अखिल (क्रान्तिकारी)द्वारा महिला हिंसाविरुद्ध संघर्ष गर्न आह्वान

२०७९ चैत्र ४ गते, शनिबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) ले महिला हिंसाविरुद्ध संघर्ष गर्न आह्वान गरेको छ। सो संगठनको छात्रा विभाग प्रमुख तारा संज्यालले बिज्ञप्तिमार्फत महिलामाथि गरिने घृणित र अमानवीय कार्यको घोर विरोध तथा भत्सर्ना गर्दै अपराधीहरुलाई कडाभन्दा कडा कार्वाहीको जोडदार माग गरेकि छन । संज्यालले विज्ञप्ति जारी गरि केहीदिन अगाडि रुपन्देहीको सैनामैना – १०, फुलवारी मा १४ बर्षीय सीता ज्ञवालीलाई झारफुक तथा उपचार गर्ने नाममा घाँटी च्यापी कुटपिट गरि निर्ममतापुर्वाक हत्या गरेको घटना र चितवनमा कृषि तथा वन विज्ञान विश्वविद्यालय विज्ञान संकायका डिन प्रा. जयप्रकाश दत्तले महिला कर्मचारीलाई यौन दुर्व्यवहार/अश्लील हर्कत गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्ता किसिमका घृणित र अमानवीय कार्यको घोर बिरोध तथा भत्सर्ना गर्दै अपराधीहरुलाई कडाभन्दा कडा कार्वाहीको जोडदार माग गरेकी हुन् । साथै उनले डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयबाट निष्कासन गर्न समेत खबरदारी गरेकी छिन् ।
यसैगरी, महिला विभागले महिला हिंसाका विरुद्ध एकजुट भएर संघर्ष गर्न पनि आह्वान गरेको छ । संज्यालद्वारा विज्ञप्तिमा भनिएको छ, ‘लैङ्गिक हिंसा वा जुनुकुनै समस्यामा हाम्रो संगठन अखिल (क्रान्तिकारी) छात्रा विभागलाई तत्काल जानकारी गराउन हुन पनि हार्दिक अनुरोध गर्दछौँ ।’
यस बिषयमा नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)का छात्रा विभाग प्रमुख तारा संज्यालले जारी गरेको विज्ञप्ति यस प्रकार रहेको छ – ‘त्याग बलिदान र संघर्षबाट स्थापित हाम्रो संगठन अखिल (क्रान्तिकारी) स्थापना कालदेखि नै शैक्षिक बिकृति, बिसगति, कालोबजारी, महंगी, भष्टाचार, महिला हिंसा लगायतका विरुद्धमा सघर्ष गर्दै आएको कुरा सर्वविदितै छ ।
यसै सन्दर्भमा केहीदिन अगाडि रुपन्देहीको सैनामैना – १०, फुलवारी मा १४ बर्षीय सीता ज्ञवालीलाई झारफुक तथा उपचार गर्ने नाममा घाँटी च्यापी कुटपिट गरि निर्ममतापुर्वाक हत्या गरेको समाचार बाहिरियो र लगत्तै फेरि चितवनमा कृषि तथा बन बिज्ञान बिश्वबिद्यालय बिज्ञान संकायका डिन प्रा. जयप्रकाश दत्तले महिला कर्मचारीलाई यौन दुर्ववहार÷अश्लील हर्कत गरेको भिडियो पनि सार्बजनिक भएको छ । यस्ता किसिमका घृणित र अमानवीय कार्यको घोर बिरोध तथा भत्सर्ना गर्दै अपराधीहरुलाई कडाभन्दा कडा कार्वाहीको जोडदार माग गर्दछौँ । डिन जयप्रकाश दत्तलाई विश्वबिद्यालयबाट निष्कासन गर्न समेत यहि बिज्ञप्ति मार्फत खबरदारी गराउन चाहन्छौँ ।
यस्ता किसिमका अपराधीहरुलाई सामाजिक बहिष्कार गर्नको निम्ति सम्पुर्ण आम सर्वसाधारणहरुमा हार्दिक अनुरोध पनि गर्दछौँ । अन्त्यमा देशभरी छात्राहरूमा हुने सबैखाले हिंसाका विरुद्ध एकजुट भएर सघर्ष गर्न आह्वान पनि गर्दछौँ । लैङ्गिक हिंसा वा जुनुकुनै समस्यामा हाम्रो संगठन अखिल (क्रान्तिकारी) छात्रा बिभागलाई तत्काल जानकारी गराउन हुन पनि हार्दिक अनुरोध गर्दछौँ ।’

प्रतिक्रियाहरु