मलाबीमा आँधी : २ सय जनाको मृत्यु !

२०७९ चैत्र १ गते, बुधबार


काठमाडौ । अफ्रिकी मुलुक मलाबीमा आएको आँधीमा २ सय जनाको मृत्यु भएपछी १० वटा जिल्लामा आपतकाल घोषणा गरिएको छ । छिमेकी मुलुक मोजाम्बिकबाट प्रवेश गरेको फ्रेडी नामको शक्तिशाली आँधीका कारण मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् । आँधीसँगै आएको बाढी पहिरोले हजारौं घरबारबिहिन हुनुका साथै आँधी प्रभावितहरुमा हैजाको जोखिम बढेको छ ।
भारी वर्षासँगै आएको आँधीले सयौं घरका छानाहरु उडाउनुका साथै सयौंको संख्यामा सवारी साधनमा क्षति पुगेको छ । आँधीले बिजुलीका पोल र रुखहरु ढालेकाले अवरोध भएका सडक खुलाउने प्रयास राखिएको छ ।
उद्धारकर्ताहरुले बाढीले बगाएका केहीको उद्धार गरेका छन् भने केही अझै बेपत्ता भएको जनाएका छन् । बाढीप्रभावितहरुलाई अस्थायी टहरा बनाई राखिएको छ । आँधी अझै केही दिन सक्रिय रहने भन्दै मौसमबिदहरुले बताएका छन् । -एजेन्सी

प्रतिक्रियाहरु