्ठू बाबुरामको लोकतन्त्रको नाराले सधैँ किचलो भइरह्यो ।

माओवादी जनयुद्ध क्रान्तिकारी लाइनका भरमा भएको थियो । क्रान्तिका बेला संगठनको स्वरूप सेना र क्रान्तिको स्वरूप सशस्त्र हुने भएकाले लाखौ जनसमूहबाट मानिसहरू आए पनि सिद्धान्त भन्दा प्राविधिक क्रान्तिमा जोड दिने भएकाले क्रान्तिको बेला सिद्धान्तमा कम र अस्त्रमा बढी बल हुने नै भयो । एक्काइसौं शताब्दीमा विश्वलार्ई चकित पार्दै क्रान्ति अघि बढ्यो । जनयुद्धको सौन्दर्यले विश्व साहित्यमा बताएको भन्दा पनि उचाई लिइरहेको थियो । जसरी मालेले क्रान्तिकारी लाइन पास गरी अलपत्र छाडेर संसदीय बाटोमा गएको थियो । अब संसदीय बाटोमा लाग्दा व्यक्तिगत भलार्ई हुन्छ भन्ने ग्रन्थी प्रचण्ड–बाबुराममा पलाएको थियो । बाबुराम बाहिर प्रचारमा थिए । प्रचण्ड भन्ने को हो ? जनमानस लार्ई थाहा थिएन । संसदीय फाँटमा पपुरालिटीको बढी महत्व हुन्छ, प्रचण्डलार्ई पपुरालिटीको रोगले समात्यो । सबभन्दा पहिला २०५५ सालमा पार्टीको विस्तारित बैठक गरी नेतृत्व स्थापित गर्ने नाममा आफ्नो फोटो प्रचार गरेर प्रचण्डले संसदीय फाँटमा खुट्टा राख्न सुरू गरेका थिए । २०५७ सालमा पार्टीको दोस्रो राष्ट्रिय सम्मेलन गरी पूर्व मालेको लाइनबाट पूर्व चौथो महाधिवेशनको लाइन–गोलमेच सम्मेलन, अन्तरिम सरकार, संविधानसभाको निर्वाचनमा अवतरण गराउन सफल भए । माओवादी क्रान्तिको प्रतिक्रान्तिमा परिणत हुने क्रमको सुरूवात यहींबाट भएको थियो ।

जनयुद्ध सुरू गर्दा पार्टीसँग क्रान्तिकारी लाइनबाहेक अरू संगठनात्मक शक्ति र भौतिक शक्ति न्यून थियो । लाइन ठीक भए सबै ठीक हुन्छ भन्ने माओको भनाइ राम्रै लागू भयो । जनयुद्ध सुरू भएको पाँच वर्ष भित्रमा आधार इलाका, जनसेना, जनकम्युनहरू बने । जनसेनाहरूले रगतको मोलमा सेना पुलिसबाट हजारौ हातहतियार खोसे । सेना पुलिसहरूलार्ई निशस्त्र र जनतालार्ई सशस्त्र पार्ने काम भयो । युद्धले युद्ध सिकाउने नियम अनुसार कालीकोटका महिलाहरूले समेत पुलिसका हतियार खोसेर माओवादीलार्ई बुझाए । महिला बन्दीहरूले जेलब्रेक गरेर क्रान्तिमा फर्किए । यस्तो अद्भूत घटना अन्यत्रका क्रान्तिमा पाइँदैन । पार्टीमा क्रान्तिमात्र देख्ने प्रतिक्रान्तिको शंका नै नगर्ने अतिभूतवादी नेतृत्वले जनताको उच्च बलिदानीबाट प्राप्त उपलब्धीलार्ई प्रचण्डको बहादुरीको परिणाममा परिभाषित गर्न पुग्यो र प्रचण्डपथ पास गरी प्रचण्डलार्ई प्राधिकार बनाउन पुग्यो । सामूहिक नेतृत्वको अन्त भएर प्रचण्ड युगको सुरूवात भयो । त्यसपछि सरकारसँग वार्ता र क्रान्ति सँगसँगै चल्दै गए । जातीय सङ्गठनहरू बन्न सुरू भयो र जातीय राज्यको अवधारणा आयो । प्रचण्डले चाँडै नै क्रान्तिलार्ई टुङ्ग्याउन चाहन्थे । पार्टीमा प्रचण्डले ईश्वरीय शक्ति आर्जन गरेका थिए । भारतीय विस्तारवादको मतियार बाबुरामले जनयुद्धलार्ई भारतको सहायतामा लोकतान्त्रिक गणतन्त्रमा अवतरण गराउन चाहन्थे । प्रचण्डले बरू राजासँग मिलेर लोकतन्त्रवादी संसदीय दलहरूलार्ई पाखा पारी सत्ता प्राप्त गर्न चाहन्थे । दोस्रो राष्ट्रिय सम्मेलनपछि जनसेना, जनसमूहहरू जनगणतन्त्रको लक्ष्य राखी अघि बढिरहेका थिए भने मुख्य नेतृत्व भारतसँग मिल्ने कि राजासँग मिल्ने भन्ने झगडामा थियो । यसले गर्दा दोस्रो राष्ट्रिय सम्मेलनपछि धेरै जनधनको क्षति भयो । अन्तरविरोधमा खेलेर भारतले भारतमा सेल्टर लिएर बसेका प्रचण्ड लगायतका नेताहरूमाथि निगरानी बढाएपछि प्रचण्ड स्वदेश फर्के । सरकारलार्ई दबाव दिएर वार्ता गर्न बाध्य पार्न प्रचण्ड स्वयम् आफैँ खारा आक्रमणमा सरिक भए । सबभन्दा धेरै क्षति यस आक्रमणमा भयो । प्रचण्डले राजालार्ई सिंहानुक बनाएर संसदीय दलहरूलार्ई पाखा लगाई सत्ता हातपार्न चाहन्थे । एक किसिमले सफल हुँदै गएका पनि थिए । राजा बिरेन्द्रको वंश नासपछि यो सम्भावना सकियो । राजासँग मिल्नका लागि भारत परस्त बाबुरामलार्ई कारवाही गरेर भारतसँग लड्न भन्दै सुरूङ्ग युद्धका नाममा सुरुङहरु पनि खनाएका थिए । एकातर्फ खारा आक्रमणबाट प्रचण्ड आतङ्कित थिए भने नयाँ राजा ज्ञानेन्द्रले संसदवादी दलहरू र माओवादीलार्ई एउटै डालोमा राख्ने मूर्खता गरे । अब प्रचण्ड जसरी पनि जनयुद्धलार्ई अवतरण गराउने ध्याउन्नमा थिए । ढुलमुले महत्वकाङ्क्षी निन्नमध्यम वर्गीय चरित्र भएका प्रचण्डको नेतृत्वमा दशौं हजारको बलिदान भएको थियो । हजारौं बेपत्ता थिए, लाखौंले दुःखकष्ट पाएका थिए तापनि गाउँका गाउँ मुक्त भएका थिए । जनसरकाहरू बनेका थिए । युवाहरू हतियारले सुसज्जित भएका थिए । सामन्त, शोषकहरूले गाउँ छाडेका थिए । जातीय विभेदहरू हट्दै गएका थिए । गाउँमा हुने सामाजिक विकृतिहरू–जुवातास, मदिरा सेवनबाट हैरान महिलाहरूले राहत महसुस गरेका थिए । एक्काइसौं शताब्दीको समाजवादी युगको नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले गरेको थियो । माओवादी जनयुद्ध उत्कर्षमा थियो । माओवादी जनयुद्धले जनताका आधारभूत आवश्यकताका बारेमा काम गरेकाले जनमत माओवादी पक्षमा देखा परेको थियो । कुनै तरिकाले माओवादी जनयुद्धलार्ई संसदीय फाँटमा अवतरण गराउन सके संसदीय फाँटमा आफ्नो बर्चश्व कायम गर्न सकिन्छ भन्ने अनुमान प्रचण्डमा थियो । अवतरण गराउन त्यति सजिलो थिएन । राजा ज्ञानेन्द्रले संसदीय दलमाथि आक्रमण गरेपछि संसदवादी दलका नेताहरू प्रचण्डसँग सहकार्यको नारा लिएर पुगे । प्रचण्डले यसलार्ई राम्रै प्रयोग गरे । यति बेलासम्म अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादद्वारा पालित–पोषित घरेलु प्रतिक्रियावाद नेपाली जनताको मुख्य दुश्मन हो भन्दै आएकोमा अमेरिकी साम्राज्यवाद मुख्य दुश्मन किटान गरी भारतलार्ई दुश्मनको घेरा बाहिर पारे । पार्टी केन्द्रीय कमिटी प्रचण्डको मौजा जस्तो थियो, उनले भनेपछि सोही भइहाल्यो ।

भारतपरस्तको आरोपमा माओवादी सैन्य शिविरमा सजाय काटिरहेका बाबुराम र लिन प्याओवादी आरोप लागेका वादलसँग गला मिलाउन पुगे । उनीहरूको मित्रता एक आपसमा भएका तितामिठा कुराहरू सैद्धान्तिक नभएर असमझदारीको कारण हो भन्दै एकले अर्कालार्ई समातेर रूँदा नेताकार्यकर्ताले प्रतिगमनको बाटो हो भन्ने थाहा नै पाएनन् । प्रचण्डलार्ई संशोधनवादी कित्तामा जान बाँदरलार्ई लिस्नो जस्तो नीति कार्यक्रम– गोलमेच सम्मेलन, अन्तरिम सरकार, संविधानसभाको चुनाव दोस्रो राष्ट्रिय सम्मेलनले तयार पारिदिएको थियो । चुनवाङ्ग बैठकमा यसै लिस्नोलार्ई प्रयोग गरी लोकतान्त्रिक गणतन्त्रको बाटो तय गरे । बाबुरामलार्ई भारत पठाएर १२ बुँदे सम्झौता बनाउने काम लगाए । १२ बुँदे सम्झौतामा प्रचण्डको हस्ताक्षर मात्र हो यसका प्राधिकार बाबुराम हुन् । त्यसपछि त ज्ञानेन्द्रलार्ई गलाउन सदरमुकामहरूमा आक्रमण गर्न प्रचण्डलार्ई काँग्रेसले पनि अनुरोध गर्न थालेका थिए । १९ दिने जनआन्दोलनपछि भएको शान्ति सम्झौताबाटै माओवादी जनयुद्ध समाप्त भएको थियो ।

त्यसपछि प्रचण्डको मुखमा सशस्त्र विद्रोह, दिमागमा संसदीय सत्ताको लोभले काम गर्न थाल्यो । त्यस पछिका बैठकमा झिनो स्वरमा प्रचण्डको विरोधमा स्वरहरू आउन थालेका थिए । संविधानसभा मुख्य लक्ष्य भएकाले सबैको ध्यान त्यतै गयो । मुख्य नेतृत्वका लिडरहरू संविधान सभाको चुनावमा नउठेर दोस्रो वा तेस्रो बरियता क्रमका काडरहरूलार्ई उमेद्वार बनाउने र पहिलो बरियताका लिडरहरूले निर्देशन निगरानी राखेर पार्टीले संसदीय फाँटमा भाग लिए पनि पार्टीलार्ई संसदीय फाँटमा जानबाट रोक्ने निर्णय पहिला भएको थियो । जब संविधान सभाको चुनाव हुने भयो प्रचण्ड, बाबुराम, किरण, वादल, गजुरेल सबै उमेदवार बने । पद प्राप्तिका बेला किरण समेत अडिन सकेनन्, भलै बरियताक्रम नमिल्दा पछि संविधानसभा सदस्यबाट पछि हटे । बरू क्रान्तिलार्ई पर्खेर विप्लव लगायतका दोस्रो तहका नेताहरू बसे ।

त्यसपछि भएका बैठकहरूमा प्रचण्डले पेस गर्ने दस्तावेजको विरुद्ध किरणले भिन्न दस्तावेज ल्याउन थाले । प्रचण्डले किरणको दस्तावेजमा सहमति गर्ने र काम आफ्नै ढङ्गले गरिरहे । केन्द्रीय समितिमा प्रचण्ड, किरणको लगभग बराबर संख्यामा सदस्यहरू थिए । पार्टीमा किरणको जनयुद्धको जगमा जनविद्रोह भन्ने लाइन पास भएको थियो । आफ्नो लाइनअनुसार पार्टीलार्ई अघि बढाउनुको सट्टा प्रचण्डलार्ई दबाब दिएर प्रचण्डबाटै क्रान्तिलार्ई अघि बढाउन खोज्दा प्रचण्डले सशस्त्र विद्रोहका लागि जनसागरको आवश्यकता पर्छ भन्दै नारायणकाजी लगायतसँग पार्टी एकता र गुण्डा, भ्रष्ट, दलालपुँजीपति, ठगठेकेदारहरू माओवादीको शक्तिलार्ई उपयोग गरेर कुकृत्य गर्न चाहने ठूलो पङ्तिलार्ई माओवादीमा समावेस गरे । पार्टीभित्र क्रान्तिकारीहरू निरीह हुँदै गए । पार्टीको नीतिअनुसार अघि बढेको भए विजय वा विनाश दुबै सम्भावना हुन्थ्यो तर प्रचण्डलार्ई पाखा पारेपछि क्रान्तिले बाटो लिनेछ भन्ने मनोगतवादमा किरण पक्ष लाग्यो । धोबीघाट भेला गरेर प्रचण्डको ठाउँमा बाबुरामलार्ई प्रधान मन्त्री बनाउँदा सहज हुने विश्लेषण गर्न पुग्यो । तर बाबुराम प्रधानमन्त्री भएपछि किरणहरुलार्ई पाखा लाएर एकलौटी शासन गर्न थाले । प्रचण्ड–बाबुराम मिलेर जनसेनालार्ई सरकारी सेनाले अधीन गरिसकेपछि कि लाचार छाया भएर पार्टीमा बस्नु पर्ने कि विद्रोह गरेर पार्टी पुनर्गठन गर्नु पर्ने वाध्याता क्रान्तिकारी पक्षलार्ई भयो । क्रान्तिकारीहरूले क. किरणको नेतृत्वमा दोस्रो बाटो रोजे । पुनर्गठन गर्दा नीति–कार्यक्रममा व्यापक छलफल गरी नयाँ कार्यदिशा निर्माण गरेर नेतृत्वमा समेत अदल बदल गरेको भए पार्टीले गति लिने थियो । राष्ट्रिय सम्मेलन वा सातौं महाधिवेशन गर्दा पनि पार्टीको नाम बदलेर ड्यास माओवादी बनाउनु भन्दा एमाओवादीको भन्दा फरक कुनै नीति कार्यक्रम आएन । जसरी पहिला मशाल मसाल दुबै एउटै नीति कार्यक्रममा चलेका थिए त्यस्तै ड्यास माओवादी र एमाओवादी पनि हुन पुगे । फुटको साथसाथै उनै प्रचण्डसँगको एकताका कुराहरू आए । दोस्रो संविधान सभाको चुनाव सशक्त बहिस्कार गर्ने नीति बनाए तापनि हुन सकेन । चुनाव सशक्त बहिस्कार गर्न युवाहरूले गरेको प्रयासको पनि आलोचना भयो । चुनाव बहिस्कारको क्रममा रामेछापमा युवाहरूले पुलिससँग खोसेको हतियार पार्टीै नीति विरीत भएकोले क्षमायाचना सहित फिर्ता गरियो । जब युवाहरूको नेतृत्व गर्दै विप्लवले पार्टीमा छुट्टै दस्तावेज पेस गरे, किरणले छलफलसम्म गर्न दिएनन् । यही निहु बनाएर युवाहरू लिएर विप्लवले छुट्टै पार्टी पुनर्गठन गरे । यसरी दुई तीन वर्ष भित्रमा जनयुद्धको माओवादी पार्टी तीन चिरामा विभाजित भयो ।

प्रचण्डको नेतृत्वमा रहेको एमाओवादीले सातौँ महाधिवेशन गरी शान्ति, संविधान र समृद्धिको नारा पास गरेर क्रान्तिकारी नारा पनि छाड्यो । पछि किरणको पार्टीलार्ई अल्पमतमा पार्दै वादल प्रचण्डसँग एकता गर्न पुगे । पार्टीको नाम बदली माओवादी केन्द्र बन्न पुग्यो । पतनको श्रृंखला पार गर्दै एमालेसँग एकाकार भयो र तीन चार वर्षको समय मदन भण्डारीको जनताको बहुदलीय जनवादमा रमायो । हाल काँग्रेससँग सत्ता साझेदारी गर्दै एमसीसी पास गरेर साम्राज्यवादी अमेरिकाको कित्तामा पुगेको छ । विप्लवलार्ई पार्टी भित्र भिन्नमतको दस्तावेज माथि छलफलसम्म गर्न नदिएको ड्यास माओवादीले विप्लवको बहिर्गमन पछि अन्य पार्टीसँग एकताको प्रयास ग¥यो, जसमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) र प्रचण्डको पार्टी थिए । नेकपा (एकीकृत)ले माओवादी जनयुद्धलार्ई ब्लांकीवादी, आतङ्कवादी क्रियाकलाप मान्दथ्यो । जनयुद्धलार्ई स्वीकार गर्ने कुरामा वार्तामा पनि सहमत थिएन । माओवादप्रति पनि बिमति थियो । यति हँुदाहुँदै पनि कुनै सम्मेलन वा विस्तारित बैठकमा समेत पास नगरी वार्ता टोलीका सदस्यहरूले जनयुद्धको बारेमा बहस गर्दै जाने, माओवाद–माओविचारधारा दुबै राख्ने, जनयुद्धको जगमा जनविद्रोह भन्ने राजनैतिक नारालार्ई फेरेर जनविद्रोह मात्र भन्ने, दुबै पार्टीको नाम नराखेर नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) राख्ने शर्तमा पार्टी एकता भयो । सबभन्दा क्रान्तिकारी मानिएका क. किरणको नेतृत्वको पार्टीमा जनयुद्धका बारेमा ठीक कि बेठीक भनेर बहस चलाउनु सबभन्दा भद्दा काम भयो । सोही एकता प्रक्रियाको वार्ताटोलीले प्रचण्डसँग पनि बिनासर्त एकता गर्ने निर्णय ग¥यो । क. किरणको असहमति पछि वादलले बहुमत जुटाएर प्रचण्डसँग एकता गर्न पुगे । अहिले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद–माओविचारधारा र क्रान्तिको स्वरूप सशस्त्र विद्रोह र नयाँ जनवाद न्युनतम कार्यक्रम छ ।

विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले आठौँ महाधिवेशन गरी माक्र्सवाद–लेनिनवाद–माओवादलार्ई पार्टीको मार्गनिर्देशिक सिद्धान्त मानेको छ । एकीकृत जनक्रान्तिका माध्यमले वैज्ञानिक समाजवादलार्ई न्युनतम कार्यक्रम बताएको छ । पार्टी निर्माण, प्रयोग र विकासलार्ई सँगसँगै लाने नीतिअनुसार पार्टी संगठन र एक्सनलार्ई सँगसँगै लाने क्रममा करिब साढे दुई वर्ष पार्टी प्रतिवन्धमा पनि प¥यो । बाह्र जना नेपाली सपुतहरूको सहादत पनि भयो । हाल प्रतिवन्ध हटेको छ तापनि अझै कैयौं नेता–कार्यकर्ता जेलमा छन्् । सरकारले आफ्नो प्रतिवद्धता पूरा गरेको छैन । अहिले यो पार्टी पनि जनआन्दोलनमा छ ।

क्रान्तिकारी पार्टी समूहहरू बीच एकताको आवश्यकता

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरू हल गर्दै नयाँजनवादको बाटो हँुदै वैज्ञानिक समाजवाद साम्यवादमा पुग्ने कम्युनिस्टहरूको मुख्य लक्ष्य हो । नेपालको राष्ट्रियतामा सुगौली सन्धिदेखि स्खलन सुरू भएर भारतसँग भएका १९५० को असमान सन्धि हुँदै कोशी सम्झौता, गण्डक सम्झौता, १९६५ को सैन्य सन्धि, महाकाली सन्धि, अपर कोशी सम्झौता र बिप्पा सम्झौताद्वारा प्रत्यक्ष रूपमा भारतको अधीनस्थ हुन पुगेको थियो । विश्व साम्राज्यवादी शक्तिहरूले पर्दा पछाडिबाट प्रभाव फैलाईरहेका थिए । हाल अमेरिकी साम्राज्यवादले आर्थिक सहयोग र विकासको नाममा नेपालको संसदबाटै आफ्नो सैन्य रणनीति एम.सी.सी. पास गराउन सफल भएको छ । जनमोर्चा, मजदुर किसान पार्टी जस्ता केही साना दलहरू र ठूलादलहरूका सीमित व्यक्तिहरूबाहेक सम्पूर्ण सदनले एम.सी.सी. सर्वसम्मत रूपमा पास गरी अमेरिकी साम्राज्यवादलार्ई नेपालमा सिधै प्रवेश गराएका छन्् । असंलग्न परराष्ट्र नीतिमा पनि फेरबदल गरेका छन्् । रूस–युक्रेन युद्धको सवालमा चीन, भारत, जस्ता शक्ति सम्पन्न देशहरूले पक्ष–विपक्षमा मत जाहेर नगरेको अवस्थामा पनि नेपालले आफ्नो मत युक्रेनको पक्षमा जाहेर गरेर अमेरिकी क्याम्पमा आपूmलार्ई पु¥याएका छन्् । यस्तो सङ्कटको घडीमा क्रान्तिकारी माओवादी समूहबीच पार्टी एकता नै गरेर अन्य देशभक्त, राष्ट्रवादी शक्तिहरूसँग सहकार्य गर्दै राष्ट्रियताको लडाईं लड्नु आजको आवश्यकता हो । आज नेपालमा जनता क्रान्तिका पक्षमा छन्् । जनतालार्ई नेतृत्व गर्ने कम्युनिस्ट पार्टीहरु पनि छन्् तर गुट उपगुट भएर रहेको हुँदा दलाल पुँजीवादी शक्ति सवल र क्रान्तिकारी शक्ति निर्वल देखिएको छ । हाल संसदीय व्यवस्थाभन्दा बाहिर माक्र्सवाद–लेनिनवाद–माओवाद मान्ने माओवादी विरासतका विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) छन्् । त्यस बाहेक माओविचारधारा मान्ने मसाल लगायत अन्य समूहहरू पनि छन्् । यिनीहरूका बीचमा पार्टी एकता हुन नसक्ने कुनै कारण देखिंदैन । माक्र्सवाद मान्नेहरू भौतिकवादी हुनुपर्छ, वर्र्गसंघर्षबाट अघि बढ्नुपर्छ, सशस्त्र युद्धमा जोड दिनुपर्छ, उत्पीडित वर्र्गको राज्यसत्ता स्थापना गर्ने लक्षका साथ अघि बढ्नुपर्छ भन्नेमा अवश्यै कसैको फरक मत हुँदैन होला ।

पार्टी सङ्गठन कस्तो बनाउने भन्ने सवालमा लेनिनले विकास गरेको संगठन पद्धतिमा कसैको विमति नहोला । सत्ताका लागि हुने संघर्षमा सर्वहारा वर्र्गसँग संगठनबाहेक अन्य हतियार हँुदैन । त्यसैबेला मात्र पार्टीले सर्वहारा वर्र्गको संघर्षको सफलतापूर्वक नेतृत्व गर्न सक्छ जब यसका सदस्यहरू एकै दलमा एकवद्ध भएका हुन्छन््, एउटै कामना, कार्य र अनुशासनद्वारा बाँधिएका हुन्छन््, जब पार्टी क्रान्तिकारी सिद्धान्तद्वारा सुसज्जित हुन्छन््, करोडौं जनसमूहसँग आफ्नो सम्बन्ध बढाएका हुन्छन््, सबैका लागि एकै किसिमको अनुशासन हुन्छ, अल्पमतले बहुमतको कदर गर्ने हुन्छ, तल्ला सङ्गठनहरूले माथिल्लो सङ्गठनहरूको आदेश मान्ने हुन्छ, अनिवार्य रूपमा सबै पार्टी अङ्गहरूको निर्वाचन गरिएको हुन्छ, सबैले अनिवार्य रूपमा रिपोर्ट पेस गर्ने हुन्छ, आलोचना र आत्मालोचना विकास गरिएको हुन्छ । यी लेनिनको पार्टी सङ्गठन सम्बन्धी कुराहरू मान्नेहरूमा पार्टी एकता किन हुन सक्तैन ? क्रान्तिलार्ई निरन्तरता दिने माओको सिद्धान्तलार्ई मानेपछि सिद्धान्तमा बखेडा झिक्नु पर्ने कुनै कारण छैन ।

अहिले सम्मको इतिहास वर्र्ग संघर्षको इतिहास हो भन्ने कुरा मान्नेहरूले विगतमा नेपाल कम्युनिस्ट पार्टीले गरेका सशस्त्र वा निशस्त्र आन्दोलनलार्ई अनिवार्य रूपमा मानेमा बिवाद रहने छैन । २००८ सालको किसान आन्दोलन, भीमदत्त पन्तले चलाएको किसान आन्दोलन, झापालीहरूले गरेको झापा विद्रोह, सर्वहारावादी श्रमिक सङ्गठनले गरेको जुगेडी, खनियाबास, पुर्तिघाट काण्ड र माओवादीले गरेको दशवर्षे जनयुद्ध नेपाल कम्युनिस्ट आन्दोलनका सम्पत्ति हुन् । दशौं हजारले सहादत प्राप्त गरेर नेपालमा गणतन्त्र ल्याउने भूमिका निर्वाह गरेको उत्कृष्ट माओवादी जनयुद्धलार्ई स्वीकार गर्न कन्जुस्याइँ गर्ने के कम्युनिस्ट हुन सक्छ ? सिद्धान्त र व्यवहारका कुराहरू यिनै हुन् । नेपालको अहिलेको अर्थराजनीति, सामाजिक परिवेश र विश्व राजनैतिक परिवेशको आधारमा कार्यनीति तय गर्ने हो । रूसमा आफ्नै परिवेशमा एकै पटकमा समाजवाद स्थापना भएको थियो । त्यसरी अन्त कतै भएन । चीनमा पनि आफ्नै परिवेशमा नयाँ जनवाद स्थापना भएको थियो त्यसरी नै अन्यत्र भएन । अहिले नेपालमा नयाँ जनवाद कि वैज्ञानिक समाजवाद भनेर कोरा बहसको आवश्यकता छैन । नेपाल एकातर्फबाट हेर्दा अर्धसामन्तवादी र नवउपनिवेश देखिन्छ तर सत्ता दलालपुँजीवादी शक्तिको हातमा छ । सामाजिक संरचना दलाल पुँजीवादी नै छ । जनवादी व्यवस्था पहिलो सर्त त हुनसक्ला तर जनवादले पुँजीको विकास गरेर समाजवादमा पुग्ने कुरा कल्पना मात्र देखिन्छ । किनकि दलाल प्रकारको भए पनि पुँजीवाद नेपालमा आइसकेको छ । अहिलेको समाजले दलाल पुँजीवादको भए पनि जुन उपयोग गरिरहेको छ त्यसबाट पछि फर्कन चाहन्न । देशमा कलकारखाना न्यून छन््, दैनिक कमाउने मजदूरको संख्या कम छ तापनि नेपाली युवा विश्व पुँजीबजारमा मजदूरी गरिरहेका छन्् । त्यसैले गर्दा नयाँ जनवादलार्ई टेकेर वैज्ञानिक समाजवाद आजको न्युनतम कार्यक्रम हुनुपर्छ भन्ने र नयाँ जनवाद न्युनतम कार्यक्रम हुनुपर्छ भन्ने कुरामा कचिङ्गलको कुनै अर्थ छैन । खुला बहस–छलफल गरेर अहिलेको नेपालको परिस्थिति अनुसारको नीति कार्यक्रम बनाउन सकिन्छ । जहाँसम्म नेतृत्वको प्रश्न छ विचारमा परिपक्क भए तापनि पचासौं वर्ष नेतृत्व गर्दा पनि न क्रान्ति सफलतामा पुराउन सक्ने न नेतृत्व छाड्न सक्ने हुनु हुँदैन । नयाँ पुस्तालार्ई नेतृत्व हस्तान्तरण गर्दै पुरानो पुुस्ताले निर्देशन सल्लाह दिंदै क्रान्तिलार्ई अघि बढाउनु पर्छ । यसो गरेमा पार्टी एकता पनि हुन्छ र क्रान्ति पनि छिटै सम्पन्न गर्न सकिन्छ । उपल्लो पुस्ताले अझै आफ्नै गतिमा क्रान्ति हाँकेर क्रान्ति सम्पन्न गर्छाैं भन्नू क्रान्तिलार्ई अझै पछि धकेल्नु हुनेछ । तल्लो पुस्ताले भन्दा उपल्लो पुस्ताले बढी सोचविचार गरेमा पार्टी एकता सम्भव छ र अन्य दलाल समूहमा रहेका क्रान्तिकारीहरू पनि ध्रुवीकृत हुने आशा पलाउनेछ । बहस छलफललार्ई जोड दिउँ, क्रान्तिकारीहरूको एउटै पार्टी निर्माणको बाटोमा अघि बढौ ! नयाँ जनवादमा टेक्दै वैज्ञानिक समाजवादी क्रान्ति पूरा गरौं !  – वर्गबोध मासिकवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु