बैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढौ

२०७९ फाल्गुन २८ गते, आईतवार

दीर्घप्रसाद पाण्डे

नयाँ सत्ता खोज्नेहरू सबै दुष्ट मान्छेहरू हुन् र सत्ताधारीजति सबै असल मान्छेहरू हुन् भन्ने मान्यता राणाकालदेखि अहिले सम्म यथावत छ । सबै मान्छेहरू चरा जस्तै स्वतन्त्र होउन्, मौरी जस्तो गोलो बनेर काम गरून् , कमिला जस्ता लाइन मिलाएर हिडुन् भन्ने उद्देस्य कम्युनिष्ट सिध्दान्तको हो । सामूहिकीकरण औधिगिकीकरण कम्युनिष्टका सास्कृति प्रतीक हुन् ।  कम्युनिष्टहरूले बर्ग सङ्घर्ष गर्न सिकेको अक्टोवर क्रान्ति र चिनीया जनवादी क्रान्ति बाट हो ।ऐतिहासिक अनुभवले सिध्द गरिसकेको छ कि पहिले क्रान्तिकारी जनमत सिर्जना गरेर राज्यसत्तामा कब्जा जमाएर उत्पादन सम्बन्धमा परिवर्तन ल्याएपछि मात्र उत्पादन शक्तिको बृहत् रूपमा बिकास गर्न सम्भव हुन्छ । मार्क्स लेनिन र माओले सिकाएको यही हो । अहिले दलालपुँजीवादका एजेन्टमा परिणत भएकाहरूले यो कुरा नबुझेको भन्नू गलत हो । कुरा बुझि बुझि बाहिर एउटा कुरा गरेर हिड्न पर्ने भित्र दिमागमा सिध्दान्तका कुराहरू पनि खेल्ने र कोरा समृध्दिका कुराहरू गरेर हिड्न , यस्तो अन्तर द्वन्द्वमा बस्नु पर्दा उनीहरू पनि सकसमा छन् । आत्मसमर्पण भन्दा ठूलो कष्ट साहेद अरू हुन्न । पार्टीमा एउटा कुरा जनतामा अर्को कुरा अझ साम्राज्यवादी बिस्तारवादीहरूसंग अर्कै कुरा यस्तो जिनदकि पनि कुनै जिनदकि हो जुन अहिले दलालपूँजीवादीका एजेनन्टहरूले बाँची रहेका छन् । अहिलेको उनीहरू बिचको जुन कचिङ्लग छ यो यिनीहरूको जीवन भर चलि रहने प्रक्रिया हो । अब यिनीहरू यन्त्र मानव बनी सके साम्राज्यवादीहरूले जसरी चलाउँछन् सोही अनुसार  चल्नु पर्ने हुन्छ । यिनीहरूका न कोही मित्र शक्ति छन् न कुनै दुश्मन शक्ति छन् । स्वार्थ समुहहरू बन्ने भत्कने भै रहन्छन् ।शत्रु पनि आफै भित्र मीत्रु पनि आफै भित्र ,आफ्नैलाई खतम पार्न बिदेशी प्रभूको आशीर्वाद लिन तँछाड मछाडमै अब यिनीहरूको जीवन समाप्त हुनेछ । जुन ग्यङ्गको सरकार बने पनि जनताका लागि कुरा एउटै हो ।

       अब क्रान्तिको बाटो कुन हो ? दशौ हजारको बलिदानीबाट प्राप्त यो ब्यवस्थाको त यो हाल भयो भने अब के होला ? यस्ता प्रश्नहरू जनतामा हुने गरेको सुनिन्छ । क्रान्तिको काम समाजका अन्तर बिरोधहरूको समाधान गर्नु हो । समाजका अन्तर बिरोधहरू गुजिल्टियको धागो जस्ता छन् । गुजिल्टियको धागो फुकाउन सुरूको टुप्पोबाट होशियारी पूर्वक फुकाउँदै गएमा फुक्न सक्छ तर बिच बिचबाट फुकाउन खोजेमा झन गुजिल्टिदै जान्छ । नेपाली समाज कसरी गुजिल्टीयको छ सबभन्दा पहिला त्यो पत्ता लगाउनु पर्छ ।

   अहिलेको समाजको अन्तर बिरोध बन्न हजारौ बर्ष लागेको छ । समाजको अन्तर बिरोध गोत्र, कुल , जात , धर्म हुँदै बर्गमा  परिणत भएको हो । अहिले प्रत्यक्ष अन्तर सङ्घर्षमा बर्ग सङ्घर्ष देखा परे पनि यसका आधारमा जात कुल धर्मको ठूलो भूमिका छ । दास समाजमा दासको जात हुदैनथ्यो किनकी यी मालिकका सम्पत्ति थिए । किनबेच हुन्थ्यो । त्यस्तै अहिले पनि सन्यासी बैरागीहरूको जात हुदैन । कम्युनिष्टहरूले जहिले सम्म जातका कुरा र जातीय मुक्तिका कुराहरू गर्दछन्  यो जातीय असमानता यथावत रहन्छ र जातीय शोषण पनि यथावत नै रहन्छ । अर्को धर्मका आधारमा बिभाजन भएको समाज पनि समाजवादी बन्न सक्दैन । जातीय उत्थानका नाममा समाबेशी नाराले जाति भित्र शोषक बर्गको सिर्जना गर्नु हो । राज्यमा सबैले समान अबसर पाउनु पर्दछ । जातीय बिभेदबाट पछि पारिएकाले छतिपूर्तीका रूपमा केही समय  शिक्षा र रोजगारीमा अग्राधिकार पाउनु पर्दछ । समाजवाद भनेको समानताको राज्य ब्यवस्था हो । राज्यको स्वरूप क्रान्ति कालमा नै निर्माण गरेको हुनु पर्दछ । राज्य सत्ता कब्जा गरे पछि राज्यको स्वरूप खोज्ने होइन । माओवादी जनयुध्द बिसर्जनमा पुगेको कारण पहिला जातीय राज्यको अभ्यस गर्नु र शान्ति प्रक्रियामा आए पछि पुरानो राज्य ब्यवस्थामा लाग्नु हो ।

 जातीयतामा गर्व गर्नु पर्ने केही छैन । हामीले एक नेपाली जातिको मान्यता स्थापित नगरे सम्म मुक्तिको कुरा असम्भव छ । इतिहासमा आर्य हिन्दुहरूले सिन्धुघाटीको सभ्यताको ध्वम्ष गरेको कालो इतिहास छ भने मङ्गोलहरूले चीनको सभ्यताको नास गरेको कालो इतिहास छ । धर्मको नाममा चार जातमा समाजलाई बर्गीय करण गरेर मान्छेलाई अछुत बनाउने हिन्दु धर्म बचाएर समाजवाद आउदैन । जनतालाई धार्मिक आस्थामा बाधा नपुरायता पनि कम्युनिष्ट नेता कार्यकर्ता धर्मबाट मुक्त हुनु पर्दछ । मानिसले मानिस माथि जात धर्म उच निच लगायत आर्थिक रूपमा जुन उत्पीडन गरेको छ त्यसबाट मुक्त नगरे सम्म समाजवाद कल्पना मात्र हुनेछ ।त्यसैले सम्पूण उत्पीडनमा परेकाहरूद्वारा गरिने क्रान्ति  बैज्ञानिक समाजवादी क्रान्ति हो । सबै भ्रमबाट मुक्त होऔ एकिकृतक्रान्तिका माध्यमले बैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढौ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु