म.प. विश्वविद्यालयले स्ववियु चुनाव स्थगित गर्नु गैरजिम्मेवार !

२०७९ चैत्र ३ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल क्रान्तिकारीले मध्यपश्चिम विश्वविद्यालयले स्ववियु चुनावको १ दिन अघि चुनाव स्थगित गर्नु गैरजिम्मेवार भएको भन्दै तत्काल चुनाव गराउन माग गरेकोको छ । सो संगठनका अध्यक्ष प्रकाश सीले आज एक विज्ञप्ती जारी गर्दै सो माग गरेका हुन् ।
अध्यक्ष प्रकाश सीले चैत्र ३ का लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन एक दिन अगाडी मात्र गैह्रजिम्मेवार पुर्ण तरिकाले स्थगन गर्ने कार्यकारी परिषदको निणयप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै विद्यार्थीका हकहित र अधिकार स्थापित गर्ने स्ववियु जस्तो संस्थाको निर्वाचन वर्षौसम्म नगर्ने र विश्वविद्यालयलाई दलाल राजनीतिको खेलमैदान बनाउने हर्कतको भ्रर्त्सना गरेका छन ।
उनले क्रान्तिकारीले -विद्यार्थीका जायज मागहरु तत्काल पुरा गर्न र स्थगित स्ववियुको निर्वाचनको मिति तत्काल तोक्न विश्वविद्यालयसङ्ग माग समेत गरेका छन ।

प्रतिक्रियाहरु