कम्युनिस्टविरुद्ध लगाएका आरोप र वास्तविकता

२०७९ चैत्र ५ गते, आईतवार

सन्तोष सी

कम्युनिस्ट के चाहन्छन्् ?, यो कम्युनिस्टलार्ई कहिल्यै सोधिँदैन र पुँजीपतिका प्रकाशन संस्था र त्यसबाट प्रभावित बुद्धिजीवि, साहित्यकार आफ्नोतर्फबाट कम्युनिस्टका चाहनाहरुलार्ई प्रकाश गर्दछन् । तिनीहरु भन्छन्, “कम्युनिस्ट धर्म मन्दैन, उनीहरुबीच दाजु–भाइ दिदीबहिनीको सम्बन्ध हुँदैन, व्यक्तिगत सम्पत्ति हडप गर्छन, बुढाबुढीलार्ई मार्छन्, हड्ताल गराएर राष्ट्रको प्रगतिमा अवरुद्ध गराउँछन्, हिंसा फैलाउछन् र वोल्ने वा विरोध प्रकट गर्ने स्वतन्त्रतालार्ई वन्दुकको नाल देखाएर रोक्छन् । एक प्रकारले कम्युनिस्टलार्ई पिसाच (सैतान) को रुपमा देखाउछन् र यस्तो लाग्छ, कम्युनिस्ट विरोधी रुल जुन स्वर्गको परिकल्पना गरिरहेका छन्, कम्युनिस्टहरु त्यसलार्ई नर्कमा बदल्ने जाल तयार गरिरहेछन् । पुँजीपती जमिनदार र उनीहरुका राजनीतिक दल तथा विचारक प्रचारकहरु कम्युनिस्टको जालबाट कुन स्वर्गको रक्षा गर्न चाहन्छन्, त्यसलार्ई बुझ्यो भने बाँकी कुराहरू हाम्रो अगाडि आफ से आफ प्रष्ट हुन्छ र कम्युनिस्टको विरुद्ध लगाएका यी आरोपका वास्तविकता, सत्यता हाम्रो अगाडि आउँछ ।

जुन समाजमा हामीहरु बस्छौँ, त्यहा दुई प्रकारका मान्छे पाइन्छन् । शहरमा मालिक र मजदुर, गाउँमा जमिनदार र किसान तथा खेती गर्ने मजदुर । यदि हामीले राम्ररी विचार ग¥यौँ भने यी दुई प्रकारका मान्छेहरू छुट्याउन मुस्किल पर्दैन । यिनमा मालिकहरुको अनुहार चम्किलो पाइन्छ, उनीहरु स्वस्थ्य हुन्छन््, सफा रंगी–बिरङ्गी कपडा लगाएका हुन्छन््, उनीहरुको आवाजमा टड्कारोपना हुन्छ जिप, कार मोटरसाइकलमा चढेर हिँड्ने हुन्छन्, महलमा बस्छन् । रमि बृजमा खेल्ने, क्लबमा केवरे नाच हेर्ने पहाड वा विदेश यात्रा साथमा कलगर्ल राख्नु यिनीहरुको सौख हुन्छ । यिनीहरुको हसाईमा बेफिकृपना र यिनीहरुको चालमा पानीमा पौडिरहेको माछाको जस्तो रवाफ हुन्छ । निमुखा गरिब, श्रमजीविवर्गलार्ई गाली गर्दा मुखबाट आगोको ज्वाला बर्साउछन् भने आपूm सहरकासित बोल्दा पूmल बर्साउछन् । यिनीहरुको महलमा मखमलजस्तै नरम् घाँसको चौर हुन्छ, गुलाबको सुगन्ध हुन्छ, साचोमा ढालिएकी जस्ती कोरिबाटी सिङ्गारिएकी सुन्दरी आइमाईहरु हुन्छन्, चराजस्तै चम्किला पूmलको सुवासझैँ वास्ना छनर््े पुतलीझैँ नाच्ने सुन्दर बच्चा हुन्छन्् भने मजदुर किसानको चाउरी परेका अनुहार, अर्धनाङ्गो सुकेको पातलो शरीर, धुजा–धुजा भएको कपडा, भत्किन लागेको काँचो माटोको फुसको घर, मेहनतको पसिना, भोकको अँध्यारो, गरिबको त्रास (दलदल), अन्धविश्वास, ठाडो बोली, ऋण, उडुस र मच्छरको हमला र माकुराको जालो, मरणासन्न हासो, फोहोर नालाको दुर्गन्ध धुँवा र बान्ता छ । मालिक र मजदुरका रुपमा रहेका दुई प्रकारका मान्छे तपाईं सबै ठाउँमा पाउनुहुन्छ । तपाई कहीँ पनि जानुहोस् प्रत्येक शहरमा दुईवटा सहर पाउनुहुन्छ । झोपडी, काचो पाकेको इटाको स–साना घर भएको शहर, जहाँ कम्मर भाँचिने मेहनत छ तर गाँस वासको दुःख छ, बिमार र लाचारी छ ! भोक छ, अन्याय अत्याचार र दमन छ, उदास आँखा छ, नुहेको कम्मर छ, लोती झरेको अनुहार छ । गरिब, उत्पीडित यी वस्तीको विपरीत साहू, महाजन, तस्कर हाकिम, बुर्जुवा पार्टीका नेताहरुको शहर छ, जसमा फराकिलो सडक छ, राम्रा राम्रा घर छन् । सम्मान र प्रतिष्ठा छ । एक प्रकारले यसै दुनियाँमा यी स्वर्ग र नर्कका दुई तस्बिर हुन । यसको अतिरिक्त स्वर्ग र नर्क हो नै के र ? जब म सानो थिए, धर्मका पुस्तकमा पढथे नर्कमा पिपको कुण्ड हुन्छ, जस्मा साप र बिच्छी तैरिरहन्छन् र जसले पाप गर्छ, तिनीहरुलार्ई यही कुण्डमा हालिदिन्छन् । बिच्छीले उनीहरुलार्ई टोक्छ । तिनीहरु डर र पीडाले रुँदै चिच्याउँदैछन् । के गरिब, मजदुर किसानको जिन्दगी यही नर्कको कुण्डमा कैद छैन ? के गरिब, बेरोजगारी जस्ता बिच्छीले उनीहरुलार्ई बारम्बार टोकिरहेको छैन ? के महङ्गी भोकमरी, दमन, उत्पीडन जस्ता सर्प उनीहरुलार्ई सधैँ डस्न तयार छैन ?

हामी गरिब, मेहनत गर्ने मान्छे नर्कको जिन्दगी बाच्न विवश छौ र हामीलार्ई बताइँदैन कि कुन पापको कारण हामीलार्ई रौरब नर्कमा फालिएको हौँ ? के मेहनत गर्नु पाप हो ? के सिधासाधा सराफतको जिन्दगी जिउनु अपराध हो ? हामीले राम्रा घर बनायौँ, टेरिलिनको रुपमा राम्रा रङ्गी–विरङगी कपडा बनायौ, छिटो हिँडने रेल बनायौ, आदि–आदि बनायौँ । यसरी आफ्नो मेहनतबाट हामीले स्वर्गका सारा सामान जुटायौँ । यसको अतिरिक्त अरु स्वर्ग हुन्छ नै के ? हामीलार्ई केटाकेटीमा भनिन्थ्यो, स्वर्गमा मान्छेले सुन्दर चिज पाउँछ । त्यहाँ कल्पवृक्ष छ, जुनमुनी उभिएर हामी जे चाहना गर्छौं, त्यो तुरुन्त पूरा हुन्छ, कामधेनु छ, जसले हाम्रो सबै इच्छा पूरा गरिदिन्छ, त्यहाँ मान्छे बूढो हुँदैन, बिमार हुँदैन, दुःखी हुँदैन, हामीले जे बनायौ, के ती हामीलार्ई रोग, अभाव, र दुःखबाट जोगाउन पर्याप्त छैन र ? हामीले स्वर्ग बनाउने यही अपराध गत्यौँ र के हामी यसै अपराधको कारण नर्कको आगोमा डढिरहेका छौँ ? हाम्रा आइमाईका शरीर उदाङ्गिएको छ, हाम्रो शरीरमा ओत छैन, हाम्रा बच्चाको लागि दूध छैन, दमबाट पीडित बुढा आमाबाबुको लागि दवाई छैन, लाखौं, करोडौं किताब छाप्ने र सैकडौ स्कुल, कलेज बनाएर पनि हामी अशिक्षित छौँ, गरिबी हाम्रो वैंशलार्ई असमयमै बूढो बनाइरहेछ र विभिन्न समस्या हाम्रो जीवनको ढोकामा मृत्युघण्टा बजाइरहेछ किन– किन आखिर यस्तो किन ? यस्तो किन जो काम गर्छ, त्यही भोकै मर्छ, जसले यो संसारको रचना गर्छ त्यो नै यसबाट वन्चित किन ? अनि जो केही गर्दैन, ती यस संसारको मालिक किन छन् ?

के तस्करी, कालो बजारी, मिसावट गर्ने, नाफाखोरी नै पुन्य (राम्रो काम) हो, जसले धनी साहूलार्ई स्वर्गको हकदार बनाउछ र इमानदारीको पापले हामीलार्ई नर्कको आगोमा धकेल्छ ? त्यो कुन चमत्कार हो, जो गर्नेवाला भोकै र नगर्नेहरुलार्ई सम्पन्न बनाउछ ? जो जति सज्जन छ, त्यो त्यति नै दुःखी छ, विपन्न छ, हेय दृष्टिले हेरिन्छ, खराब सम्झिइन्छ, असुरक्षित छ, यातना र दमनको शिकार बनाइन्छ र जो जति जाली छ, झेली छ, त्यो त्यति नै सुखी, सम्पन्न र सम्मानित छ । एउटै प्रश्न बारम्बार अनुहार बदलेर हाम्रो अगाडि आउँछ किन ? आखिर यस्तो किन ? वास्तवमा यही प्रश्नको उत्तर कम्युनिस्टले खोजे र यही कारणले स्वर्गको स्थायीबासी उनीहरुलार्ई आफ्नो शत्रु ठानेर विभिन्न प्रकारले बद्नाम गर्न लागेका छन् । कम्युनिस्टहरुमाथि हिलो छ्याप्न उनीहरुलार्ई त्यति गाह्रो पनि छैन किनकि लाखौंसम्म पुग्ने अखबार, करोडौंसम्म पुग्ने रेडियो, सिनेमा, टेलिभिजन र लाखौं– लाख जनता समक्ष पुग्ने उपन्यास, कथा, पत्रपत्रिकाको रुपमा रहेका यी प्रचारतन्त्रमा यिनै धनी साहूहरुको हात छ । कम्युनिस्टले स्वर्ग र नर्कबीचको फरक र स्वर्गमाथि यी केही जाली–झेलीको आधिपत्यलार्ई राम्ररी बुझिसकेका छन् । कम्युनिस्ट जुका र उडुसको यो मान्छे खाने परम्परा हटाएर एक शोषणमुक्त स्वतन्त्र समाजको स्थापना गर्न चाहन्छ । हाम्रो समाजमा शोषण लुटेराहरु छन्, उनीहरुको भनाई कारखाना मजदुरको र खेती किसानको होइन पुँजीपति र जमिनदारको हो । कारखाना मजदुरको र खेत किसानको होइन, पुँजीपती र जमिनदारको हो भने मजदुरहरुले हड्ताल गर्दा यी किन बन्द हुन्छन्् र तिमीहरुको भनाई मानेर किन चल्दैन ? हामी देख्छौ हड्ताल हुँदा मालिक एकदम बिचलित हुन्छन्् र आफ्ना दलाल, गुण्डा, पुलिस र सरकारी अधिकारीहरुको मद्दतले हड्ताल तोडने हरेक प्रकारको कोसिस गर्छन्… उनीहरु यस्तो किन गर्छन् ? वास्तवमा नाफाको रुपमा मजदुरको मेहनतबाट चोरिएको पुँजीबाट बनेको र उनीहरुको श्रमबाट चल्ने यी कारखानाले मालिकवर्गको लागि रातदिन सुन उगेल्छन् र यो नै त्यो नली हो, जसले हाम्रो शरीरको रगत लगेर मालिकको शरीरमा पु¥याउँछ र हड्तालको समयमा यो नली हट्नाले मालिकहरु बिचलित हुनु स्वभाविक हुन जान्छ । जमिनदार र किसानका शरीरलार्ई पनि यस्तै एक नलिले जोडछ, जसको परिणामस्वरूप साना किसान र खेती गर्ने मजदुरको मेहनतको कमाई सधैँ जमिनदारको घरतिर दौडिन्छ अन्यथा यदि राम्ररी विचार गर्ने हो भने जमिनदारले आफ्नो भनेको जमिनमा किसान मजदुरकै मेहनत र पसिनाले नै अन्न बाली फलाउँदैन ? कम्युनिस्टले यो वास्तविकतालार्ई बुझिसकेका छन् कि प्रकृतिको अतिरिक्त उत्पादनको मुख्य कारण मेहनती जनताको श्रम नै हुन्छ । अतः किसान र मजदुर नै यी खेती र कारखानाका असली मालिक हुन र देशको गरिबी, बेकारी र मुखमरिको एक मात्र कारण यी पुँजीपती, जमिनदार र कालाबजारी साहू हुन, जसले आफ्नो लुट र नाफाखोरीको लागि तमाम मेहनती जनतालार्ई आर्थिक संकटकी आगोमा होम्दछन् । कम्युनिस्ट यी मान्छे खाने लुटेराको शोषणबाट समाजलार्ई मुक्त गर्न चाहन्छन््, जसबाट यहाँ स्वर्णिम मानव समाजको निर्माण गर्न सकियोस् । व्यक्तिद्वारा व्यक्तिको शोषणले मानवघाती व्यवस्था जन्माउँछन्, जसमा एकातिर सम्पन्नता छाएको हुन्छ भने अर्कोतिर विपन्नता ।

एकातिर मुठ्ठीभरी मान्छे यति अपच हुने गरिखान्छन् कि त्यसलार्ई पचाउन दवाई खानुपर्छ र अर्कोतिर पेटको भोक मार्नलार्ई आइमाईले आफ्नो शरीर बेच्नुपर्छ, स–साना केटा रिक्सा चलाउछ, बुढाबुढीले भिख माग्नुपर्छ, गोबरबाट अन्नको दाना निकाल्नु, होटलको जुठ्यानबाट जुठो लिन कुकुरसँग जुध्नु, रुखको बोक्रा र पात खानु र मरेका कुकुरको मासुमा मुख गाड्नुजस्तो कुरा अब साधारण घटना बन्दै गइरहेको छ । पन्ध्र कोठावाला घरमा एकजना बस्छ र एउटा झुप्रोमा पन्ध्रजना बस्छन््, व्यापारी उद्योगपतिका स्वास्नीलार्ई बाहिर घुम्न जाने बेलामा एक डेढ सय दारीमा कुन लगाउने भन्ने प्रश्न खडा हुन्छ भने गरिब आइमाईलार्ई के लगाउने भन्ने समस्या सधैँ उत्पन्न भैइरहन्छन् । जब धनीको घरमा स्वादिष्ट पकवान्को भोज चलिरहेको हुन्छ भने नजिकको घरको बुढी आइमाई भोकले मर्छे । धनीका कुकुर रेशमी सिरकमा आराम गरिरहन्छन् भने किसान मजदुरका छोराछोरी कुकुरको छाउराझैँ फुस–पराल र झुम्रो ओढेर न्यानोको खोजीमा छट्पटिँदै रात बिताउँछन् । धनी अधिकृतको छोरी आफ्नो प्रेमिसँग मधुर मिलन गरिरहेकी हुन्छे, उता गरिब कन्या केटी आफ्नी विधवा आमा र भाइबहिनीलार्ई पाल्न कुनै बूढो अधिकृत वा साहूको ओछ्यान तताइरहेकी हुन्छे, जब साहूका कुकुर रिसले दूध पोख्छन् तब लाखौँ केटाकेटीका उदास आँखाले सपनामा रोटीको टुक्रा देख्छन् जब अधिकृततिरका कुकुरका छाउरालार्ई अस्पतालमा सुई दिइन्छ, तब कैयौले दबाइको अभावमा आखिरी सास फेरिरहेका हुन्छन््, जब पुलिस अधिकृत साहूजीको घरमा रक्सीको सरमा मस्त हुन्छन््, तब सानोभन्दा सानो सिपाही पनि गरिब मजदुरका आमा बहिनीसँग नजिकको नाता जोडिरहेका हुन्छन् र जब पौष्टिक आहारा खाएर अधिकृत, साहूका श्रीमतीहरु ४० बर्षे उमेरमा पनि महाविद्यालय पढ्ने छात्राजस्ता देखिन्छन् भने यता तीस वर्षकी मजदुरनी ५० वर्षकी बुढीजस्ती देखिन्छे । समाजमा पाइने यी अन्तर प्राकृतिक नभएर शोषण उत्पीडनमा आधारित यो दलाल पुँजीवादी व्यवस्थाको उपज हो, कम्युनिस्ट शोषण व्यवस्थालार्ई समाप्त पारेर र यो बनावटी भेदभावलार्ई सधैँको लागि हटाउन चाहन्छ ।

