‘माओवादीहरुलाई मुद्दा हाल्नु विस्तृत शान्ति सम्झौता विपरित’

२०७९ फाल्गुन २७ गते, शनिबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले माओवादीहरुलाई मुद्दा हाल्नु विस्तृत शान्ति सम्झौता विपरित भएको उल्लेख गर्दै संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार अगाडी बढाउनुपर्ने बताएका छन । शनिबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले नेपाल सरकार र तत्कालिन माओवादी पार्टीका बीचमा २०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताका अनुसार संक्रमणकालिन न्यायको विषय अगाडि बढ्नुपर्ने बताएका हुन् । उपाध्यक्ष सापकोटाले विस्तृत शान्ति सम्झौतामा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर शान्ति प्रक्रियाका काम टुंग्याउने भनिएको उल्लेख गर्दै सोही अनुरुप हुनुपर्ने बताए । उनले द्वन्द्वकालका घटनाहरुको मुद्दा सर्वोच्च अदालतमा दर्ता हुनु विस्तृत शान्ति सम्झौताको विपरित भएको बताए ।
उपाध्यक्ष सापकोटाले देशमा प्राप्त भएका राजनीतिक उपलब्धिहरुलाई उल्ट्याउने कोशिस भएमा नेपाली जनताले त्यसको प्रतिरोध गर्ने बताउदै विस्तृत शान्ति सम्झौताको गम्भिरता र राष्ट्रमा त्यसले पार्ने प्रभावका बारेमा चिन्तन गर्दै त्यसै अनुसार समाधान गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु