नेकपा अछामद्वारा वित्तीय संस्थाको किस्ता तथा व्याज असुलीमाथि प्रतिबन्ध

२०७९ फाल्गुन २५ गते, बिहीबार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी पश्चिम अछामले बैंक तथा वित्तीय संस्थाहरुले मुलुकमा आर्थिक संकट गहिरिदै गएको बेला जनताको ढाड सेक्ने काम गरेकोले रिणको किस्ता र ब्याज असुली माथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। विहीबार नेपाल कम्युनिष्ट पार्टी पश्चिम अछामका इन्चार्ज सरिता र सेक्रेटरी निरकद्वारा हस्ताक्षरित एक संयुक्त प्रेस विज्ञाप्ती जारी गर्दै बैंक तथा लघुवित्त संस्थाहरू माथि प्रतिबन्ध लगाउने निर्णय गरेको जानकारी दिएको छ। नेकपा अछामद्वारा जारी विज्ञप्तीमा दलाल संसदीय व्यवस्थाले यतिबेला मुलुक गहिरो संकटमा रहेको, जनताको दैनिक जिवन आर्थिक, सामाजिक दृष्टिले असाध्यै कष्टकर भैरहेको, जनताको निराशा र वितृष्णाले सिमा नाघेको बताउँदै केही गरौं भन्ने वा गरिखाने श्रमिक, मजदुर वर्ग, किसान, व्यापारी, उद्यमी व्यवसायीहरू र राष्ट्रिय पुँजीपतीहरू समेत आर्थिक संकटमा फसिरहेको बताइएको छ । विज्ञप्तीमा – देश इतिहासकै चरम आर्थिक सङकटमा भैरहेको बेला नेपालका बैंक तथा बित्तीय संस्थाहरु रुपैयाँ सहकारी संस्थाहरुले चर्को ब्याज असुल गरी जनताको ढाड सेक्ने काम गरिरहेका, बैङ्कहरुले नै १८% सम्म ब्याज असुल गरेर आर्थिक मन्दिको बेलामा लुट गरिरहेका छन । लघुबित्तले त झन चक्रीय ब्याज असुल्ने नियतले सावाँको ब्याज र जरिवाना , व्याज र जरिवानाको समेत फेरि ब्याज लाग्ने गरी असुल उपर गर्ने र कतिपय ऋणको नवीकरण गराउने काम गर्ने , ऋणी व्यबसायी तथा ब्यापारीहरुलाई चर्को दबाब दिने , लघुबित्तहरुले महिलाहरूलाई धम्क्याउने , घरमा ताल्चा लगाउने ,बाख्रा कब्जा गर्ने , गरगहना लिने र घर छोडी भाग्न बाध्य पार्ने अमानवीय हर्कत गरिरहेको मात्रै होइन धेरैले आत्महत्या गरेको घटनाहरु दिनप्रतिदिन आइरहेका छन । ब्याजदरकै कारण कालोबजारी बढ्ने , उपभोक्ताहरुको ढाड सेकिने गरी उपभोग्य बस्तुहरुको अत्यधिक मुल्य वृद्धि भएकोले प्रतिबन्ध लगाइएको उल्लेख छ।
हामी स्पष्ट छौं कि कुनैपनि ऋणीले ऋण तिर्दैन भनिरहेका छैनन । मात्रै अहिलेको चरम आर्थिक सङकटको असर र बैङकको चर्को ब्याजदर अनि बैंक तथा बित्तीय संस्थाहरुको सहिनसक्नु दबाबको प्रतिरोधमा छन । तर नालायक सरकारले जनताको मर्कामा साथ दिनुको सट्टा जनताको आवाजलाई निरुत्साहित गरिरहेको छ । लुटेरा धन्दाको बचाउमा लागेको छ । स्वदेशमै रगतपसिना बगाएर केहि गरौ भन्ने ब्यबसायीहरुलाई झन निरास तुल्याउने गरी नेपाल राष्ट्र बैङक लुटेरा धन्दाको अगाडि निरिहता प्रदर्शन गर्दै रमिते भैरहेको छ र उल्टै ब्यबसायीहरुलाई निरास तुल्याउने अभिव्यक्ति दिइरहेको छ ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनक्रान्ति कार्यदिशा मार्फत देशको सम्पूर्ण समस्याको कारक अहिलेको दलाल पुजीवादका विरुद्धको लडाइँमा छ र बैज्ञानिक समाजबादको स्थापनाको संघर्षमय यात्रामा छ ।
यस सन्दर्भमा हाम्रो पार्टीले बैंकको तथा बित्तीय संस्थाको चर्को ब्याजदर नियन्त्रण गर्न , ऋण तिर्ने भाखालाई सहज गर्न , चर्को दबाब नदिन , बस्तुभाउ कब्जा नगर्न र यी समग्र पक्षलाई नितिगत सम्बोधन गरी जनताको कठिनाईलाई सरल बनाउन नेपाल सरकार , नेपाल राष्ट्र बैंक र सम्बन्धित संघ संस्थाहरुलाई समेत आह्वान गर्दै देशभर संघर्ष जारी रहेको अवस्था छ । बिडम्बना कुनै पनि निकायले आजका दिन सम्म कार्यान्वयन नगरेको हुदा पश्चिम अछाम जिल्लामा बैङ्क तथा लघुबित्त संस्थाहरुको बित्तीय कारोबार ( खास गरी किस्ता तथा ब्याज असुली) लाई पूर्ण रुपमा प्रतिबन्ध गरिएको कुरा यसै बिज्ञप्तीद्वारा सबैमा जानकारी गराउछौ । यसबाट उत्पन्न हुने कुनै पनि परिणामको जिम्मेवारि सम्बन्धित संस्था नै हुने पनि हाम्रो पार्टी जानकारी गराउँदछ विज्ञाप्तीमा भनिएको छ ।
-खेमराज बुढा

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु