युवा संगठन नेपाल, दोलखाको संयोजकमा नन्दु सी

२०७९ चैत्र ६ गते, सोमबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल, दोलखाको प्रथम भेलाले नन्दु सीकाे नेतृत्वमा ३७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । उक्त भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी ताम्सालिङ ब्युरो इन्चार्ज विकल्प सीले युवाहरु निराश नभई दृढ संकल्पका साथ लाग्ने हो भने सपना पूरा गर्ने नयाँ उर्जा, विजयकाे भावना र नयाँ शक्ति आउने बताए । देशमा भएकाे राज्य व्यवस्थाका कारण भ्रष्टाचार, कुरिति र जनताले दु:ख पाएकाले याे देशमा विदेशीले गरेकाे थिचोमिचो सबै कुराकाे अन्त्य गरेर नयाँ राज्य व्यवस्था निर्माण गर्नुपर्ने बताए ।
उनले भने- ‘युवाहरुले दलाल व्यवस्थाकाे कारणले दु:ख पाइरहेका छन् । जीवन बदल्न युवाहरुकाे दिमागमा भएकाे विचार, साेच, बुझाएको कुरा विकास गर्दै क्रान्तिकारी विचार र विजयकाे विचार बाेक्नु पर्दछ । आज राज्य सत्ताले युवाहरुलाई मन्द विष पिलायएर राखेकाे छ । युवाहरु दलालहरुकाे भ्रमबाट मुक्त हुनुपर्दछ । न्यायकाे मसाल बाेक्ने संगठन युवा संगठन हाे ।’
कार्यक्रममा अतिथिहरु दाेलखा जिल्ला इन्चार्ज तथा वैकल्पिक केन्द्रीय सदस्य अर्जुन, पार्टीका केन्द्रीय सल्लाहकार सदस्य यादव, केन्द्रीय प्रतिनिधि सदस्य तथा जवस पूर्वी ताम्सालिङ फ्याक्सन इन्चार्ज युगिन, दाेलखा जिल्ला सेक्रेटरी राजकुमार आतिथ्यता रहेको थियाे ।
नवनिर्वाचित कमिटीलाई युवा संगठन नेपाल पूर्वी ताम्सालिङ ब्युराे इन्चार्ज शंकरले सपथ खुवाएका थिए । कार्यक्रमकाे अध्यक्षता नन्दु र कार्यक्रमकाे सञ्चालन मनाेजले गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

तराईमा ‘लू’ को सम्भावना !

२०८१ बैशाख ११ गते, मंगलवार