हाम्रो समाजको हालको व्यवस्थाको आधार नाफा हो र यहाँ सबै समान नाफाको लागि तयार गरिन्छ । यही कारणले गर्दा समाजमा मोटो कपडाको आवश्यकता भए पनि टेरेलिन र टेरिकटन बनाइन्छ मोटो कपडा गरिब जनताले किन्छन््, जसले ज्यादा मोल तिर्न सक्दैनन् । अतः ज्यादा नाफा पाइने हुनाले अधिकृत, साहू, महाजनले खरिद गर्ने राम्रा खालका कपडा उत्पादन गर्छन् । हामीकहाँ दैनिक आवश्यक सामग्रीको तुलनामा कृम, पाउडर, लिपिष्टक र रक्सीजस्ता विलासिताका सामग्रीको उत्पादन बढिरहेको छ र डाल्टा, मट्टीतेल, सिमेन्ट, टायर ट्युब आदि नपाएर हाहाकार छ तर विलासिताका सामानले दोकान भरिएका हुन्छन्् । अधिकांश जनताको आवश्यकता र उत्पादनको बीचको यो खाडलको कारण के हो ? वास्तवमा हाम्रो देशको आर्थिक सामाजिकले व्यापारी, पुँजीपति, हाकिम, तस्कर, साहू, जमिनदार र बुर्जुवा नेताको रुपमा एक अति सम्पन्न वर्ग तयार गरेको छ र जोसँग कालाबजारी, तस्करी र टेक्सचोरीको रूपमा अवैध सम्पत्तिको थुप्रो छ र यिनीहरु भोगबिलासको जीवन बिताउन पानीजस्तो पैसा खर्च गर्छन् । अतः नाफामा आधारित अर्थव्यवस्थामा यिनीहरुको रुचिलार्ई ध्यान राखी उत्पादन गरिन्छ । कम्युनिस्टहरु यो नाफाखोरी दौडलार्ई समाप्त गरेर सामाजिक आवश्यकताका सामग्री उत्पादन गराउन चाहन्छन्, जस्ले गर्दा मेहनती जनताको आवश्यकता पूरा हुन सकोस्, उनीहरुलार्ई सहुलियत पुग्न सकोस् र उनीहरु सुखी जीवन बिताउने क्रममा पाइला चाल्न सकुन् । नाफालार्ई आधार मानेर चल्ने यो व्यवस्थाले कालोबजारीलार्ई प्रोत्साहन दिन्छ । मूल्य नियन्त्रण गर्नासाथ बजारबाट ती सामग्री हराउने गरेको हाम्रो अनुभवले नै बताइरहेछ, अधिकांश जनतामा डाल्डा, मट्टितेल आदिको हाहाकार छ तर सरकारी मूल्यमा ती चिजहरु पाइँदैनन् जब कि बढी मूल्य तिरेमा कालोबजारमा जति पनि किन्न सकिन्छ । उद्योगपति व्यापारीद्वारा अन्धाधुन्ध नाफा कमाउन वस्तुहरु गोदाममा राखी बजारमा बनावटी अभावको सृजना गराउन साधारण भैसकेको छ र सरकारबाट यो गैरकानुनी असमाजिक अमानवीय ठगीलार्ई कडाइका साथ रोक्नु त परै जावस उनीहरु अवैध सम्पत्ति जस्तै कालोबजारको मूल्यलार्ई नियमित र कानुनी बनाउने कोसिस गर्छन् । पहिले गरिब हटाउ र समाजवादको नाममा राज्यले मूल्य बढायो फेरि कम्युनिस्टको नाममा विभिन्न आवश्यक सामग्रीका मूल्य बढाइरहेका छन् । प्रशस्त सामान भए पनि गरिबले किन्न पाइरहेका छैन । कम्युनिस्ट जमाखोरी र तस्करीलार्ई सधैँको लागि समाप्त गरेर एउटा यस्तो समाजको निर्माण गर्न चाहन्छन् जहाँ मान्छे वस्तुको लागि होइन, वस्तु मान्चेको लागि हुनेछ र समाजमा जे पनि उत्पादन हुन्छ केही व्यापारीको नाफा र धन बढाउन नभई सबैका आवश्यकता पूरा गर्ने काममा आओस् ।

बाँच्नको लागि खाना जरुरी छ र खाना काम नगरी पाइँदैन । अतः रोजगारी जीवनको पहिलो न्यूनतम आवश्यकता हो । हाम्रो देशमा करोडौं मान्छे बेरोजगार छन् । केही मान्छे लेखपढ गरेर जागिरे बन्ने चाहनालार्ई नै बेरोजगारको कारण ठान्छन् । उनीहरुलार्ई यो प्रश्न गर्न सकिन्छ, एदि शिक्षित हुनु नै बेरोजगारीको कारण हो भने, अशिक्षितहरु निकै बेरोजगार छन्् र यदि शैक्षिक संस्था बन्द गरिदियो भने शिक्षित बेरोजगार घटेर अशिक्षित बेरोजगार बढाउँदैन ? वास्तवमा बेरोजगारी दलाल पुँजीवादी व्यवस्थाको उपज हो । यो व्यवस्थाले नाफाखोरीको माध्यमबाट जनताको क्रयशक्ति घटाई वस्तुको माग बढाउछ, जसको फलस्वरूप धमाधम कारखानाहरु बन्द हुन लाग्छन् र आर्थिक संकटले गर्दा नयाँ मान्छेले रोजगार पाउनुको साटो पुरानो मजदुर कर्मचारीको पनि रोजगारी खोसिन्छ । यही कारणले गर्दा सारा संसारमा व्यापार गर्ने अमेरिका, बेलायत, इटली, फ्रान्स र जापानजस्तो विकसित पुँजीवादी देशमा पनि आज लाखौं बेरोजगार मात्र नभई दिनानुदिन यो संख्या बढ्दै गइरहेको छ र हाम्रो देशमा धेरै कारखानाहरु बन्द हुँदैछन्, जस्ले गर्दा रोजगारी कार्यालयमा दर्ता बेरोजगारहरु करोडौंभन्दा पनि बढी भएका छन् । बेरोजगारिले मान्छेको तन–मनलार्ई जर्जर बनाएर जनसाधारणको शारीरिक, मानसिक विकासलार्ई अबरुद्ध मात्रै नगरेर समाजको प्रगतिलार्ई नै अबरुद्ध गरिदिन्छ ।

आमाबाबुले कैयौँ दुःखकष्ट झेलेर उनीहरुलार्ई आफ्ना केटाकेटीहरुलार्ई पढाउँछन्, आफ्ना शिक्षित छोराछोरीलार्ई देखेर उनीहरुमा कस्ताकस्ता इच्छाहरु आएका हुन्छन्् तर जब पढाई सकिन्छ, पहिले छोराछोरीको र त्यसपछि आमाबाबुका सपनाहरू एकएक गरी टुट्न थाल्छन्, दरखास्त, अन्तर्बार्ता दिँदादिँदा उनीहरु थाक्छन्, तैपनि राम्रो जागिर त परै जाओस्, साधारण नोकरी पनि वर्षौसम्म पाइदैन उनीहरुको अनुहार फुङग उड्न थाल्छ, हासो हराउन थाल्छ, आशा मर्न थाल्छ र आमाबुबाको अनुहार छिटोछिटो चाउरिन थाल्छ । कति पीडा हुन्छ होला, यस बेलामा र कस्तो अन्धकारले ढाक्छ होला, तिनीहरुका आमाबाबुमा र के यो दुःख–दर्दको कुनै ठेगाना र कुनै हिसाब कही छ ? यसभन्दा बढी दुःखदायी अरु के हुन सक्छ कि एकातिर करोडौँ हातले काम मागिरहेका छन्् र अर्कोतिर लाखौँ बिघा जमिन खनजोत नगरी बाँझै रहेको छ ।

कलकारखाना छैन भएका पनि बन्द छन् यो बनाउनेहरु अनेकौं चिजको आवश्यकता भएका करोडौं मान्छे छन््, यी चिज बनाउन जुन सामानको आवश्यकता पर्छ, जमिन बाजै परेका छन्् मान्छे उदास आखाले ती दृश्य हेरिरहेका छन्् तर त्यसलार्ई पाउन सकेका छैनन् । कम्युनिस्ट यी अवस्थालार्ई समाप्त पारेर मान्छेलार्ई ‘योग्यताअनुसारको काम र उसको कामअनुसारको दाम’ दिने व्यवस्था मिलाउन चाहन्छ ।

मान्छे संसारको सबैभन्दा ठूलो आश्चर्य हो, सोच्ने, प्रकृतिलार्ई जान्ने चिन्ने, नयाँ–नयाँ वस्तु मानेर मनमौजी व्यवहार गरिदिए यसको अनुभूति र विचार प्रधान अस्तित्वलार्ई अँध्यारो झ्यालखानामा बन्दी बनाई रहेका छन्् र बनाइदिए, यो संसारको कति दर्दनाक घटना हुन्छ र यही दुर्भाग्य आज हाम्रो नियति बनेको छ, हाम्रो चारैतिर अन्धविश्वासको वादल यति अँध्यारो गराएर फैलाएको छ कि हामी स्वतन्त्र भएर विचार गर्नसमेत पाउँदैनौँ, हामी वैज्ञानिक जनघाती मान्यताको पर्खालभित्र मात्र सोच्न स्वतन्त्र छौँ ।

नाफाखोर र लुटाहाहरु आफ्नो निहित स्वार्थ विस्तारको लागि हामीलार्ई नयाँ–नयाँ आविष्कार गर्न नयाँ–नयाँ मेसिन बनाउने स्वतन्त्रता त दिन्छन्् तर न त स्वास्थ सामाजिक जीवन बाच्ने स्वतन्त्रता दिन्छन्् न त शोषण – उत्पीडनको जाललार्ई बुझेर सुखी सम्पन्न समाज खडा गर्ने सुविधा दिन्छ र अब त मिडियाहरुले टेलिभिजन प्रसारणले एकातिर हामीलार्ई समाजबाट हटाएर आत्माकेन्द्रित बनाइदिएको छ र अर्कोतिर दलाल पुँजीवादी मान्यताको विस्तारबाट हामीलार्ई मानवीय मान्यताको स्तरमा खोक्रो र उपभोक्ता संस्कृतिबाट प्रभावित नक्कली जिन्दगी बाच्न पारेको छ । यति मात्र होइन, उनीहरु मान्छेको निर्माण गर्ने शक्तिमा समेत प्रतिबन्ध लगाउछन् र लगाइरहेका छन््, किनकि शोषण, शासक वर्ग ती वस्तुको त्यति सिमासम्म मात्र उत्पादन गर्ने छुट दिन्छन््,

जहाँसम्म उनीहरुको नाफाको विस्तार हुन्छ कारखानामा पूर्णक्षमता उत्पादन नगराउनु र बन्द हुँदै जानु नै यसको वास्तविक प्रमाण हो र यति मात्र होइन मान्छेले आफ्नो तीक्ष्ण दिमागले जुन वैज्ञानिक यन्त्र बनाउँछ, त्यसलार्ई पनि पैसाको बलले धनी मान्छेले आफ्नो नियन्त्रणमा राख्छ र आफ्नो फाइदाको अवस्थामा मात्र प्रयोग गर्छ अन्यथा पुरानै यन्त्रबाट काम लिन्छ, जसले गर्दा उत्पदन गर्ने यन्त्रको फाइदाबाट मानव समाज बन्चित रहन्छ । पुँजीवादी व्यवस्थामा लाखौं करोडौं बनाउने निरन्तर नयाँ–नयाँ चिज बनाउने मान्छेलार्ई स्वयं एक ‘वस्तुमा’ मा बदलिदिइन्छ र उ निर्जीव वस्तु जस्तै बजारमा बिक्छ, यसको मोलतोल हुन्छ र आवश्यकता नपरेपछि उसलार्ई कान पक्रेर बाहिर निकालिन्छ, उसँग मानवीय व्यवहार गरिँदैन उस्को सपनासँग कसैको सहानुभूति राख्नु र उसको भावनाको सम्मान गर्ने त प्रश्नै उठ्दैन, पशुहाटमा बेचिने पशुजस्तो र सब्जी बजारमा बेचिने तरकारीजस्तै मान्छेको किनबेच हुनु पनि ठूलो दुर्घटना हो ।

संसारनिर्माण गर्ने मान्छे केही व्यापारीको हातको कठ्पुतली बन्नु आश्चर्यको कुरा त छँदैछ तर सबै ठाउँमा सबै समय यस्तै भैरहेको छ । यदि अशिक्षित मान्छे बिहानै शहरमा केही निश्चित स्थानमा आएर बस्छन्् भने शिक्षित मान्छे रोजगार उपलब्ध गराउने कार्यालयको अगाडि सधैं लाइन लगाएर बस्छन् या जागिरको निवेदन र अन्तर्वार्ता दिँदै हिँडछन् । कम्युनिस्ट मान्छेको किनबेचलार्ई समाप्त गरेर एउटा यस्तो जनमङ्गलकारी व्यवस्था निर्माण गर्न चाहन्छ, जसमा मान्छेले स्वतन्त्र रुपले विचार व्यक्त गर्ने सम्भावना पनि उत्पन्न हुन्छ र उसको भावनामा खेलवाड गर्न नसकियोस् । नारिले समाजिक विकासमा सधैँ एउटा महत्वपूर्ण भूमिका निभाएका छन् र जंगली जनावरको मासुबाट जीवन धान्ने अन्धकार युगदेखि यो सभ्य वैज्ञानिक युगसम्म नारीले पुरुषको काँधमा काँध मिलाएर संघर्ष गरेका छन्् । धेरै कष्ट सहेका छन््, खतरा उठाएका छन्् । कस्तो विडम्बना छ भने एउटा लामो समयसम्म समाजमा नारीको स्थान ज्यादै तल्लो रहेको छ… उनीहरु सैकडौँको संख्यामा एउटा पुरुषका स्वास्नी बन्छन्, विहानदेखि आधी रातसम्म पशुले जस्तै काम गरेर पनि दुत्कारिन्छन्, उसको जन्मलार्ई नै अशुभ मानिन्छ, बुढोसँग विवाह गरिन्छ, लोग्ने मर्नासाथ जिन्दगीभरी सबै सुख सुबिधाबाट बन्चित भएर सन्यासिनी बनेर रहनुपर्छ, लोग्ने मरेपछि उसलार्ई बाँच्ने अधिकार दिइँदैन, उसका आशा र इच्छाको बारेमा कसैको विचारसम्म गरेन, उसलार्ई घरको परखालको कैद गरेर राखियो, भित्रिनी–वेश्या –देवकन्याको रूपमा उसको शरीरलार्ई मनोविनोदको साधन मानेर उसको भावनाको खेलवाड गरिएको छ र यन्त्रको अविष्कार पछि सबै क्षेत्रमा पुरुषजस्तै निर्माण कार्यमा संलग्न भएर पनि उसलार्ई समाजमा बराबरीको स्थान छैन । अमेरिका, फ्रान्स जस्ता सम्पन्न पुँजीवादी देशमा पनि नारीले स–साना काममा मात्रै रोजगारी पाउँछन्् र यस्तो काममा पनि उनीहरुलार्ई पुरुषसरह तलब दिइँदैन । हामीकहाँ जागिर खाने नारीले बिहान–बेलुका घरको काम पनि गर्छन्, बच्चा पाल्छन्, सासू नन्दका तिखा वचन पनि सुन्छन्, लोग्नेको रिस पनि सहन्छन् र यदि सासु–ससुरा वा लोग्ने विमारी भए त्यसको सेवा पनि गर्छन्, उ थाकेकी छे, उ उदास छे, उसका पनि केही सपना छन््, उसका पनि केही आशा छन््, उ माया चाहन्छे, उसका केही विचार छन््, केही मान्यता छन्, उसको पनि केही सल्लाह हुन सक्छ ।

नारीको सन्दर्भमा मान्छे यी कुरा सोच्नसमेत मन पराउँदैन्न । सानामा छोराको तुलनामा कम खाना र थोरै माया दिइन्छ, ठुली भएपछि उसको पढाइ बाबुआमाको इच्छामा निर्भर हुन्छ र त्यसपछि कुनै केटासँग उसको विवाह गरिदिइन्छ र परिवारको काममा चुल्होचौक गर्दागर्दै उसको जीवन समाप्त हुन्छ कहिले एकक्षणसम्म पनि उ स्वतन्त्र व्यक्तित्वको अधिकारी हुन्न, पशुतुल्य दासी बनेर रहन्छन्् । कम्युनिस्ट नारीको यो दासत्वलार्ई समाप्त गरेर एउटा यस्तो समाजको निर्माण गर्न चाहन्छ, जहाँ उनीहरु पुरुषको साथी हुन्छन््, जीवनको हरेक क्षेत्रमा पुरुषसँग काँधमा काँध मिलाएर अगाडि बढछन््, समाजमा पुरुषको बराबर अधिकार र सम्मान प्राप्त गर्नेछन्् ।

प्रतिक्रियाहरु