नेकपा दाङद्वारा सबै पालिकाहरुमा ज्ञापनपत्र पेश

२०७९ फाल्गुन २६ गते, शुक्रबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्कालाई ज्ञापनपत्र बुझाएको छ । बिहिवार नेकपा पश्चिम दाङ अन्तर्गत तुलसीपुर उपमहानगर कमिटीले मेयर खड्काको कार्यकक्षमा पुगेर ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा शिक्षा , स्वास्थ्य , यातायात , बिधुत लगाएतका क्षेत्रमा सुधारको मागसहित ज्ञापनपत्र बुझाइएको छ ।
ज्ञापनपत्रमा सेवाग्राहीलाई छिटो छरितो र सर्वसुलभ तरिकाले सेवा प्रदान गर्ने , सबै नगरवासीलाई सुचनाको हक दिनुपर्ने , शुसासन कायम गर्नुपर्ने , उपमहानगर भित्र देखिने कमिसन , भ्रष्टाचार मिलेमतो (सेटिङ) लगाएत अन्त्य गरिनुपर्ने , विकास निर्माण गर्दा जनप्रतिनिधि र कर्मचारीको सेटिङमा उपभोक्ता समिती गठन गर्ने , स्थानीय पालिकालाइ भर्ती केन्द्र , पार्टी कार्यालय बनाउन अन्त्य गरिनुपर्ने , खुला प्रतिस्पर्धाबाट दक्ष कर्मचारी राख्ने व्यवस्था मिलाउने , विभिन्न वहानामा हुने सबै चुहावटलाई अन्त्य गरिनुपर्ने , किसानलाइ उचित सर्वसुलभ , समयमै मल , बीउ , बिसादी उपलब्ध गराउनुपर्ने , वास्तविक किसानलाइ अनुदान राहत तथा प्रोत्साहनको व्यवस्था गर्नुपर्ने तथा किसानको उत्पादनलाई वास्तविक मुल्यमा बजारीकरणको व्यवस्था मिलाउनुपर्ने , अव्यवस्थित पार्किङ र फुटपाथलाई व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ।
ज्ञापनपत्रमा सहरलाइ व्यवस्थित र सुन्दर बनाउन बिशेष जोड दिनुपर्ने , फोहोरलाई वैज्ञानिक तरिकाले व्यवस्थापन गर्नुपर्ने , स्थानीय पर्यटकीय क्षेत्रहरुलाइ संरक्षण विकास गर्दै थप व्यवस्थित गर्नुपर्ने , खोला तथा नदिजन्य बस्तुहरुको अव्यवस्थित उत्खनन तथा चोरी निकासीलाइ तत्काल रोक्नुपर्ने , अव्यवस्थित बसोबास र प्रती ऐलानीमा बसेका सबै नागरिकलाइ उचित ढंगले व्यवस्थित गर्नुपर्ने ,लघुवित्तिय संस्थाहरुको ज्यादती र मिटरव्याजीहरुको आतंक बन्द गर्न पहल गर्नुपर्ने , सामुदायिक बिधालयमा निशुल्क गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने , सम्पुर्ण जनताहरुलाइ निशुल्क स्वास्थ्य उपचार र बिमा गर्नुपर्ने , तुलसीपुर -घोराही – लमही कालोपत्रे फोरलेन सडक निर्माणको कार्य तत्काल सुचारु गरियोस , सबै जनताको घरघरमा गर्ने साथै बढ्दो महसुललाई नियन्त्रण गर्नुपर्ने लगाएतका मागहरु राखिएको छ ।
नेकपाका केन्द्रीय समितिका सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सीसहितको नेतृत्वको टोलिले ज्ञापनपत्र बुझाएको थियो । नेकपा तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज भुवन सीले मेयर टिकाराम खड्का समक्ष ज्ञापनपत्र पढेर सुनाएका थिए । यस्तै नेकपा पश्चिम दाङले जिल्लाका पश्चिम क्षेत्रका सबै पालिकाहरुमा ज्ञापनपत्र बुझाएको जनाएको छ । सो पार्टी अन्तर्गतका बबई गाउँकमिटी , शान्तिनगर गाउँपालिका , दंगिशरण गाउँपालिका र बबई गाउँपालिकाले आज बिहिवार स्थानीय सरकार प्रमुख समक्ष ज्ञापनपत्र बुझाएका हुन् ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगर कमिटीले स्थानीय जनताको जनगुनासो र समाजमा देखिएका संकट लगायतका समसामयिक विषयको समाधान गर्नुपर्ने माग राख्दै घोराही उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।
कमिटीले बिहीबार घोराही उपमहानगरका नगरप्रमुख नरुलाल चौधरीलाई उक्त मागको समाधान गर्नुपर्ने भन्दै ज्ञापनपत्र बुझाएको हो ।
नेपाल कम्युनिस्ट पार्टी घोराही नगरका सेक्रेटरी महान सीले जनताका जनजीविकासँग जोडिएका कृषि, शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र यातायात,विद्युत, खानेपानी, उद्योग, व्यापार र वित्तीय लगायतका समसामयिक विषयमा रहेका माग सम्बोधन गर्नुपर्ने भन्दै ज्ञापनपत्र नगरप्रमुख नरुलाल चौधरीलाई बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै नगरप्रमुख नरुलाल चौधरीले नेपाल कम्युनिस्ट पार्टीले जनतासँग सरोकार राख्ने धेरै विषयको माग राखेको भन्दै त्यसमा कतिपय आफूहरूले गरिरहेको कामहरुमा सुधार ल्याउनुपर्ने र कतिपय कुरा केन्द्र सरकार, प्रदेश सरकार सम्बोधन गर्नुपर्ने भएको बताए । उनले यी मागहरुलाई आफूहरूको स्रोत, साधन र जनशक्तिले भ्याएसम्म नगरको तर्फबाट काम गर्दै अगाडि बढ्ने र संघ, प्रदेशले गर्नुपर्ने कामहरुलाई पनि नगरबाटै सिफारिस र सम्बन्धित निकायलाई झकझक्याउने समेत उद्घोष गरे ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङ जिल्ला इन्चार्ज सम्झना सी, पार्टी पूर्वी दाङ जिल्लाको सेक्रेटरी जनक सी लगायत पार्टीका जनवर्गीय संगठन अध्यक्ष, संयोजक लगायतको उपस्थिति रहेको थियो । पार्टीका पूर्वी दाङ जिल्लाको सेक्रेटरी जनक सीले कार्यक्रमको बारेमा जानकारी दिँदै ज्ञापनपत्र बाचन गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

तराईमा ‘लू’ को सम्भावना !

२०८१ बैशाख ११ गते, मंगलवार