भ्रष्टाचारी र लघुवित्तलाई जनकारबाही !

२०७९ चैत्र १ गते, बुधबार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालको उत्तर कर्णाली ब्युरोले भ्रष्टचार, कमिशन, महङ्गी, कालोबजारी र लघुवित्तकाे चर्काे शाेषण, लागूऔषध लगायत सामाजिक विकृतिका विरूद्व भण्डाफाेर र जनकारबाही गर्ने निर्णय गरेको छ । मंगलबार जुम्लाको खलङ्गामा बसेकाे बैठकले यस्तो निर्णय गरेको हाे । बैठकले राष्ट्रियता, जनतन्त्र, जनजीविकाका पक्षमा पनि सशक्त संघर्ष गर्ने निर्णयहरु गरेको छ ।बैठकमा उत्तर कर्णाली ब्युरो अन्तरगतका सबै जिल्लाले आ-आफ्नो कार्यक्षेत्रको रिपोर्टिङ गरेका थिए ।
बैठकलाई सम्बाेधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा उत्तर कर्णाली ब्युरो इन्चार्ज संगम सीले दलाल पुँजीवादले युवाहरुलाई विभिन्न कुलत र गलत धन्दाहरुमा फसाउने गरेको भन्दै त्यस्ता कार्यबाट युवाहरुलाई बचाउने जिम्मेवारी युवा संगठन नेपालको रहेको बताए । उनले युवा संगठनले आगामी दिनहरुमा लिने निर्णयहरु युवा मुखी र जनस्तरमा रहेका युवाहरुको मर्म भावना बुझ्ने हुनुपर्नेमा जाेड दिए ।
बैठकमा बाेल्दै युवा संगठन नेपालका केन्द्रीय सचिव विश्लेषण सीले रास्ट्रिय स्वाधीनताको रक्षा र युवाहरुको वैज्ञानिक व्यवस्थापन दलाल संसदीय व्यवस्थाले गर्न नसक्ने भन्दै त्यसका लागि युवाहरुले एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवाद स्थापनाका लागि गाउँ, नगरहरुमा युवाहरु संगठनमा आवद्ध र संगठित गर्नु पर्ने बताए।
बैठकको अध्यक्षता उत्तर कर्णाली ब्युरो इन्चार्ज प्रेरणा सीकाे रहेको थियो भने जुम्ला जिल्ला सेक्रेटरी सफल सी, अनेम संघ (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा उत्तर कर्णाली ब्युरो इन्चार्ज सभ्यता सी, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य रमेश सी लगायतका अतिथिको सहभागिता रहेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार